ताजा समाचार:
Search

अस्पतालजन्य फोहोर ब्यवस्थापनमा चुनौती बढ्यो,जल तथा वातावरण प्रदुषणको समस्याका साथै मानव स्वास्थ्यमा असर

सन्तोष गौतम/विकल्प
म्याग्दी मंसिर १५गते ।
स्वास्थ्य संस्था तथा अस्पतालहरुमा उत्पादन हुने फाहोर ब्यवस्थापनमा चुनौती देखिएको छ । अस्पतालजन्य फोहोरको सुरक्षित र व्यवस्थित बिर्सजनमा ध्यान नदिँदा जल तथा वातावरण प्रदुषणको समस्या बढ्नुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेको हो ।

DSC04685

सोमबार साँझ बेनीमा एक्कासी निस्केको घुँवाको सदरमुकामबासी र त्यस आसपासका नागरीकलाई करिब तिन घण्टा सकस ब्यहोर्नु प¥यो । त्यो घुँवाको मुस्लो कुनै घर, जंगल, उद्योगमा आगोलागि नभएर जिल्ला स्वास्थ्य कार्यालय परिसरबाट निस्केको प्रदुषित घुँवा थियो । प्रदुषित घुँवाका कारण अस्पतालचोक, शिक्षामार्ग, पिपलचोकसंगै बजारका अधिकांश टोलका बासिन्दालाई असर गरेको सञ्चारकर्मी पदम बिकले बताउनुभयो । आँखा पिरो हुने घुँवा र दुर्गन्धले कोठामा बस्न र सास फेर्न पनि समस्या भएको उहाँको अनुभव छ ।

DSC04686

म्याग्दीका स्वास्थ्य संस्था मार्फत आम नागरिकलाई निशूल्क वितरण गर्नका लागि सरकारले लाखौ खर्च गरेर पठाएको तर प्रयोग हुन नसकेर म्याद समाप्त भएका औषधिहरु नष्ट गर्ने क्रममा गलत प्रकृया अपनाउँदा म्याग्दी सदरमुकाम बेनी तथा पर्वतको वारीबेनी, बगरफाँट क्षेत्रमा फैलीएको दुर्गन्ध र प्रदुषणले सर्वसाधारणले असहज महशुस गरेका हुन् । म्याद सकिएको औषधिलाई आगो लगाएर नष्ट गरिदाँ निस्कीएको घुँवाको मुस्लो र दुर्गन्धले सास फेर्न गाहे हुने, आँखा चिलाउने, टाउको दुख्ने जस्ता समस्या देखिएको पिपलचोकका ब्यवसायी अमर खत्रीले बताउनुभयो ।

अस्पतालले गरेको लापरवाहि वारे सर्वसाधारणहरुले जिल्ला प्रशासनमा दिएको निवेदन

12107744_926304924128449_2299471798470918535_n

 

 

 

 

 

 

 

 

12313635_926304950795113_4931766087967050466_nउहाँका अनुसार साँझ ६ बजेदेखि बजारमा फैलीएको घुँवा राती ९ बजेस्थानीयबासीहरुले पानी हालेर आगो निभाएपछि सहज भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले मंसिर १३ गते स्थानीय प्रशासन र कोष तथा लेखा नियन्त्रकको कार्यालयको परामर्शमा सार्वजनीक खरिद ऐन अनुसार म्याद नाघेका १९ प्रकारका औषधि नष्ट गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक खरिद ऐनमा वातावरणीय असर नपर्ने गरी म्याद नाघेका औषधि नष्ट गर्नुपर्ने नितिगत ब्यवस्था छ । तर उक्त नितिगत ब्यवस्थाको पालना हुन सकेको छैन् । वायु प्रदुषणका साथै सर्वसाधारणलाई असर पुगेकोमा स्वास्थ्य कार्यालयका स्टोर किपर सुरेश शर्माले कमजोरी स्वीकार गर्दै गल्ती नदोहोराउने प्रतिवद्धता जनाउनुभयो ।

DSC04740
अस्पतालजन्य प्रदुषणका कारण मानिस बिरामी भएको अवस्थामा उजुरी परेमा क्षत्तीपुर्ती तिर्नुपर्ने पनि कानुनी ब्यवस्था रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले म्याद नाघेका औषधि नष्ट गर्ने क्रममा गरेको कमजोरीले

सर्वसाधारणले भोग्नुपरेको सास्ती एउटा उदाहरण मात्रै हो । धेरै जसो अस्पताल र स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर नदीमा फाल्ने, आगो लगाउने र खाडलमा गाड्ने गरिन्छ । खाडलमा गाड्दा बाहिरी वातावरणमा असर देखिएपनि नदीमा फाल्ने र आगो लगाउने गर्दा जल र वातावरण प्रदुषण बढेको छ । रासायनीक पदार्थको मित्रण हुने भएकाले अन्य फोहोरको तुलनामा मानव स्वास्थ्य र वातावरणका हिसावले प्रतिकुल मानिने अस्पतालजन्य फोहोरको सुरक्षित तथा व्यवस्थित ब्यवस्थापनमा सम्बद्ध निकाय सचेत बन्नुपर्ने देखिन्छ ।