म्याग्दीको हिस्तान, पूर्ण सरसफाईयुक्त गाउँको पहिचान (फोटो फिचर)

विकल्प न्यूज /म्याग्दी
मंसीर २२ गते ।
हिस्तान गाउँको खानेपानी र सरसफाईको अवस्थाका वारेमा मंगलबार अनुगमन गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति म्याग्दीको एक टोलीले गाउँको खानेपानी र सरसफाई अवस्थाको अनुगमन गरेको हो ।

DSC07161
अनुगमन टोलीले हिस्तान गाविसका दोसल्ले,टिकोट र घराम्दी गाउँमा वसोवास गर्ने स्थानीयहरुको शौचालय,खानेपानी,व्यक्तिगत सरसफाई लगायतका मापदण्डहरुको अनुगमन गरिएको जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

DSC07158
गाउँमा शौचालय निर्माण, प्रयोग, आधारभूत खानेपानीको पहुँच, स्वास्थ्य सेवा र व्यक्तिगत सरसफाई सम्बन्धि आधारहरुको अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।
DSC07095
गाविसका सबै बासिन्दाले हात धुने, घरायसी पानी शुद्धिकरण बिधी, चर्पीको प्रयोग, घरयासी सरसफाई, भान्सा कोठाको सरसफाई वातावरणीय, संस्थागत सरसफाई, फोहोर विसर्जन, व्यक्तिगत सरसफाई लगायतका मापदण्डहरु हिस्तानका स्थानीयवासीहरुले पुरा गरेको प्रमुख इन्जिनियर केसीले जानकारी दिनुभएको छ ।

DSC07101
पक्की शौचालय र आधारभूत खानेपानीको सुबिधा, फोहोर थुपार्ने खाडल, भाडा सफा गरेर राख्ने चाङ निर्माण हुनुका साथै व्यक्तिगत रुपमा नियमित नङ काट्ने, नुहाउने, कपडा धुने, कपाल कोर्न, दाँत माझ्ने जस्ता मापदण्डहरुको अनुगमन गरिएको जिविस अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाकी वास इन्जिनियर मुना देवकोटाले बताउनुभयो । टोलीले स्थानीयवासीहरुसँग खानेपानी र सरसफाईका वारेमा छलफल गरेको देवकोटाले बताउनुभयो ।

DSC07034
गाविसभित्र रहेका सबै घरमा पक्कि शौचालय निर्माण र प्रयोग, शुद्ध खानेपानीको पहुँच, स्वास्थ्य सेवा र व्यक्तिगत सरसफाई सम्बन्धि सबै सुचकहरु पुरा भएकाले निकट भविष्यमै पूर्ण सरसफाई तथा आनीबानी परिवर्तनयुक्त गाविस घोषणा गर्नका लागि टोलीले सिफारिस गर्ने टोलीमा सहभागि गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो ।

DSC07090DSC07097DSC07023DSC07036
DSC07029DSC07104DSC07046
अबलोकनका क्रममा हिस्तान गाविसका स्थानीयबासीले सरसफाई सँगै फोहोरको ब्यवस्थित विर्सजन गर्न थालेपछि मानव स्वास्थ्य र वातावरणीय सरसफाइमा समेत ठुलो टेवा पुगेको पाइएको वास पत्रकार मञ्च म्याग्दीका अध्यक्ष ठाकुरप्रसाद आचार्य बताउनुभयो । टोलीले बुधवार झीँ गाविसको पनि खानेपानी र सरसफाईको अवस्था वारे अनुगमन गर्ने जनाएको छ ।