गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्र

गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् । यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ ।
१ पानी र मह विहानको समयमा उठ्ना साथ पानीमा मह राखेर पिउनुस् । यसले पेटका विकारलाई कम गर्छ र अनुहारमा चमक ल्याउँछ ।
२ बेसन र बेसार २ चम्चा बेसन र आधा चम्चा बेसार मिसाएर खुव फिट्नुस् अनि गुलाव जल मिसाएर अनुहारमा लगाउनुस् । यसो गर्दा अनुहारमा चमक आउँछ ।
३ पानी प्रयाप्त पिउनुस् गर्मीमा शरीरलाई पानीको आवश्यकता अघि पछि भन्दा बढी पर्छ । गर्मीमा प्रयाप्त पानी पिउनुस् । यसले शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्छ । त्वचामा निखार ल्याउँछ ।
४ केरा सेवन गर्मी मौषममा केराको सेवन निक्कै राम्रो मानिन्छ । केरा सेवन मात्र होइन केराको लेपमा नुन मिसाएर अनुहारमा १० मिनेट लगाउनुस् र सफा गर्नुस् अनुहार चम्किन्छ ।
५ सुन्तालका बोक्रा सुन्तालाका बोक्रालाई पिसेर पाउडर बनाउनुस अनि काँचो दुधमा लेप बनाउनुस् । यो अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ ।
६ मलाइ र केसर अनुहारमा भएको सुख्खापन हटाउन मलाइ र केसरको मिश्रणले अनुहारमा मालिस गर्नु उत्तम मानिन्छ । यसो गर्दा अनुहारको रुखो पन हटेर चमक आउँछ ।
७ मह र पानी एक चम्चा महमा पानी मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको फोहोर निस्किन्छ । अनि सफा गर्दा अनुहारमा चमक आउँछ ।
८ काजु र दुध काजु अनुहारको च्वचाका लागि राम्रो मानिन्छ । काजु र दुध मिसाएर खँदा अनुहारमा चमक आउँछ । छालाको सुख्खापन हटाउन काजु र दुधको लेप अनुहारमा लगाउन सकिन्छ ।
९ कागती र सुन्तालाको रस आधा चम्चा सुन्तालाको रसमा केही थोपा कागतीको रस मिसाएर गुलाव जलसँग केहीबेर फ्रिजमा राख्नुस् । २० मिनेटपछि यसले अनुहार धुनुस् ।
१० दही र पुदिना दही र पुदिनाको पातको पाउडर मिसाएर अनुहारमा लगाउनुस् अनि आधा घण्टा कुर्नुस् । सुख्खाभएपछि सफा पानीले धुनुस् । यसो गर्दा अनुहार चम्किन्छ ।