जव राष्ट्रिय कलाकार चन्द्रा कार्की मञ्चमा आएपछि…..

विकल्प न्यूज/बेनी
चैत १६ गते । DSC_0121बेनीको खुल्ला मञ्चमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार चन्द्रा कार्कीले धमका प्रस्तुती गरेकी छिन् । उनको प्रस्तुती सँगै युवायुवतीहरु छमछमी नाचे ।

खुल्ला मञ्च भरिएका दर्शकहरु जव चन्द्रा कार्कीले मञ्चबाट प्रस्तुती गर्न थालिन यता युवा युवतीहरु कम्मर मर्काइ मर्काइ नाचेर उनलाई साथ दिन थाले । DSC_0106  दर्शकहरुको माया र उटिङ पाएकी कलाकार कार्की दर्शक सँग नाच्न पुगिन । उनी केही बेर दर्शक सँगै छमछमी नाचिन । DSC_0110कार्कीका सँगै आज आज राष्ट्रिय कलाकारहरु वसन्त थापा, जुना श्रीसमगर, दिपक खड्का,गोविन्ध अधिकारी र लोकदोहोरी प्रतिष्ठान धौलागिरि कार्यसमितिका पदाधिकारीहरुले आ–आफ्नो प्रस्तुतीमार्फत दर्शक स्रोतालाई मनोरञ्जन दिइरहेको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीले बताए ।DSC_0138यसैगरी आजै एकल नृत्य प्रतियोगिता समेत सम्पन्न भएको उनले बताएका छन् । महोत्सवको दिनानुदिन आकर्षण, रोचक बढ्दै गैरहेको छ भने त्यति नै मात्रामा दर्शकहरुको पनि उपस्थिति रहेको आयोजकले आँकलन गरेका छन् ।

उक्त महोत्सवको अवसरमा विभिन्न व्यापारीक स्टलहरुमा कारोबार भैरहेको बताइएको छ भने रमाइलो मेला समेत सञ्चालन भैरहेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य