ताजा समाचार:
Search

कोरियामा आउदो अगस्ट १४ का दिन संग्राहलय लगायत सार्वजानिक स्थलमा निशुुल्क प्रवेश दिने

विकास श्रेष्ठ,

कोरिया सरकारले यहि महिनाको चौध तारिख सार्वजानिक विदा दिने घोषणा गरेको छ । जापानको औपनवेशिकबाट स्वतन्त्र भएको सत्तरी औ वर्षगाँठको अवसरमा सरकारले अगष्ट चौध तारिख सार्वजानिक विदा दिने घोषणा गरेको हो । जापानले कोरियामा सन् उन्नाइस सय दश देखि पैतालिस सम्म उपनिवेश शासन गरेको थियो
सो दिन संग्राहलय लगायत सार्वजानिक स्थलमा निशुुल्क प्रवेश दिने निर्णय पनि मंगलबार राष्ट्रपति पार्क गे हेको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले गरेको छ । नागरिकमा राष्ट्रिय गौरब बढाउने र मिडल इष्ट रेष्पोरटोरी सिन्ड्रोम मर्स महामारी र बाह्य कारणले अर्थतन्त्रमा पारेको नकरात्मक असर कम पार्ने प्रयास स्वरुप चौध तारिखलाई बृहत तवरले मनाउने तयारी पनि सरकारको छ ।
सरकारको योजना मुताविक त्यस दिन विदेशी पर्यटकलाई लक्षित गरी राजधानी सोलमा कोरिया ग्राण्ड सेल लगायतका कार्यक्रमका आयोजना गरिने छ । त्यस्तै तीन दिनका लागि सोलमा रहेका ऐतिहासिक दरबार ख्याङबोकगुुङ, दोक्सुुगुुङ लगायत चौध वटा ऐतिहासिक धरोहर लगायत जंगल सफारीको लागि निशुल्क प्रवेशको व्यावश्था मिलाइएको छ ।