ताजा समाचार:
Search

समस्याको समाधान दिल्लीमा होइन, काठमाण्डौमा खोज

 

12045495_1066796346677934_2932269033624123823_o

समय सन्दर्भः ठाकुरप्रसाद आचार्य
नयाँ संविधान घोषणा भएपछि काठमाण्डौ र मधेशका विच एकता टुटेको छ । मधेश आन्दोलनलाई देखाएर भारतले अघोषित नाकाबन्दी लगाएको छ । नेपालको आन्तरिक समस्या समाधानमा भारतले यतिखेर हस्तक्षेप गरेको छ । भारतीय हस्तक्षेपका कारण हाम्रो आन्तरिक एकतमा दरार पैदा भएको छ । मधेश र काठमाण्डौको एकता कायम दिल्लीसँग कुराकानी गरेर हुँदैन । केही मधेशबादी दलका नेताहरु दिल्लीमुखी भएका छन् । उनीहरु यतिखेर दिल्लीमा पुगेर नेपालको समस्याका वारेमा छलफल गरेका छन् । यो राष्ट्रियता विपरित कार्य हो । मधेशमा लामो समय देखीको उत्पीडन छ । यो उत्पीडनलाई अन्त्य गर्न काठमाण्डौंमा वसेर वृहत छलफल हुनुपर्दछ नकी दिल्लीमा । दिल्लीको सुझावले मधेशको उत्पीडनलाई अन्त्य गर्ने सहयोग पुग्दैन बरु यसले झन समस्या पैदा गर्दछ । उसको सुझावमा स्वार्थ लुकेको हुन्छ । यसले नेपालको राष्ट्रियतामाथीनै खतरा पैदा गर्दछ । मधेशका नेताहरू र प्रमुख दलका केही नेतासमेतले भारतकै मुख ताक्ने वा यस मामिलामा उसको भूमिकालाई प्रमुख मान्ने प्रवृत्तीले नेपाललाई झन कमजोर बनाउँदछ ।
मधेसवादी नेताहरू शुक्रबार प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय वार्तामा भाग नलिएर जसरी लैनचौरस्थित भारतीय राजदूतको रात्रि भेटमा सहभागी हुन गए र त्यसपछि दिल्ली प्रस्थानलाई प्राथमिकतामा राखे, त्यसले उनीहरू समस्या समाधानमा स्वदेशी प्रयत्नको पक्षमा नरहेको छलङग भएको छ । मधेसवादी नेताहरूको यस्तो कदमले उनीहरुको चरित्रमाथी गर्ने संकालाई थप बल मिलेको छ । मधेसको विषयलाई मिलाउने नाममा भरतीय भूमिका खोज्नु देशका लागि अनुकुल छैन । यसले देशलाई दुरगामी असर पु¥याउँछ । मधेशवादी नेताहरुको चरित्रले तराइमा रहेका राष्ट्रभक्तिहरुमाथी धावा बोलेको छ । तराईका नागरिकहरु राष्ट्रप्रेमी छन् । उनीहरु सिमा नाकामा हुने भारतीय अन्याय र अत्याचारसँग बहादुरीका साथ लडाइ लडेर सिमाको सुरक्षा गरेर वसेका छन् । त्यसैले उनीहरु राष्ट्रप्रेमी छन् । काठमाण्डौले पनि उनीहरुलाई अधिकार दिने कुरामा कुनै विवाद गर्नुहुँदैन ।
मधेशलाई बलियो बनाउने कुरामा हामीभित्र पनि बुझाईका समस्याहरू छन् । हालको मधेस संकटको मूल कारण पनि आन्तरिक बुझाईको समस्या हो । मधेश समस्याको समाधान राष्ट्रिय स्वार्थमाथी सम्झौता नगरी देशभित्रै खोजिनुपर्छ । यस्तै प्रतिकूलताका बेला हो तराई, पहाड या हिमालका विच एकता हुनुपर्दछ । भारतले नेपालको संविधान निर्माण र कार्यान्वयनमा अवरोध पु¥याएर गम्भीर भूल त गरेकै थियो, अहिले नेपालभित्रका राजनीतिक दलहरूलाई मधेस र पहाडका भनेर छुट्याउँदै अलग–अलग व्यवहार गर्ने उसको गतिविधि झनै आपत्तिजनक छ । मधेसवादी दलका नेताहरू काठमाडौंको वार्ता छाडेर संयुक्त टोली बनाई दिल्ली जानखोज्नु नेपालप्रति उनीहरुले गरेको घात हो । मधेशवादी नेताहरुको यो कदम मुलुकको हितमा छैन । हाम्रो आन्तरिक समस्या समाधान गर्नका लागि हामी विचको एकता नै बलियो हुनुपर्दछ । एकतालाई बलियो बनाउँदै वर्तमान समस्याको समाधान काठमाण्डौमा वसेर खोजीनुपर्दछ ।