कसको छ भाग्य ? बेनीमा भोली विहान गोलापोलाको माध्यमबाट ग्यास बाडीने

सन्तोष गौतम /विकल्प
म्याग्दी मंसिर ११ गते ।
करिब दुई महिनापछि सिमीत मात्रामा बेनीमा भित्रीएको खाना पकाउने एलपी ग्याँस शनिबार वितरण गरिने भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनको पहलमा बिहीबार राती बेनी ल्याइएको चार सय सिलीण्डर गृहलक्ष्मी कम्पनीको ग्यास जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

DSC06638

माग भन्दा दश गुण कम मात्रै ग्यास उपलब्ध भएकाले गोलाप्रथाद्धारा ग्यास वितरण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो । ग्यास वितरणलाई सहज बनाउन र उपभोक्ता पहिचान गर्न उद्योग वाणिज्य संघ र प्रशासनले शुक्रबार सम्म तिन हजार सात सय ३७ जना उपभोक्तालाई परिचयपत्र वितरण गरेका छन् ।

परिचयपत्र वितरण गरिएको संख्याको आधार बनाएर सरोकारवालाको रोहबरमा गोला थुत्ने र गोला पर्नेलाई ग्यास उपलब्ध गराउने तयारी भएको उपाध्यक्ष कर्माचार्यले बताउनुभयो । ७.१ किलोग्रामको आधा सिलीडर ग्यासका लागि उपभोक्ताले ८२५ रुपैया तिर्नुपर्नेछ । शुक्रबार गोला थुत्ने भनिएपनि गोला बनाउन र परिचयपत्र रुजु गर्न समय लागेकाले शनिबार गोला थुत्ने र ग्याँस वितरण गर्ने काम गर्न लागिएको छ ।DSC06634

भारतीय नाकाबन्दी र मधेशमा जारी आन्दोलनका कारण बेनीमा गत असोज महिनादेखि खाना पकाउने एलपी ग्याँस भित्र्नि सकेको छैन् । उपभोक्ताले दाउरा, विद्युतीय चुल्हो आदी वैकल्पीक स्रोतको प्रयोग गरेर दुख, कष्टका साथ खाना पकाउने गरेका छन् ।