ताजा समाचार:
Search

बेनी बजारमा झर मायालु गीतको विमोचन (भिडियो सहित)

विकल्प न्यूज/बेनी
फागुन ११ गते । म्याग्दीका चर्चित हाँस्यकलाकार एवम् गायक रवि कार्कीको बेनी बजारमा झर मायालु गीतको म्यूजिक भिडियोको बिमोचन गरिएको छ ।

काउँलेगौडा युवाक्लव बेनपा ९ घतानले  बेनीको रुचि चलचित्रहलमा मंगलबार आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भिडियो क्लिक गरेर विमोचन गुर्नभएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले युवा पुस्ताको आगमन पछि  कलाको क्षेत्रमा म्याग्दीले फड्को मार्न सफल भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रहरी नायब उपरिक्षक बशुन्धरा खड्काले कलाकारहरु भनेको समाजको गहना भएको बताउदै कलाकारिताको माध्यमबाट समाजलाई रुपान्तरण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनवहादुर विश्वकर्मा,लोकदोहोरी प्रतिस्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

क्लबका अध्यक्ष चिन्जीवी सुवेदीको अध्यक्षता,प्रविण खत्रीको स्वागत र युवा खेलाडी तेजेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न भएको विमोचन कार्यक्रममा गायक वसन्त घर्ती,अमित विश्वकर्मा,पदम विश्वकर्मा लगायत अन्य कलाकारहरुले गीत प्रस्तुत गरेका थिए ।