माउन्ट एभरेष्ट विद्यालयद्धारा खेलकुद विकास समितिका पूर्व अध्यक्ष र खेलाडीहरु सम्मानित

विकल्प/म्याग्दी
मंसिर १४ गते । बेनीमा रहेको माउन्ट एभरेष्ट उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरुलाई आज सम्मान गरेको छ ।
साथै विद्यालयले जिल्लाबाट विभिन्न खेलहरुमा उत्कृष्ट पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई पनि सम्मान गरेको हो । DSC04670
विद्यालयले खेलकुद विकास समितिका ६ जना पुर्व अध्यक्ष, कराँतेका तिन जना अन्तराष्ट्रिय खेलाडी र १४ औं जेसीजकपमा उपाधि जिताउन योगदान गर्ने विद्यालयका फुटबल खेलाडीहरुलाई सम्मान गरेको हो ।
सम्मानीत हुने खेलकुद विकास समितिका पुर्व अध्यक्षहरुमा अनोद श्रेष्ठ, स्वर्गीय राम गौचन, गोविन्द श्रेष्ठ, प्रमोद श्रेष्ठ, रमेश श्रेष्ठ र बिनोद केसी रहनुभएको छ । यसैगरी कराँतेका अन्तराष्ट्रिय खेलाडीहरु चन्द्र बुढा, बिना घर्ती र निर्मल पुनलाई पनि सम्मान गरिएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार बि.क, विद्यालयका संस्थापक र संस्थापक सुरज केसी, प्राचार्य राजु केसी, सल्लाहकार समितिका सदस्य हिमबहादुर भण्डारी र कक्षा १० बिशेष समितिका अध्यक्ष शुशिलराज मल्लले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र वितरण गर्नुभएको थियो ।
यसैगरी गत शनिबार बेनीमा सम्पन्न १४ औ जेसीजकप फुटबल प्रतियोगितामा सहभागि भई बिजयी गराउन योगदान गर्ने खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
जिल्लाको खेलकुद विकासमा योगदान गरेकाले सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक सुरज केसीको अध्यक्षता, प्राचार्य राजु केसीको स्वागत मन्तब्य र शिक्षक कमल बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्मानीत व्यक्तित्वहरुको तर्फबाट जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष प्रमोद श्रेष्ठ र बाहालवाला अध्यक्ष कृष्णकुमार विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।