ताजा समाचार:
Search

झिँको महेन्द्र माविलाई प्रवासीद्धारा दुई लाख १० हजार नगद सहयोग

सन्तोष गौतम/विकल्प
म्याग्दी १४ मंसिर ।
म्याग्दीको झिँमा रहेको महेन्द्र माविलाई सोमबार एक जना प्रवासीले दुई लाख रुपैया भन्दा बढी नगद सहित खेलकुद र ध्वनी सामाग्री सहयोग गर्नुभएको छ ।

अमेरीकामा बस्दै आउनुभएका पृथ्वीमान गर्बुजाले नगद एक लाख १० हजार रुपैयाँ विद्यालयमा आयोजित एक समारोहमा हस्तान्तरण गर्नुभएको हो । उहाँले एकएक थान भलिबल, बास्केटबल, फुटबल र १२ थान जर्सी पनि उपलब्ध गराउनुभएको शिक्षक कृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।

School-Lai-help

सोही अवसरमा गर्बुजाले ४६ हजार रुपैयाँ मूल्य पर्ने एक सेट ध्वनी सामाग्री पनि विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । सहयोगदाता गर्बुजालाई विद्यालयले सम्मान गरेको छ ।