ताजा समाचार:
Search

म्याग्दीमा कृषि र पशुपालन विकासका लागि छ करोड बजेट प्राप्त

सन्तोष गौतम/विकल्प
म्याग्दी, मंसिर १५गते । सरकारले म्याग्दी जिल्लामा कृषि र पशुपालन विकासका लागि यस वर्ष छ करोड रुपैयाँ भन्दा बढी बजेट स्वीकृत गरेको छ ।

जिल्ला पशु सेवा र कृषि विकास कार्यालय मार्फत कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि छ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरका योजना तथा कार्यक्रम सञ्चालन हुन लागेको हो । दुई वटै कार्यालयले मंगलबार बेनीमा संयुक्त कार्यक्रम आयोजना गरि चालु आर्थिक वर्ष २०७२७३ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको विवरण सार्वजनिक गरेका छन् ।

DSC04766

कृषि विकास कार्यालय मार्फत चार करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबरको ८ वटा आयोजना सञ्चालन हुने बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कृषि प्रसार कार्यक्रमका लागि तिन करोड, ३७ लाख ७४ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।

सहकारी खेती साना सिंचाई तथा मल विउ ढुवानी कार्यक्रममा ४५ लाख ३८ हजार, बिशेष कृषि उत्पादन कार्यक्रमलाई २० लाख ६० हजार र बाली विकास कार्यक्रमलाई ४० लाख ५२ हजार रुपैयाँ बजेट स्वीकृत भएको छ ।

सुन्तला र कफि खेती सम्बन्धि कार्यक्रमलाई ३४ लाख ३३ हजार, आलु तरकारी तथा मसलाबाली विकास कार्यक्रमलाई ४० लाख ६६ हजार, एकिकृत बाली तथा जल ब्यवस्थापन कार्यक्रमलाई १० लाख ९० हजार र नेपाल ब्यापार एकिकृत रणनिति सम्बन्धि योजनालाई तिन लाख ६० हजार रुपैया बजेट प्राप्त भएको बरिष्ठ कृषि विकास अधिकृत रिजालले बताउनुभयो ।

DSC04769

तरकारी, फलफुल बालीको उत्पादन तथा गुणस्तर वृद्धी, बजारीकरण, सिंचाई सुबिधा बिस्तार र खाद्यबाली खेतीमा यान्त्रीकरण गर्ने किसीमका कार्यक्रमहरु प्राथमिकतामा परेका छन् । यसैगरी जिल्ला पशु सेवा कार्यालयले एक करोड २९ लाख ९४ हजार रुपैया बराबरको २७ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने बरिष्ठ पशु चिकित्सक दयाराम चापागाइले जानकारी गराउनुभयो ।

DSC04775

उहाँका अनुसार पशु स्वास्थ्य सेवासंगै पशु आहराको विकास, दूध र मासू उत्पादनमा टेवा मिल्ने योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । सार्वजनिकीकरण कार्यक्रममा सहभागि सांसदद्धय नवराज शर्मा र नरदेवी पुनले कृषकलाई सरकारले दिने अनुदानको दुरुपयोग हुन दिन नहुने बताउनुभयो । उहाँले एउटै व्यक्तिले धेरै पटक तालीम र सेवा सुबिधा लिने तर काम नगर्ने समस्या देखिएकाले त्यसतर्फ सचेत हुन निर्देशन दिनुभएको छ ।
कार्यक्रममा म्याग्दीमा क्रियाशिल राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालय प्रमुख र पत्रकारहरुको उपस्थिती रहेको थियो । किसान महासंघका अध्यक्ष कमल थापाको अध्यक्षता, बागबानि विकास अधिकृत भोजबहादुर थापाको सञ्चालन र बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।