Breaking News

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनि जेठ १ गते । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशकाे नवलपुर जिल्लामा एकजनामा काेराेना पुष्टि भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २ सय ४६ पुगेको छ । भरतपुरस्थित कोभिड १९ अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणका क्रममा  नवलपुरकाे देवचुली नगरपालिका १२ का ४९ […]

एकैदिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख ३० गते ।  आज फेरि थप ५७ जनामा कोरोना पुष्टि भएको छ।  राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा […]

थप ५७ जनामा कोरोना संक्रमणको पुष्टी

विकल्प न्यूज/बेनी बैशाख ३० गते । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

पर्वतमा नेपालकै अग्लो लठ्ठे पिङ्ग संचालन

विकल्प न्युज/ पर्वत बैशाख ३० गते ।  सहासिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा फेरी अर्को सहासिक खेल सञ्चालनमा आएको छ पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको बिश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठे पिङ्ग सञ्चालनमा आएको हो । दशैं तिहारमा बाँस गाडेर बनाईने पिङ्ग लठ्ठे पिङ्ग जस्तै जमिनबाट १२ मिटर उचाईका फलामे पोलमा पिङ्ग […]

तस्विर र भिडियोमा हेर्नुहोस् पर्वत र बाग्लुङ जोड्ने लामो पुल

विकल्प न्यूज/बेनी बैशाख २७ गते ।   बागलुङ बजारलाई पर्वतको पाङ सँग जोडने गरी निर्माण गरिएको एसियाकै अग्लो झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । लकडाउनका समयमा यो पुल निर्माण सम्पन्न भएको हो । लकडाउन खुलेपछि औपचारिक रुपमा उदघाटन गर्ने तयारी छ । पुलले कुश्मा नगरपालिका–१, पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१, रामरेखालाई जोडेको छ । पुलको […]

दुई कराेडकाे पुल छ महिना पनि टिकेन

सेते तिलिजा / शिख बैशाख २८ गते । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा स्वतन्त्र गौचन  जेभि मार्फत छ महिना अघि पुल निर्माण गरिएको थियाे । ३० मिटर लम्बाइको सो पुलको बीच […]

आहा कति सुन्दर ताल । मल्लाज पुर्ण गाउँ स्थित बराह तालको दृश्य (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिका २ स्थित पूर्ण गाउँमा रहेको बराह ताल । पर्यटकीय स्थलको राम्रो संभावना रहेको तालको प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । भिडियो ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । 

डेङ्गुको उच्च जोखिममा म्याग्दी – संक्रमितको संख्या ९ पुग्यो

विकल्प न्यूज/बेनी बैशाख २६ गते । डेङ्गुको उच्च जोखिममा म्याग्दी देखिएको छ । पछिल्लो समय डेङ्गुको विरामी बढ्न थाले सँगै यसको जोखिम बढेको हो । शुक्रबार मात्रै २ जनामा डेङ्गु संक्रमण देखिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । वैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ। बेनी नगरपालिका ५ भीरमुनि […]

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

२४ वैशाख, काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । onlinekhabar

लकडाउन जेठ ५ सम्म

२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । तर […]

लकडाउन फेरि लम्ब्याउने तयारी, निर्णय भोलि मन्त्रिपरिषद्ले गर्ने

२३ वैशाख, काठमाडौं । सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । यद्यपि यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्र छुट्याउने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश […]

बेनीको कोरोना कोषमा जनप्रतिनिधि र कर्मचारीको ४ लाख भन्दा बढी सहयोग

विकल्प न्यूज/बेनी बैशाख २३ गते । बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरेका छन् । नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा मेयर,उपमेयर वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुबाट २ लाख ५८ हजार सातसय १० र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सहित नगरपालिकामा कार्यरत कर्मचारीको एक लाख […]

कोरोना संक्रमितको संख्या ८२ पुग्यो, नेपालगन्जमै ७ नयाँ थपिए

विकल्प न्युज/ बेनी  बैशाख २३ गते ।  कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार […]

म्याग्दीमा एकैदिन ३ जनामा डेङ्गी देखियो

विकल्प न्यूज/बेनी बैशाख २२ गते । म्याग्दीमा एकैदिन तीन जनामा डेङ्गी देखिएको छ । बेनी अस्पतालमा उपचारका लागि पुगेका एक महिला र दुई पुरुषमा डेङ्गी देखिएको हो । एक्कासी टाउको दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि आएका बेनी नगरपालिका ५, ६ र ९ का एकरएक जनामा डेङ्गी देखिएको अस्पतालका क्लिनिकल […]