ताजा समाचार:
Search

न्यू धौलागिरी सहकारीद्धारा सामुदायिक स्वास्थ्य केन्द्रलाई दुइलाख सहयोग

विकल्प/म्याग्दी
मंसिर ११ गते । सदरमुकाम बेनीबजारमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले गलेश्वरमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रको भवन बनाउन दुइ लाख रुपियाँ सहयोग गरेको छ ।
संस्थाको १६ औँ साधारणसभाको अवसरमा एकबर्षको अवधीमा संस्थाले गरेको कामका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार बेनीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमको अवसरमा सहकारीले गलेश्वर क्षेत्र विकास कोष अन्तर्गत रहेको जेष्ठ नागरिक आश्रमका संस्थापक अध्यक्ष माधवप्रसाद रेग्मीलाई दुइलाख वरावरको चेक हस्तान्तरण गरेको हो ।

dhaulagiri photo
गत वर्ष सरकारले गलेश्वर आश्रममा वस्ने जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा पदान गर्ने उद्देश्यले सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेको थियो । सहयोग रकम वुझ्दै अध्यक्ष रेग्मीले विभिन्न आर्थिक सहयोग र चन्दा संकलन गरेर स्वास्थ्य केन्द्रको भवन बनाउन लागिएको बताउनुभयो । उहाँले बेनीमा भएका अन्य वित्तिय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभएको छ ।
। कार्यक्रममा संस्थाका अध्यक्ष लिलाबहादुर बानियाँले सामाजिक, आर्थिक र शैक्षिक विकासमा संस्थाले महत्वपूर्ण योगदान दिदै आएको बताउनुभयो । सहकारीले आर्थिक बर्ष २०७१/०७२ मा २३ लाख चालिस हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । २६ करोड, १३ लाख रुपैयाँ खुद निक्षेप र संस्थाले २६ करोड, २१ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको संस्थाका सचिव रामजीप्रसाद सुवेदीले जानकारी दिनुभएको छ । उहाँका अनुसार संस्थामा चार करोड ३३ लाख तरलता रहेको छ ।

dhaulagiri photo 2
सहकारी विगतदेखि नै लगनशील र अध्ययनशील गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति उपलब्ध गराउंदै आएको भन्दै अध्यक्ष बानियाँले यसबर्ष पनि निरन्तरता दिने बानियाँले बताउनुभयो । सहकारीले यसबर्ष ९० करोड ७४ लाख ८२ हजार चारसय सतासी रुपियाँ रेमिटान्स भुक्तानी गरेको जनाएको छ ।
अध्यक्ष बानियाँले सहकारीका संस्थापक अध्यक्ष राम गौचनको स्मृतिमा पाँचलाख रुपियाँ वरावरको अक्षयकोषको स्थापना गरी व्याजबाट प्राप्त आम्दानीले वर्षेनी गलेश्वरमा रहेका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रमको संस्थाका अध्यक्ष बानियाँको अध्यक्षता उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत र सचिव सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा अन्य शेयर सदस्यहरुको सहभागिता रहेको थियो । ठाकुरप्रसाद आचार्य