गीति एल्बमलाई सहयोग जुटाउन सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/बेनी
साउन ११ गते । 20258394_667228453462980_977734262841529773_nगीति एल्बम निकाल्न सहयोग पु¥याउने उद्देश्यले बेनीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । शारिरिक रुपमा अपाङग कृष्ण क्षेत्रीको गीति एल्बमलाई सहयोग संकलन गर्ने उद्देश्यले सांस्कृति कार्यक्रम गर्न लागिएको हो ।

क्षेत्रीको आर्थिक अवस्था कमजोर भएकाले गीति एल्बम निकाल्न समस्या परेपछि कार्यक्रम गरेर आर्थिक सहयोग जुटाउनु परेको हो ।

साउन १२ गते विहिवार १.५० बजे रुचि चलचित्र मन्दिरको हलमा विभिन्न राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।

कलाकार क्षेत्रीको आर्थिक अवस्था कमजोर भएकाले सहयोग संकलन गर्नका लागि सांस्कृतिक कार्यक्रम गर्न लागिएको कलाकार पदम विश्वकर्माले जानकारी दिनुभयो ।
सांस्कृति कार्यक्रमलाई सहयोग गर्न कलाकार क्षेत्रीले सवैमा अनुरोध गर्नुभएको छ ।