बेनीका युवाले कालिगण्डकी नदीबाट विजुली निकाले

विकल्प /म्याग्दी
मंसिर १३ गते ।
बेनीका एक युवाले कालीगण्डकीबाट विजुली निकालेका छन् । सदरमुकाम बेनीबजास्थित कालिगण्डकी नदीबाट उपकरण जडान गरी विजुली उत्पादनको प्रक्रिया सुरू गरेका छन् ।

म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिक कालिगण्डकीबाट विजुली उत्पादन सुरु गर्नुभएको हो । ‘नदीलाई उपयोग गरेर विजुली उत्पादन सुरु गरेको छु । बेनीबजारबाट माग आइरहेको छ’ श्रेष्ठले भन्नुभयो । अहिले ३ सय वाट क्षमता उत्पादन भइरहेको छ जसबाट २० चिम बाल्न मिल्ने श्रेष्ठको भनाई छ ।

12310473_1682408062046274_2550135669739740931_n

कालिगण्डकी र म्याग्दी खोलाबाट सहज रुपमै हिउँदका समयमा घरायसी प्रयोजनका लागि विद्युत उत्पादन गर्न सकिने श्रेष्ठले बताउनुभयो । विगत २०५७ साल देखि उर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले जिल्लाको सदरमुकाम बेनीबजार आसपासबाट बग्ने म्याग्दी र कालिखोलाबाट बजार तथा आसपासको क्षेत्रमा उर्जाको खपत गर्न सकिने दावी गर्नुभयो ।

12274491_1682408098712937_4175317318719715058_n

विद्युत उत्पादनका लागि कुलो निर्माणका साथै टरवाइन, जेनेटर र ६ मिटरको पाइपका साथै अन्य साम्रागी निर्माण गरिएको छ । श्रेष्ठका अनुसार १५ सय वाट क्षमताको मेसिन रहेको बताउँदै त्यसलाई १२ सय वाट विद्युत उत्पादन गर्ने दावी गरे । प्रति सेकेन्ड एक सय लिटर पानी फालेपछि एक हजार वाट उत्पादन गर्न सकिन्छ ।

एक हजार वाट बराबर एक किलोवाट हुन्छ । एक किलोवाटबाट १ सय चिम बाल्न सकिन्छ । म्याग्दी उर्जाकेन्द्रले जिल्लाका विभिन्न गाविसका साथै ओखलढुङ्गा, रामेछाप, चितवन, मकवानपुर, रुकुम, जाजरकोटका साथै विभिन्न एकदर्जन जिल्लामा ५ देखि १० किलोवाट सम्मको लघुजलविद्युत जडान गरेको छ । हरिकृष्ण गौतम