बेनी नगरपालिका

मुक्तिनाथ सहकारीको स्थापना दिवसमा ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

विकल्प न्यूज/बेनी मंसिर २९ गते । बेनी बजारमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १२ औं स्थापना तथा दशौं हिरा स्मृति दिवसका अवसरमा ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमलाई सहकारीले आइतवार १६ हजार रुपैयाँ बराबरको चामल,दाल लगायत खाद्यान्न सहयोग गरेको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो ।संस्थाका उपाध्यक्ष डण्डपानी […]

नेबिसंघ म्याग्दीको अध्यक्षमा खत्री चयन

विकल्प न्यूज/बेनी मंसिर २६ गते ।   नेपाली कांग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन हुनुभएको छ । विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम […]

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुन ः केसी चयन

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।  म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर केसी चयन हुनुभएको छ । मंगलबार गलेश्वरमा सम्पन्न कोषको छैटौ अधिवेशन तथा चौधौ कार्यकारी सभाले केसीलाई चौथो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा भिमनाथ पराजुली,सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्ष […]

गर्भवतीलाई अण्डा उपहार

ध्ुा्रबसागर शर्मा/विकल्प न्यूज मंसिर १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयं सेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ । ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुलाइ पोषण कार्यक्रम अन्तरगत अन्डा बितरण गरिएको बेनी […]

म्याग्दीका स्थानीय तहमा पहिलो चौमासिकमा बजेट खर्च निराशजनक

विकल्प न्यूज/बेनी मंसिर १८ गते । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जिल्लाका स्थानीय तहको बजेट खर्च निराशाजनक देखिएको छ । एक नगरपालिका र पाँच स्थानीय तहले पहिलो चौमासिकमा अपेक्षा गरेअनुसार बजेट खर्च गर्न सकेका छैनन् । पहिलो चौमासिकमा कर्मचारी तलब र सामाजिक सुरक्षाको बजेट मात्र खर्च भएको छ । पुँजीगत तर्फको बजेट खर्च अत्यन्त न्यून […]

गलेश्वरमा आयोजित पुरुष भलिबलको उपाधि गलेश्वरले जित्यो

विकल्प न्यूज/बेनी मंसिर १७ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलको उपाधि आयोजक क्लब गलेश्वर ए समुहले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा हरिचौर बागलुङको समुहलाई सोझो ३ सेटले पराजित गर्दै आयोजक समुह गलेश्वर प्रथम भएको हो । प्रथम र द्धितिय हुने समुहलाई गलेश्वर शिवालय क्षेत्र […]

गलेश्वरमा आयोजित महिला भलिबलको उपाधि पोखराले जित्यो

विकल्प न्यूज/बेनी मंसिर १७ गते ।   बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको उपाधि   अर्चलबाेट भलिबल ट्रेनिङ सेन्टर  पाेखराले जितेको छ । गलेश्वर शिवालय युवा क्लबद्धारा बालचतुर्दशीका अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पाmइनल खेलमा बेनीको माउन्ट एभरेष्ट आवशिय माविलाई सोझो ३ सेटले पराजित गर्दै भलिबल टे«निङ सेन्टर अर्चलबोट पोखरा […]

जेसिज कपको उपाधी न्यू वेष्ट प्वाइन्टले जित्यो (भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर १४ गते ।    म्याग्दी जेसिजद्धारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधि बेनीको न्यू वेष्ट प्वाइन्ट आवशिय माविले हात पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा शनिबार सम्पन्न बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट विच भएको फाइनल खेलमा बुद्धलाई १ विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी […]

बुद्ध एकेडेमी जेसिज कपको फाइनलमा प्रवेश

विकल्प न्यूज/ बेनी मंसिर १३ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बगरफाँट  फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउसो बेनी सामुदायिक विद्यालयलाई १ का विरुद्ध दुई गोल गर्दै फाइनलमा प्रवेश गरेको हो । जेसिज कपको १८ औं संस्करणको शनिबार हुने फाइनलमा न्यू वेष्ट प्वाइन्ट सँग बुद्ध भिड्ने […]

माउण्टलाई पराजित गर्दै बुद्ध एकेडेमी क्वाटर फाइनलमा प्रवेश (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ११ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधवार भएको खेलमा बेनीको माउन्ट एभरेष्ट आवाशिय माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट क्वाटर फाइनल मा प्रवेश गरेको छ । चार पटक सम्म जेसिज कप विजेता माउन्ट र बुद्ध ऐकेडेमी विच भएको खेल निकै प्रतिस्पर्धा र रोचक […]

बेनीमा जेसिज कप फुटबलको १८ औं संस्करण सुरु

विकल्प न्यूज/बेनी मंसिर १० गते ।  बेनीमा जेसिज कप फुटबल प्रतियोगिताको १८ औं संस्करण सुरु भएको छ । म्याग्दी जेसिजले आयोजना गर्ने अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका छन् । विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना […]

पक्राउ परेका १२ जुवाडेको प्रहरीद्धारा नाम सार्वजनिक

विकल्प न्यूज/बेनी मंसिर ९ गते । आईतवार जुवाको खालबाट पक्राउ परेका जुवाडेहरुको प्रहरीले नामवली सार्वजनिक गरेको छ । आइतवार नाम सार्वजनिक नगरेको प्रहरीले सोमबार विहान नाम सार्वजनिक गरेको हो । बेनीका दुई स्थानबाट जुवा खेल्दै गरेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै […]

बेनी बजारबाट १२ जना जुवाडे पक्राउ

विकल्प / बेनी मंसिर ८ गते । म्याग्दीको सदरमुकाम बेनीबजारबाट आइतबार १२ जना जुवाडेहरु पक्राउ परेका छन् । बेनीको पिपलचोक र मंगलाघाट स्थित घरमा तास खेलिरहेका १२ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो पक्राउ परेकाहरु अहिले प्रहरी हिरासतमा राखिएको छ । तास खेल्न जम्मा भइरहेको अवस्थामा उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरी अनुशन्धानका […]

सहयोग जुटाएर जेसिज कपलाई निरन्तरता

विकल्प न्यूज/बनी मंसिर ८ गते । म्याग्दी जेसिजले आयोजना गर्ने १८ औं जेसिज कप फुटबल प्रतियोगिताको रौनक सुरु भएको छ । प्रतियोगिताको उपाधि हात पार्न बेनीमा रहेका निजी तथा सामुदायिक विद्यालयले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । जेसिज कपको उपाधिलाई बेनीका विद्यालयहरुले आफ्नो प्रतिष्ठाको रुपमा लिन्छन् । खेल निकै रोचक र प्रतिस्पर्धा हुने गर्दछ । […]

विद्यालयहरुमा जेसीजको मूल ट्रफी यात्रा

विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा विद्यालयहरुमा रनिङ्ग ट्रफीको प्रदर्शन गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो । गत कार्तिक २९ गते पश्चिमी क्षेत्र दरबाङ, […]