ताजा समाचार:
Search

असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३ भदौ । बेनी नगरपालिका १ रत्नेचौरका एक वृद्ध असी वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ ।

रत्नेचौरको उपल्लाचौरका ८० वर्षिय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत बैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीहरुसंगै बसेर पढ्ने गरेको नेशनल एकेडेमीका प्रिन्सीपल याम थापाले बताउनुभयो ।

Ammar Bahadur Thapa (1)उहाँले नेपाली र अंग्रेजी अंक, अक्षर लेख्न र पढ गर्न सिक्नका लागि विद्यालय भर्ना भएको बताउनुभयो । धार्मीक ग्रन्थहरु अध्ययन गर्न, हरहिसाब गर्न, आफ्नो, परिवारका सदस्य र ठाउँको नाम चिन्ने उहाँको उद्देश्य छ ।

वौद्ध धर्ममा आस्था राख्नुहुने थापाले पढ्न नजान्दा धर्मग्रन्थको बारेमा बुझ्न नसकेका कारण आफैले पढेर ज्ञान हाँसील गर्ने अठोट लिनुभएको छ । उहाँ भारतीय सेनाका पेन्सनर हुनुहुन्छ । २५ वर्षअघि पेन्सन आउनुभएको थियो ।

थापा नाती नातीनाहरुसंगै झोलामा कापी, कलम र किताब बोकेर विद्यालय आउने र पढाईमा निकै चासो दिने गरेको शिक्षिका टिका थापाले बताउनुभयो । भानु मावीका प्रअ भरत केसीले ईच्छा शक्ती भएमा पढाईलाई उमेरले नछेक्ने सन्देश थापाले दिएको बताउनुभयो ।