ताजा समाचार:
Search

खेलकुदको विकास र सामाजिक कार्य गर्न गलेश्वर शिव यूवा क्लवको गठन

विकल्प /म्याग्दी
मंसिर १४ गते ।
बेनी नगरपालिका–९ घतानस्थित गलेश्वरका यूवाले धार्मिक, सामाजिक तथा  खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न यूवा क्लवको स्थापना गरेका छन् । जिल्लामै प्रमुख धार्मिकस्थल गलेश्वर बजार तथा आसपासका क्षेत्रका यूवाको भेलाले दिवाकर बुढाथोकी मगरको अध्यक्षतामा गलेश्वर शिव यूवा क्लवको स्थापना गरेका हुन् । क्लवको उपाध्यक्षमा मोहन कार्की ‘विवश’ विरबहादुर मगर शेरपुञ्जा, सचिव भोजबहादुर बानियाँ‘ कवि’, सहसचिव रोशन विक, कोषाध्यक्ष विजय शेरमजा मगर, सहकोषाध्यक्ष दिशु गर्बुजा रहेका छन् ।    10702016_856306451046713_7237168832524345934_nत्यसैगरी सदस्यहरूमा भुमिराज गर्बुजा, राजु पुर्जा, सोहन पुन, सुविन शेरपुञ्जा, पुष्पा पुरी, गिताप्रसाद तिलिजा, याम गर्बुजा, नविना फगामी, राजकुमार शेरपुञ्जा, दिप्सन पुजा र फ माया पुर्जा रहेका छन् । क्लवका गतिविधिलाई सहयोग, सल्लाह सहित आवश्यक सहयोग जुटाउन बम बहादुर पुन, गलेश्वर शिवालय क्षेत्र विकास कोष, गलेश्वर आमा समुहलाई सल्लाहकार चयन गरिएको अध्यक्ष दिवाकर बुढाथोकीले बताए ।
‘गलेश्वरमा सामाजिक र खेलकुद गतिविधिमा सहभागिता जनाउनेछौ । धार्मिक क्षेत्र भएकाले पनि क्लवमा धेरै जिम्मेबारी रहेको छ’ उनले भने । मुस्ताङको प्रवेशद्धार, धार्मिक क्षेत्र, जेष्ठ नागरिक सहित स्थानीयबासीको हितमा क्लवले काम गर्ने उनले बताए । जिल्ला प्रशासन कार्यालयबाट कानुनी मान्यता प्राप्त गरेपछि क्लवले आगामी मंसिर २५ गतेबाट गलेश्वरमा आर्कषक पुरस्कार सहित खेलकुद प्रतियोगिता गर्ने तयारी समेत गरेको छ । हरिकृष्ण गौतम