ताजा समाचार:
Search

कृषकहरुलाई मौरीपालन तालीम

विकल्प /म्याग्दी
मंसिर १३ गते । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा मौरीपालन सम्बन्धि जिल्ला स्तरीय तालीम सम्पन्न भएको छ ।

तिन दिनसम्म सञ्चालन भएको तालीमको शनिबार पिप्ले १ घुमाउने तालमा ब्यवहारीक प्रशिक्षणसंगै एक औपचारीक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । परम्परागत रुपमा घरायसी उपभोगका लागि मौरीपालन गर्दै आएका कृषकहरुलाई मौरीपालन विस्तारमा अग्र्रसर र ब्यवसायीक बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।
तालीममा मौरीपालन पकेट क्षेत्रका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । तालीममा मौरीपालन सम्बन्धि आधारभुत ज्ञान, मौरीको आहरा, गोला छुट्टाउने, मह निकाल्ने बिधी, बजारीकरण लगायतका विषयमा सैद्धान्तिक तथा ब्यवहारीक विषयमा सहजिकरण गरिएको थियो ।

DSC04547

तालीमको समापन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले रोजगारीको सृजना र देशलाई आत्मनिर्भर बनाउने माध्यम कृषी भएको बताए । उनले कृषकले उत्पादन र सरकारले बजारीकरणमा जोड दिनुपर्ने बताए ।

बागबानि विकास अधिकृृत भोजबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन गर्दै बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले धेरै दुख गर्न नपर्ने, जग्गा जमिन नभएकाले पनि गर्न सक्ने र सजिलो भएकाले मौरीपालन कृषकहरुका लागि राम्रो आयस्रोत बन्न सक्ने बताए ।

उनले म्याग्दीमा ब्यवसायीक मौरीपालनको प्रशस्त सम्भावना रहेकाले यसतर्फ लाग्न कृषकहरुलाई आग्रह गरे । तालीममा सहभागि झिँका कृषक नौलीमाया थजाली र भुरुङ तातोपानीका बुद्धी पुनले सिकेका कुरा आफूले प्रयोगमा ल्याउने र समूहका अन्य कृषकहरुलाई पनि जानकारी गराउने प्रतिवद्धता जनाए । सन्तोष गौतम