ताजा समाचार:
Search

एकल गायन प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ११ चैत ।
बेनीमा सञ्चालित प्रथम धौलागिरी सांस्कृतीक महोत्सव २०७३ अन्तरगत शुक्रबार दोस्रो दिनदेखि एकल गायन प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरी अञ्चल समितिले आयोजना गरेको प्रतियोगितामा १९ जनाको सहभागिता रहेकोमा शुक्रबार १४ जनाले पहिलो चरणको गित प्रस्तुत गरेका छन् ।IMG_4713बागलुङ, पर्वत र म्याग्दीका लोक प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले एकल लोक गायन प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष राजेन्द्र सापकोटाले बताउनुभयो । शुक्रबार चोलेन्द्र पौडेल, फुलमाया केसी, तिलकबम मल्ल, घनश्याम रिजाल र शक्ति छिनालले गित प्रस्तुत गर्नुभएको थियो ।

शनिबार भजन र आईतबार सालैजो नृत्य प्रतियोगिता हुने मुल आयोजक समितिका सदस्य अमित विश्वकर्माले बताउनुभयो । शनिबार खड्ग गर्बुजा लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।

लोक संस्कृतीको संरक्षण, नव प्रतीभाको पहिचान र आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित महोत्सव चैत २० गतेसम्म सञ्चालन हुनेछ् । बेनीको खुल्ला मञ्चमा आयोजित महोत्सवमा स्थलमा १४० वटा व्यवसायीक स्टल रहेका छन् । महोत्सवको एक लाख जनाले अवलोकन गर्ने र दुई करोड रुपैया भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

राष्ट्रिय स्तरका कलाकारहरुको गायन र नृत्य प्रस्तुती मुख्य आकर्षण रहने महोत्वसबाट हुने आम्दानीले कलाकार कल्याणकारी कोष स्थापना गरिने प्रतिष्ठानले जनाएको छ । महोत्सव स्थलमा प्रवेशका लागि प्रतिव्यक्ति ५० रुपैया दरका टिकट बिक्री गरिएको छ ।