राष्ट्रिय समाचार

निगमको हङकङमा एकैदिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु, थप ३ उडान हुने

काठमाडौँ, जेठ २० नेपाल वायु सेवा निगमले एकैदिन हङकङमा तीन चाटर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन्। उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन्। निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ। निगमको […]

कर्णालीमा थपिए २९ जना कोरोना संक्रमित

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. […]

बैतडीको क्वारेन्टिनमा एक युवतीको मृत्यु

२० जेठ, कैलाली । बैतडीको पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ । मंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी रहेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन कुँवरले बताए । ‘१८ गते क्वारेन्टाइनमा आएका थिए,’ उनले भने, ‘हिजो राति करिब २ बजे एक्कासी मृत्यु भएको हो ।’ […]

बैतडी : संक्रमितको सम्पर्कमा रहेका ३१ जनाको स्वाब संकलन

बैतडी ।जेठ २०, २०७७ सोमबार कोरोनाभाइसको संक्रमण पुष्टि भएका बैतडीका युवकको सम्पर्कमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेर धनगढी पठाइएको छ । नगरपालिकाको वडा नं ८ का ३४ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीसहित ३१ जनाको पीसीआर गर्न स्वाब संकलन गरेर धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाएको नगरपालिकाका स्वास्थ्य […]

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नजिक

२० जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ३० हजार नजिक पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ब्राजिलमा २९ हजार ९२७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । सोमबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा कोरोना भाइरसबाट ६२३ जनाको मृत्यु भएको हो । त्यस्तै […]

जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता, नतिरेमा ब्याज र जरिवाना

२० जेठ, काठमाडौं । सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गर्न थालेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका […]

पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज / विकल्प जेठ २० गते । पर्वतमा पाचजनामा काेराेना संक्रमित भेटिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा पहिलाेपटक ५ जनामा काेरााेनाा संक्रमण देखिएकाे हाेे । स्याङ्जाकाे चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० का ४ जना पुरुषमा काेराेना भेटिएकाे छ । उनिहरू सबै हालै मात्र भारत […]

थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८११ पुग्यो

१९ जेठ, काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा […]

थप २२६ जनामा काेराेना संक्रमण पुष्टि

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

कपिलवस्तुमा ४७ जना कोरोना संक्रमित थपिए

१९ जेठ, बुटवल । कपिलवस्तुमा थप ४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ३ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । ४७ जनामध्ये ४० जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ७ जनाको रिपोर्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट सोमबार आएको हो । काठमाडौंमा ३ सय २६ […]

प्रदेश २ मा ८२ जना कोरोना संक्रमित थपिए

१९ जेठ, वीरगञ्ज । प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलिखेल अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास […]

पोखराको कोभिड अस्पतालमा एक जनाको मृत्यु

१९ जेठ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ । पोखरास्थित उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की छन् । २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो देखिएको थियो । यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण […]

विश्वमा कोरोना सङ्क्रमितको संख्या ६० लाख नाघ्यो

काठमाण्डौ – विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजा ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ लाखभन्दा धेरै निको भएका छन् भने ३ लाख ६६ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा १७ लाख ९३ हजार ५ […]

नेपालमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ सय ४२ पुग्यो

काठमाडौं- नेपालमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि  भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ। कर्णाली प्रदेशमा संक्रमित थपिएसँगै देशभर १६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ

कर्णालीका हिमाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी

१९ जेठ, सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १५ गतेदेखि यार्सा (जीवनबुटी) संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे हाे । भारतबाट […]