अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको साथ

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ भदौ ।
बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।
वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट एक लाख ६५ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

मंगलाघाटको वौद्ध युवा क्लबका सदस्य दिनेश केसीको पहलमा कोरीयामा रहेका विकास हमालको नेतृत्वमा एक लाख ५५ हजार रुपैया सहयोग संकलन भएको थियो । यसैगरी हाल अमेरीकामा रहनुभएका मोहन पुनले दश हजार रुपैया सहयोग गर्नुभएको छ ।Krishna Ghimire Helpकोरीया र अमेरीकाबाट प्राप्त भएको रकम वौद्ध युवा क्लबको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी घिमीरेलाई हस्तान्तरण गरिएको हो । कल्वका अध्यक्ष बिजय किसान, सचिव दुर्गा बुढा, कोषाध्यक्ष शिव शेरचन, संस्थापक सदस्य सचिन शाक्य लगायतले रकम हस्तान्तरण गर्नुभएको थियो ।

अपाङ्गता भएका घिमीरेको जिविकोपार्जन, औषधी उपचार र सन्तानको शिक्षाका सघाउ पु¥याउनका लागि प्राप्त भएको रकम उनी, श्रीमती र कान्छा छोराको नाममा रहेको बैङ्क खातामा जम्मा गरिएको छ ।

यसअघि गत साउनमा प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिहरुको पहलमा संकलीत तिन लाख आठ हजार ९२५ रुपैया घिमीरेलाई हस्तान्तरण गरिएको थियो । हाल बेनपा ७ मंगलाघाटमा बस्दै आउनुभएका घिमीरेका दुई छोरा र श्रीमती हुनुहुन्छ ।