Breaking News

कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल गरेका छौं ः मुख्यमन्त्री पाण्डे

ठाकुरप्रसाद आचार्य फागुन १३ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका हुँदै प्रशिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको बताउनुभएको छ । कालिगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदर कुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकहरुलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल […]

गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीलाई सफलता

विकल्प न्यूज/बेनी फागुन १३ गते । गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीले पहिलोपटक सफलता हासिल गरेको छ । शनिबार नवलपुरमा सम्पन्न गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासिल ग¥यो । उक्त प्रतियोगितामा म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० कास्य पदक जित्न सफल भयो । खेलकुदको इतिहासमा म्याग्दीले प्राप्त गरेको यो […]

दादुरा–रुबेलाविरुद्धको खोप आजदेखि

काठमाडौँ, फागुन १३ गते ।   देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिनुभयो […]

जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

विकल्प न्युज/बेनी फागुन १२ गते । पर्वतको जलजला गाउँपालिकामा शनिवा देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र जलजला गाउँपालिका लामाखेत पर्वतको संयुक्त आयोजनामा सुरु भएको तालिमको जिल्ला समन्वय […]

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा म्याग्दी तृतीय हुन सफल

विकल्प न्यूज/बेनी फागुन १२ गते ।  गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासिल गरेको छ । शनिबार नवलपुरमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण,११ रजत र १० कास्य पदक जित्दै म्याग्दीले तृतीय स्थान हासिल गरेको हो । प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिएर म्याग्दी पहिलोपटक तृतीय स्थान हासिल […]

सुशिल गर्बुजा हत्या मुद्दाका आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

विकल्प न्यूज\बेनी फागुन १० गते । गत माग ११ गते साँझ बेनी माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरि रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको हत्याका आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन म्याग्दी जिल्ला अदालतले आज आदेश दिएको छ । जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीका अनुसार […]

राष्ट्रपति पौडेलद्धारा पञ्चकोटमा मुक्तिनाथ महाघण्टको उद्घाटन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य बागलुङ,फागुन १० गते । राष्ट्रपति रामचन्द्र पौडेल बिहिबार विहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट राखिएको मुक्तिनाथ महाघण्टको उद्घाटन गर्नुभएको छ । बुधबार देखि पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेलले पाँचहजार पाँचसय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञमण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना गर्नुभयो । राष्ट्रपति पौडेललाई […]

राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ जोडियो

म्याग्दी, ९ फागुन ः  नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ । जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड हो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी लगायत जनप्रतिनिधी, आयोजना, […]

नवनिर्मित भीम माविको भवन उद्घाटन

विकल्प न्यूज\बेनी फागुन ९ गते । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दशकोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन(एम.बि.ई) […]

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ सुरु (फोटोसहित)

ठाकुरप्रसाद आचार्य फागुन ९ गते । बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । बुधबार देखि सुरु भएको महायज्ञ एकसय ८ जना नौ वर्ष मुनीका कन्याहरु मर्फत सामुहिक रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गरियो । महायज्ञको उदघाटन पूर्व भजनकिर्तन,बाजागाजा सहित कलश यात्राले पञ्चकोट परिक्रमा गरिएको थियो । बागलुङ नगरपालिका ६ […]

बागलुङको पञ्चकोटमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा (भिडियो)

विकल्प न्यूज\बेनी फागुन ७ गते । बागलुङको सर्वशिद्धिधाम पञ्चकोटमा यही फागुन ९ देखि २३ गते सम्म सञ्चालन हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । भिडियो हेर्नुहोस्  

रघुगंगाको मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो । रघुगंगा गाउँपालिका […]

बागलुङमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञः तयारी अन्तिम चरणमा

विकल्प न्यूज/बेनी फागुन ६ गते ।  सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक […]

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

विकल्प न्यूज/बेनी फागुन ६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ समाज युकेले प्रतियोगितामा छात्रा […]

भेडीगोठ धान्ने हिमबहादुर….

म्याग्दी, फागुन ६ गते ।  दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ […]