Breaking News

कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु

१४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, […]

१२९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ सय नाघ्यो

१४ जेठ, काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको […]

देशभर हालसम्मकै धेरै ११४ जना कोरोना संक्रमित थपिए

जेठ १४, २०७७ काठमाडौं :  बुधबार एकै दिन देशभरका विभिन्‍न स्थानमा ११४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मात्रै देशका विभिन्‍न स्थानमा ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन्। मन्त्रालयमा कोभिड-१९ बारे भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले यो जानकारी दिएका हुन्। मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका […]

भारतबाट आएका बागलुङको बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण पुष्टी

बुधबार, जेष्ठ १४, २०७७ बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला स्रोतले जनाएको । यद्धपि प्रतिष्ठानका प्रबक्ताले भने पुष्टि गरेका छैनन् । […]

पाकिस्तानी जासूस भएको आशंकामा काश्मिरमा परेवा पक्राउ

विकल्प न्युज/ बेनी जेठ १४ गतेे । काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने आरोप लागेको थियो । यो परेवाको खुट्टामा रातो रंग पोतिएको छ र नम्बर अंकित एउटा रिङ पनि लगााइएको छ । […]

थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

काठमाडौं- जेठ १३ गते ।  सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै […]

लायन्सकाे साथ पाएपछि सडक मानवकाे मुहारमा खुसि ( फोटो / भिडियो)

विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी बजारमा बेवारिसे अवस्थामा रहेका पाँचजनालाई लायन्स क्लब अफ बेनी पिस सिटीको सहयोगले खाने र वस्ने व्यवस्था मिलाइएको छ । क्लबका पदाधिकारीहरु मंगलबार विहान उनीहरु बसेको स्थान खुल्ला मञ्च पुगेर उनीहरुलाई नुहाइदिनुका साथै सरसफाई गरेर नयाँ कपडा लगाइदिएका छन् । उनीहरु बस्ने स्थानमा नयाँ बेड विस्तारको व्यवस्था मिलाइएको छ […]

स्याङ्जामा २ जना कोरोना संक्रमण पुष्टि

१३ जेठ, पोखरा । स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए । दुुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुब गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरुलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने । […]

विवाह गर्दा जात मिल्नु पर्ने हो कि मन मिल्नु पर्ने ?

शान्ति बस्नेत \ बिकल्प न्यूज  जेठ १३  मानिसहरु समाजमा बसोवास गर्ने सामाजिक र सर्वश्रेष्ठ प्राणी हुन भनेर वर्षौ देखि हामी भनी रहेका छौं ।तर आजका दिनमा आए र यो सबै हामी लामो समयदेखि भ्रममा बाची रहेका रहेछौं जस्तो भान हुन थालेको छ । नेपाल बहु-जाति भाषा,धर्म,संस्कृतिको धनी देश भनी रहदा पनि लाज हुने दिन आएको […]

लायन्सको साथले जसको मुहारमा खुसी छायो अनि फेरी सारङ्गीको धुन (भिडियो)

विकल्प न्यूज -बेनी जेठ १३ गते । बजारका चोकचोकमा सारङ्गी बजाउँदै ज्यान पाल्दै आउनुभएका एक वृद्धा गन्र्धवले लायन्स क्लब अफ बेनी पिस सिटीको साथ र सहयोग पाएपछि मुहारमा खुसी छायो अनि सारङ्गीको धुन फेरीयो । बेनीका सडकहरुमा वेवारिसे अवस्थामा हिडडुल गर्ने व्यक्तिहरुलाई लायन्स क्लबले मंगलबार उनीहरु सरसफाई गरी नयाँ कपडा फेर्नुका साथै खानपान र बसोबासको […]

बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

१३ जेठ, बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा  कोरोना पुष्टि भएको हो । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको […]

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनकाे पुर्णपाठ

१२ जेठ २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन […]

बेनीका बेवारिसेलाई लायन्स क्लवकाे निःशुल्क खाना

विकल्प न्युज/ बेनि जेठ १२ गते । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकालाई सामाजिक तथा परोपकारी संस्था लायन्स क्लव अफ पिस सिटीले निःशुल्क खाना खुवाउने भएको छ । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चस्थित टहरामा राखिएको अवस्थामा केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको क्लवका संस्थापक अध्यक्ष राजेश […]

वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

१२ जेठ, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन । […]

थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

१२ जेठ, काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् […]