नागीलाई चिनाउने म्युजीक भिडीयो(भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
फागुन ६ गते ।
म्याग्दीको राम्चे गाविसको १ र २ नम्बर वडामा पर्ने नांगी गाउँलाई चिनाउने उद्देश्यले म्युजीक भिडीयो तयार भएको छ ।

स्थानीय हिमाञ्चल मावीका शिक्षक कृष्ण पुर्जा पुनको “मेरो नांगी गाउँ” भन्ने गितको म्युजीक भिडीयो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको जन्मथलो समेत रहेको नांगी गाउँको पर्यटकीय, धार्मीक, संस्कृती, विकास गतिबिधि र रहनसहनलाई समेटीएको छ ।nagi gauपुर्जाको शब्द रचना, रजनी राइको स्वर रहेको गितको म्युजीक भिडीयो जसमाया पुर्जा पुनले निर्माण गर्नुभएको हो । कमल पुनले छायांकन गर्नुभएको गितमा टिका पुर्जा र रमीला चोचाङ्गी पुर्जा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नांगी, मोहरेडाँडा, कर्बाकेली, नागी बाराही लगायतका स्थानमा गित छायांकन गरिएको छ । गित मार्फत गाउँलाई चिनाउने र पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले म्युजीक भिडीयो तयार पारेको पुर्जाले बताउनुभयो । यसअघी स्थानीय शिक्षक किसान पुनले पनि नांगी गाउँको बारेमा गित र म्युजीक भिडीयो बनाउनु भएको थियो ।