म्याग्दीकी बिष्णु दगामी नृत्य प्रतियोगिताको फाईनलमा प्र्रवेश

विकल्प न्यूज/बेनी
जेठ ९ गते ।
म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पुगेकी छिन् ।

१८ वर्षिय दगामी त्रिकेल एण्ड मिटीङ पोईन्टले आयोजना गरेको दोस्रो संस्करणको लेटमी नृत्य प्रतियोगिताको अन्तिम ८ जना प्रतिस्पर्धीमा छनौटमा परेकी हुन् । हाल काठमाडौमा बस्दै आएकी बास्केटबलको राष्ट्रिय खेलाडी समेत रहेकी दगामीलाई जिताउनका लागि मोवाईलबाट भोटीङ गर्नुपर्नेछ ।Bishnu Dagami (1)जेठ १७ गेसम्म LMD 4 टाईप गरेर ३३००१ मा एसएमएस पठाउनुपर्ने जनाइएको छ । नृत्य प्रस्तुतीका साथै मोवाईली भोटीङलाई समेत जितको आधार बनाइएको छ । एनटिभी पल्स र हिमालयन टेलीभिजनबाट प्रशारण हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेठ १८ गते हुने बिष्णुका मामा तेजेन्द्र शेरचनले बताउनुभयो ।