एड्स रोग न्युनीकरणका लागि नाटक प्रर्दशनी

सन्तोष गौतम /विकल्प
म्याग्दी मंसिर१५ गते ।
‘दिगो विकास प्राप्तिको लागि एड्स महामारीको अन्त्य’ भन्ने मुल नाराका साथ मंगलबार म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि २८ औ विश्व एड्स दिवस मनाइएको छ ।
दिवसको अवसरमा बेनी बजारको विभिन्न स्थानमा एड्स रोग न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले सडक नाटक प्रर्दशन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र न्यु वेष्ट प्वाईन्ट आवासीय उच्च माविको आयोजना तथा साथी शिक्षक कार्यक्रमको संयोजनमा नाटक प्रर्दशन गरिएको हो ।

न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविका शिक्षक कृष्ण जिसीले निर्देशन गर्नुभएको ‘परिवर्तन’ शिर्षकको नाटकमा विद्यार्थीहरुले एड्स संक्रमण हुने कारण, बच्ने उपाय, उपचार बिधी, संक्रमितलाई गर्नुपर्ने ब्यवहार लगायतका विषयमा अभिनय गरेका थिए ।

DSC04751

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चोक, संगमचोक र क्याम्पसचोकमा सडक नाटक प्रर्दशन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक भिम आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याग्दी जिल्लामा हाल ३६ जना संक्रमितले एआरभी औषधि सेवन गरिरहेका छन् । जिल्लामा एआरभि औषधि वितरण र रगत परिक्षण तथा पिएमटिसीटी सेवा सुरु भएपछि रगत परिक्षणको दर बढेको छ भने संक्रमित पहिचान हुने दर भने घटेको आचार्यले बताउनुभयो । हरेक बर्षको डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाउने गरिन्छ ।