Breaking News

पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी बैशाख १४ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७,बिरेन्द्रचोक स्थित आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गर्नुभयो । गण्डकी प्रदेशमा साधारणसभा गर्ने म्याग्दी पहिलो भएको छ । साधारणसभामा महासंघको केन्द्रिय प्रतिनिधि पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम,महासंघ […]

बेनी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

विकल्प न्यूज/बेनी बैशाख १४ गते ।   म्याग्दीको बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । बेनी नगरपालिका घोषणा भएसँगै जिल्लाका चार वटा स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा भएका छन् । छ वटा स्थानीयतह रहेको म्याग्दीका धवलागिरी […]

त्रिपालको ओतमुनि दर्मिजा तातोपानी कुण्ड ः बिरामीलाई सास्ती

वैशाख १२ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरू तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् । अघिपछि कुनै समस्या नहुने […]

ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी, वैशाख १२ गते ।   तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका-९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो । पछिल्लो छ वर्षको अवधिमा ढोलठानामा ५० लाख बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका-९ घतानका वडाध्यक्ष चक्र केसीले बताउनुभयो । “बेनी […]

म्याग्दीमा डढेलोले सात सय हेक्टर वन सखाप

म्याग्दी, वैशाख  १२ गते । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ । डढेलोले […]

मल्लाज दह जिसी दम्पती हत्या ः ४० प्रहरी निरन्तर अनुसन्धानमा

विकल्प न्यूज/बेनी बैशाख १० गते ।  म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा २२ दिन अघि भएको एक दम्पतीको हत्यामा प्रहरीले अहिले सम्म शंकास्पद व्यक्ति पहिचान गर्न सकेको छैन । अनुसन्धानको विशिष्टीकृत इकाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत खटिँदा पनि अहिलेसम्म प्रहरीले संदिग्धलाई पहिचान र पक्राउ गर्न सकेको छैन । […]

‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’

विकल्प न्यूज/बेनी बैशाख ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्याग्दीको बेनीमा माउण्टेन बाइकको एड्भेन्चर प्रालि स्थापना हुनु […]

बाबियाचौरमा धार्मिक महोत्सव सुरु

विकल्प न्यूज/बेनी बैशाख ९ गते । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवार मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद […]

रुमको दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक

गलेश्वर (म्याग्दी), वैशाख ४ गते ।  म्याग्दीको दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् । मालिका गाउँपालिका-२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पदमार्ग, सत्तल, मन्दिरलगायत पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन् । नीलो आकाशमुनि हरियो पहाडमा रातै फुलेका लालीगुराँस । क्षितिजपारी दन्तेहलर जस्ता चाँदी झै टल्कने सेता हिमाल । तरेली परेको भिरालो […]

रहस्मय बन्दै दम्पती हत्या घटना ः दुईहप्तामा पनि पत्ता लागेन हत्यारा

विकल्प न्यूज/बेनी बैशाख ४ गते । म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाज दहमा एक दम्पतीको हत्या भएको दुई हप्ता वितिसककेको छ । तर प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन् । गत चैत १९ गते सोमबार राती ६९ वर्षीय सूर्यबहादुर क्षेत्री र उहाँको ६७ वर्षीय श्रमती गमला क्षेत्रीको हत्या भएको अवस्थामा घरमै […]

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी बैशाख २ गते । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइन् । दुई वर्ष भित्र […]

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

म्याग्दी, चैत ३० गते । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको […]

वडा तहमा एमालेको अधिवेशन जारी

विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन सुरु गरेको छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमालेले वडा तहको अधिवेशन गर्न थालेको हो । अन्नपुर्ण गाउँपालिका–२ भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देव गर्बुजा, सचिव […]

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

विकल्प न्यूज/पोखरा चैत २५ गते । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए […]

बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २७ घाइते

म्याग्दी, चैत २३ गते ।  म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनी बजारदेखि एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले भरत श्रेष्ठले बताउनुभयो । गाडी एक्कासी […]