पहिरोले मराङखोला थुनियो

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी ३ भदौ ।
म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला पहिरोका कारण थुनिएको छ । मराङको कोट बान्चन भन्ने ठाउँबाट शनिबार बिहान खसेको पहिरोले खोला थुनिएको हो ।

IMG_0611मराङखोला म्याग्दी नदीको सहायक नदी हो । पहिरोले खोला थुनिएपछि ठूलो तलाउ बनेको धौलागिरी गाउँपालीका ६ का वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । बिहान ८ बजेतिर खसेको पहिरोले थुनिएपछि खोलाबाट पानी बग्न सकेको छैन् ।

निरन्तर पहिरो खसीरहेको छ । थुनिएको तलाउ एकै पटक खोलीएको अवस्थामा मराङ र म्याग्दी नदीको तटीय क्षेत्रमा कटान हुने खतरा रहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले मराङ र म्याग्दी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेको जानकारी दिनुभयो ।
पहिरो प्रभावीत र नदी किनारका केही घरलाई सुरक्षित ठाउँमा राखिएको प्रजिअ अधिकारीले बताउनुभयो । मराङखोला मालीका गाउँपालीका ७ बिमको शिवरात्रीमा म्याग्दी खोलामा मिसीन्छ । IMG_0611साउन तेस्रो साता पनी सो ठाउँमा पहिरो खसेर एक घण्टा सम्म थुनिएको मराङखोला तलाउ भरिएर आफै खुलेको थियो । खोला थुनिएपछि आएको बाढीले ३० किलोवाट क्षमत्ताको मराङखोला लघुजलविद्युत परियोजनाको नहर र मराङ बेशीमा खेत कटान गरेको थियो । सो पहिरोका कारण धौलागिरी गाउँपालीका ५ मल्कवाङ र रघुगंगा गाउँपालीका ८ कुईने गाउँ जाने पैदलमार्ग अवरुद्ध बनेको छ ।