राष्ट्रिय समाचार

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित

विकल्प न्यूज\बेनी फागुन ३० गते । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका  अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो […]

भ्रष्टाचारजन्य गतिविधि त्याग्न तिमिल्सिनाको आग्रह

विकल्प न्यूज/बेनी फागुन ३० गते ।  राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका बिरुद्ध हुने भ्रष्टाचार जन्य गतिविधि नगर्न सबै राजनैतिक दलहरु कटिबद्ध हुनु पर्ने बताउनुभएको छ । नेकपा एमाले बेनी नगर कमिटीको दोश्रो अधिवेशनमा बोल्दै तिमिल्सिनाले पञ्चायत कालमा जस्तो दलमाथिको प्रतिबन्ध र अप्ठेरो तबरले राजनीति गर्न पर्ने अवस्था नरहेकोले राजनैतिक दलहरुले भ्रष्टाचार नगर्ने र जनपक्षिय […]

दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस

विकल्प न्यूज/बेनी फागुन २९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि विहिन […]

तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गिरी

पर्वत  फागुन २९ गते । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, […]

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी फागुन २९ गते ।  मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा […]

मंगलामा एमालेकाे नयाँ नेतृत्व चयन

विकल्प न्यूज / बेनी फागुन २८ गते । नेकपा एमालेकाे मंगला गाउँपालिका कमिटीको दाेर्साे अधिबेशनबाट  सर्वसम्मत रूपमा  नयाँ नेतृत्व चयन गरिएको छ । साेमबार सम्पन्न भएको  अधिबेशनले यामबहादुर थापाकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे । कमिटीको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा चक्रलाल पाण्डे,उप सचिव एकजित रोका र सरस्वती उपाध्या सहित ३१ सदस्यीय कमिटी […]

वडा नम्बर ४ लाई जलजला अध्यक्ष कपको उपाधि

विकल्प न्यूज/जलजला फागुन २८ गते ।  पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ । वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ […]

सहकारीको समस्या समाधान गर्न कानून संशोधन आवश्यक ः मन्त्री गिरी

विकल्प न्यूज/पर्वत फागुन २८ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अहिले देखिएको सहकारीको समस्या समाधान गर्न कतिपय कानूनहरु संशोधन आवश्यक रहेको बताउनुभएको छ । सहकारीमा रहेको जनताको निक्षपलाई सुरक्षित गरी सहकारीमा देखिएका समस्याहरु समाधान गर्न कानूनहरुको संशोधन आवश्यक रहेको उहाँको भनाई थियो । देशभर अहिले सहकारी समस्या देखिएको भन्दै सहकारीको समस्या […]

मंगलामा एमालेको दोस्रो अधिबेशन सुरु

विकल्प न्यूज/बेनी फागुन २८ गते । मंगला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो अधिबेशन सुरु भएको छ । सोमबार गाउँपालिका केन्द्र बावियाचौरमा सुरु भएको अधिबेशनको उद्घाटन केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुनले गर्नुभयो । अधिबेशनमा नेता पुनले एमालेको पालामा जिल्लाको विकास निर्माणले तिव्रता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मंगला गाउँपालिकाका वस्तीहरुलाई सडक सञ्जाल […]

जनताले एमालेको काम देखेर भरोसा गरेका हुन् ः पूर्व मन्त्री थापा

विकल्प न्यूज/बेनी फागुन २६ गते । नेकपा एमालेकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री थममाया थापाले जनताले नेकपा एमालेले गर्ने कामको मुल्याङ्कन गरेरै लोकप्रिय मतका आधारमा पहिलो पार्टी बनाएको बताउनुभएको छ । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको दोश्रो अधिवेशनमा बोल्दै पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले उक्त धारणा राख्नु भएको हो । ‘‘ […]

मन्त्रीबाट हटेपछि गृह जिल्ला आएर जुग्जालीले सुनाउनुभयो अनुभव

विकल्प न्यूज\बेनी फागुन २५ गते ।  गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ । ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बेनीमा आयोजना गरेको स्नेह मिलन कार्यक्रममा म्याग्दी क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य […]

महिला दिवस ः कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पीडित

विकल्प न्यूज\बेनी फागुन २५ गते । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ विश्वभर मनाईएको ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा अन्तरक्रिया कार्यक्रम तथा प्यानलिष्ट छलफल सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा गैर सरकारी संस्था महासंघ सहित अन्य १३ वटा […]

महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको चहलपहल

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २५ गते ।     आज महाशिवरात्रीका दिन म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको भीड लागेको छ । भगवान शिवको पूजा आराधना गर्र्ने भक्तजनहरुको निकै चहलपहल देखिएको छ । विहानै देखि भक्तजनको लामो लाइन लागेको हो । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि शिवालयमा […]

एमाले नेतृत्वको सरकारको पालामा आएको थियो विकासको लहर ः नेता थापा

विकल्प न्यूज/बेनी फागुन २४ गते । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा विकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ । नेकपा एमाले मालिका गाउँपालिका कमिटीको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो । ‘‘केपी शर्मा ओली नेतृत्वको […]

रघुगंगाको भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

विकल्प न्यूज/बेनी बेनी (म्याग्दी) म्याग्दीको रघुगङ्गा गाउँपालिका २ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, […]