बिमला श्रेष्ठको “के आयो जमाना”(भिडियोसहित)

विकल्प न्यूज/बेनी
साउन १७ गते ।

मंगला गाउँपालिका २ डडुवाकी बिमला श्रेष्ठको तिज गीत “के आयो जमाना” को म्युजीक भिडीयो सार्वजनिक भएको छ ।

bimala sherthaबि स्टार म्युजीक कम्पनीले युट्युव मार्फत सार्वजनिक गरेको गित मार्फत कलाकार श्रेष्ठले आधुनिकताको नाममा छोटा कपडा लगाउनेलाई ब्यङ्ग्य गरेकी छिन् । शब्द संकलन समेत रहेका कमल सुसान्त केसी र श्रेष्ठको स्वर रहेको गितमा सरोज लामा, मुना बस्नेत र सविना तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

मंगला २ को जानकी आधारभुत विद्यालयको शिक्षीका समेत रहेकी श्रेष्ठले गत वर्ष खुसी आसुले लैदीयो बोलको गित मार्फत सांगितीक क्षेत्रमो डेब्यु गरेकी थिईन् ।