Breaking News

१०६ जनाको रिपोर्ट नेगेटिभ ः म्याग्दीको समुदायमा कोराना छैन

विकल्प न्यूज/बेनी साउन २६ गते । म्याग्दीको समुदायमा कोरोना संक्रमण नभएको पाइएको छ । समुदायमा कोरोनाको पहिचान गर्न विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुबाट लिइएको नमुना स्वाव परिक्षण गर्दा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । विभिन्न पेशा व्यवसायमा आवद्ध र सरकारी कार्यालयमा कार्यरतहरुको साउन २३ गते नमुना परिक्षणका लागि एकसय ३ जना र क्वारेन्टाइनमा वसेका ३ […]

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

२६ साउन, वीरगञ्ज ।  वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार राति नारायणी […]

मुख्यमन्त्री गुरुङद्धारा बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २५ गते ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारले स्थापना गरेको डायलाइसिस सेवाको आइतबार मुख्यमन्त्री गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । सेवाको उद्घाटन गर्नुहुँदै मूख्यमन्त्री गुरुङले प्रदेशका सवै जिल्ला अस्पतालहरुको क्षमता विस्तार गरी स्मार्ट अस्पतालका रुपमा विकास गर्ने प्रदेश सरकारको […]

बेनीमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालियो (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २५ गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालिएको छ । अव्यवस्थित सवारीपार्कीङका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै बजारको सुन्दरतामा पनि हस आएको थियो ।   आइतबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी ,प्रहरी नायब उपरिक्षक किरण जंग कुँबर, लगायतका सरोकारवालाले व्यवस्थित पार्कीङ प्रणालीको सुरुवात गरेका हुन । […]

बेनीबजार संरक्षण तटबन्धन कालीगण्डकीले भत्कायो (फोटो)

विकल्प न्यूज/बेनी साउन २४ गते । कालिगण्डकी नदीले सदरमुकाम बेनी बजार संरक्षणका लागि नदी किनारमा लगाइएको तटबन्धन भत्काउन सुरु गरेको छ । जेसिज सचिवालय भन्दा भाथि करिब १० मिटर तटबन्धन नदीले भत्काएको हो । तटबन्धन खसाले सँगै नदीले किनार कटान गर्न थालेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य

उपत्यकामा ६२ सहित देशभर ३७८ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/काठमाण्डौं साउन २४ गते । बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस […]

म्याग्दी फेरी कोरोनायुक्त जिल्ला ः थपीए एकजना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी साउन २४ गते । शुक्रबार साँझ देखि शनिबार विहान सम्म कोरोनामुक्त जिल्ला भनेर भनिएको म्याग्दीमा फेरी शनिबार १० बजे  देखि कोरोनायुक्त जिल्ला भएको छ ।   गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप एकजनामा कोरोना पुष्टी भएको हो । प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले शनिबार विहान १० बजे निकालेको विज्ञप्ती मा एकजनामा कोरोना […]

म्याग्दीमा कोरोना संक्रमितको शंख्या शून्यमा झ¥यो – आइसोलेसन खाली

विकल्प न्यूज/बेनी साउन २३ गते ।  बेनीको आइसोलसन कक्षमा रहेका कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटीभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा आइसोलेसन कक्षा खाली भएको छ ।  हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर फर्किसकेकाले हाललाई कोरोनामुक्त जिल्ला मानिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले हाल […]

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

२३ साउन, काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ जनाको मृत्यु भएको हो । पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना […]

प्रहरी विश्लेषण ः अव्यवस्थित सडक विपद्को कारण

विकल्प न्यूज/बेनी साउन २३ गते । बेनी दरवाङ सडकका कारण खसेको पहिरोले जोखिममा परेको डम्बरा स्थित एक घर । जिल्ला भित्र निर्माण गरिएका ग्रामिण सडकहरु विपद् निम्त्याउने कारण बनेका छन् । सडक निर्माण गर्दा न्यूनतम मापदण्ड पनि पालना नगरिएका कारण विपद्को जोखिम बढेको हो । स्थानीय तह देखि सडक निर्माण गर्ने सरकारी कार्यालयहरुले जथाभावी रुपमा […]

कोरोना संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु

काठमाडौं । साउन २१ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ […]

मदन पुरस्कारका लागि महारानी सहित ७ कृति छनोट

२१ साउन, काठमाडौं । मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि  म्याग्दीका  लेखक चन्द्र प्रकाशद्वारा लिखित महारानी  सहित ७ पुस्तक छनोट गरेको छ । बुधबार गुठीका अध्यक्ष कुन्द दीक्षितले २०७६ सालमा प्राप्त १५१ मध्येबाट ७ पुस्तक छनोट गरेको जानकारी दिएका छन् । जसमा विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको […]

गाई काटेको आरोपमा बेनीमा ४ जना पक्राउ

विकल्प न्यूज/बेनी साउन २० गते । गाई काटेर बजारमा मासु विक्री गरेको आरोपमा बेनीबाट सोमबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बजारमा छाडा रुपमा छाडिएका गाई गोरुलाई उनीहरुले काटेर मासु विक्री गर्ने गरेको खुलेको हो । मालिका गाउँपालिका ५ घर भई हाल कालिपुल वस्ने वर्ष ३५ का हिरा रसाइली,बेनी नगरपालिका ६ अर्थुङ्गेका वर्ष ४८ का […]

बेनी प्रवेश गर्ने नाकामा विद्युुतीय व्यारियर (भिडियो सहित )

विकल्प न्युज/ बेनी साउन १८ गते । म्याग्दी प्रवेश गर्ने कालिपुल स्थित नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन विद्दुतिय वुम व्यारियर राखिएको छ । विद्दुतिय व्यारियर गण्डकी प्रदेशमै याे पहलाे हाे । नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन म्याग्दि घर भई हाल अमेरिका बसाेवास गर्नुहुने सञ्जिव बानियाले सघाउनु भएकाे हाे । बेनि नगरपालिका ९ घतान नेप्टेचौर निवासि   हाल अमेरिकामा […]

बेनी अस्पतालले सुरु ग¥यो पहिलोपटक डायलासिस सेवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु गरेको छ । ४ वटा मेशिनबाट आइतवार देखि डायलासिस सेवा सुरु गरेको हो ।     गण्डकी प्रदेशको सामाजिक विकास मान्त्रालय र बेनी अस्पतालको सहकार्यमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । आइतबार दुइजना विरामीको डायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ […]