Breaking News

लायन्सको साथले जसको मुहारमा खुसी छायो अनि फेरी सारङ्गीको धुन (भिडियो)

विकल्प न्यूज -बेनी जेठ १३ गते । बजारका चोकचोकमा सारङ्गी बजाउँदै ज्यान पाल्दै आउनुभएका एक वृद्धा गन्र्धवले लायन्स क्लब अफ बेनी पिस सिटीको साथ र सहयोग पाएपछि मुहारमा खुसी छायो अनि सारङ्गीको धुन फेरीयो । बेनीका सडकहरुमा वेवारिसे अवस्थामा हिडडुल गर्ने व्यक्तिहरुलाई लायन्स क्लबले मंगलबार उनीहरु सरसफाई गरी नयाँ कपडा फेर्नुका साथै खानपान र बसोबासको […]

बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

१३ जेठ, बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा  कोरोना पुष्टि भएको हो । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको […]

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनकाे पुर्णपाठ

१२ जेठ २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन […]

बेनीका बेवारिसेलाई लायन्स क्लवकाे निःशुल्क खाना

विकल्प न्युज/ बेनि जेठ १२ गते । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकालाई सामाजिक तथा परोपकारी संस्था लायन्स क्लव अफ पिस सिटीले निःशुल्क खाना खुवाउने भएको छ । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चस्थित टहरामा राखिएको अवस्थामा केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको क्लवका संस्थापक अध्यक्ष राजेश […]

वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

१२ जेठ, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन । […]

थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

१२ जेठ, काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् […]

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०० नाघ्यो

११ जेठ, काठमाडौं । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा […]

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे

काठमाडौं-  शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । डा देवकोटका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरुको […]

हेर्दा नै आनन्द लाग्ने कुश्माको बन्जीजम्प (तस्विर/भिडियो सहित)

विकल्प न्यूज/पर्वत जेठ १० गते ।         विश्वको दोस्रो र दक्षिण एसियाकै सबैभन्दा अग्लो दाबी गरिएको पर्वतको कुश्मा स्थित कालिगण्डकी नदी माथि बनाइएको बन्जी जम्प निकै आकर्षक छ । बन्जीजम्पको दुइ महिना अघि निर्माण सम्पन्न गरिएको हो । कुश्माको चाक्लेडिल देखि बागलुङको बलेवाको डिल सम्म कालिगण्डकी नदी माथि पाँचसय ३५ मिटर लामो पुल निर्माण गरी […]

भारतबाट फर्किएकालाई राख्न म्याग्दी क्याम्पसमा तयार भयो ५१ बेडको क्वारेन्टाइन (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ९ गते ।  म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमानामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना,शसस्त्र,नेपाल प्रहरी, र स्वयमसेवक युवाहरु खटिएका हुन । जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन […]

कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

९ जेठ, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै […]

थप१७ जनामा संक्रमण पुष्टि, कुल ४४४ पुग्यो

काठमाडौं, जेठ ८ गते । पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ४४४ पुगेको छ । थप संक्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् । थप संक्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, […]

थप २५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४२७ पुग्यो

काठमाडौँ, जेठ ७ गते ।  कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे । बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो । अहिलेसम्म ३८ […]

पोखरामा ४ जनाको आरडिटी पोजेटिभ

विकल्प न्यूज/बेनी जेठ ७ गते ।  पोखरा महानगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षणमा चार जनामा  एन्डिबडी देखिएको छ । महानगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी  सहित बिभिन्न क्षेत्रबाट पोखरा भित्रिएका ५६ जना व्यक्तिहरुको  मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले  जानकारी दिए । नमुना संकलनको लागि उनीहरुमा आरडिटी […]

कोरोनाका कारण थला परेको व्यवसायलाई कसरी उठाउने ?

सुविन श्रेष्ठ/बेनी जेठ ५ गते । कोरोना भाइरस(कोभिड (१९) ले गर्दा विश्व समुदाय,बजार र अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रीरहेको छ। अझ यसले कति समयसम्म प्रभाव पारिरहने हो, यसै भन्न सकिने अवस्था देखिदैन। कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्य संकटसंगै अब आर्थिक र खाद्य संकटको अवस्था देखिदै छ । मानव सभ्यताको यो कठीन घडीसँग जुध्न अब हामी सबैमा साहस,धैर्यता […]