शनिवार विहान जेसीज कपको फाईनल खेल

बेनी /विकल्प
मंसिर ११ गते । बेनीको खुल्ला मञ्चमा जारी जेसीज कपको फाइनल खेल शनिवार विहान हुने भएको छ ।
बेनी स्थित न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि र माउन्ट एभरेष्ट आवाशिय उच्च मावि बेनीमा सञ्चालीत अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका छन् ।
शुक्रबार भएको सेमीफाईनलमा प्रकाश उच्च मावि बेनीलाई एकका विरुद्ध तिन गोल गर्दै न्यु वेष्ट प्वाईन्ट र जनप्रिय उच्च मावि दरवाङलाई दुईका विरुद्ध तिन गोलले पराजित गर्दै माउन्ट एभरेष्ट अन्तिम फाईनलमा पुगेका प्रतियोगिताका सञ्चार संयोजक कमल विश्वकर्माले जानकारी दिए ।DSC04341
शनिबार बिहान ८ बजे बेनीको खुल्ला मञ्चमा प्रतियोगिताको अन्तिम फाईनल हुने भएको छ । म्याग्दी जेसीजको आयोजनामा मंसिर ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमश नगद २० र १० हजार रुपैया सहित रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने म्याग्दी जेसीजका शाखा अध्यक्ष नवराज पौडेलले बताए । यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधीक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासीत टिमलाई पनि नगद एकएक हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।