ताजा समाचार:
Search

बेनी नगरपालिका

बेनीमा ‘प्रथम म्याग्दी युवा कप’ प्रतियोगिताको तयारी

विकल्प न्यूज/बेनी बैशाख २३ गते । म्याग्दीमा सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी युवा कप’ भलिबल हुने भएको छ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १४ गतेदेखि हुने प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० […]

जलजलाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न माग

विकल्प न्यूज/बेनी बैशाख २३ गते ।  पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न स्थानीयहरुले माग गरेका छन् । पछिल्लो समय आपराधिक घटनाहरुमा वृद्धि हुँदै गएको र माझफाँटवासीहरुले असुरक्षित महशुस गरेकाले सुरक्षाको वातावरण मिलाउन प्रहरी चौकी राख्नुपर्ने माग गरेका हुन । जलजला २ का वडाध्यक्ष प्रकाशबहादुर क्षेत्रीले सुरक्षा ब्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीलाई भेटेर अस्थायी […]

कृषकलाई सिचाई र बजारको चिन्ता

विकल्प न्युज / बेनी बेनी, २१ वैशाख । म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् । व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती मूल्यमा उपज बिक्री गर्नुपर्दा मर्कामा परेको गुनासो गरेका हुन् । मुख्यमन्त्री तथा […]

म्याग्दीमा ट्राफिक सप्ताह मनाउने तयारी

विकल्प न्यूज/बेनी बैशाख १९ गते । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाइने भएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि सप्ताह मनाउने तयारी […]

मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग

विकल्प न्यूज/बेनी बैशाख १९ गते ।   बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु २५ हजार […]

मापसे चेकिङमा म्याग्दीमा दुईसय सवारी चालक कारबाहीमा

ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख १९ गते । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले पछिल्लो तिनमहिना यता मापसे चेकिङलाई प्रभावकारी रुपमा संचालन गरेको छ । अभियानका क्रममा तीन महिनाको अवधिमा दुईसय भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् । मादक प्रदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक कार्यालयले तीन महिना अघि देखि मापसे चेकिङलाई अभियानका रुपमा संचालन गर्दै […]

जलजलाको लामाखेत स्थित वनमा भिषण डढेलो

विकल्प न्यूज/बेनी बैशाख १८ गते । बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका केन्द्र रहेको लामाखेत नजिकैको धुलेको जंगलमा मंगलबार साँझ भिषण डढेलो लागेको छ । डढेलो लामाखेतको वस्ती नजिक आएको छ । भिषण डढेलो लागेकाले नियन्त्रणमा ल्याउन नसकिएको स्थानीयहरु बताउँछन् ।

मल्लाज दम्पती हत्या घटना ः अनुसन्धान अन्तिमचरणमा,चौविस घण्टा भित्र आरोपी सार्वजनिक गरिने

विकल्प न्यूज/बेनी बैशाख १८ गते ।  पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा दम्पती हत्यामा संलग्न भएको दुईजना अभियुक्त पक्राउ परेका छन् । पर्वत प्रहरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ ।  पक्राउ पर्नेमा म्याग्दीका कृष्ण विक […]

जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

विकल्प न्यूज/बेनी बैशाख १६ गते । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको भिरमुनी सामुदायिक वनमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पुलाचौर भिरमुनीका वर्ष ५२ का दिपक बानियाँ भन्ने दिलबहादुर बानियाँले वनमा आगो लगाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । बानियाँले लगाएको आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका बानियाँलाई […]

मंगलाघाट बजार संरक्षण गर्न तटबन्ध

विकल्प न्यूज/बेनी म्याग्दी,बैशाख १६ गते । म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका ७ को मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्ष देखि थालिएको तटबन्ध निर्माण योजना काम अन्तिमचरणमा पुगेको छ । दुईवर्षको ठेक्का अवधि भएपनि तटबन्धको योजना दश महिना अगावै सम्पन्न हुन लागेको छ । जलस्रोत […]

बेनीका पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान

विकल्प न्यूज/बेनी बैशाख १६ गते ।   म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानहरुलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान वितरण थालेको छ । अनुदान रकमलाई दुरुपयोग हुनबाट रोक्न र पशुपालक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अघि सारेको हो । १० भन्दा बढी माउ बाख्रा र ३ वटा भन्दा बढी गाई,भैंसी पालेका पशुपालक किसानहरुलाई […]

जलजला वडा ५ र कालान्जर समाज पोखराले किरियापुत्रीलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी बैशाख १५ गते । पर्वतको जलजला गाउँपालिका वडा नं ५ र मल्लाज कालान्जर सेवा समाज पोखराले बैशाख ८ गते अल्पायु मै निधन भएका मल्लाज लेखफाँट चिप्लेटीका बाबुराम केसीको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् । वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसी र मल्लाज कालान्जर सेवा समाज पोखराका अध्यक्ष तारा प्रसाद सुबेदीले किरियापुत्री […]

पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी बैशाख १४ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७,बिरेन्द्रचोक स्थित आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गर्नुभयो । गण्डकी प्रदेशमा साधारणसभा गर्ने म्याग्दी पहिलो भएको छ । साधारणसभामा महासंघको केन्द्रिय प्रतिनिधि पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम,महासंघ […]

स्थानीय तहसँग वन कार्यालयको समन्वय

बेनी, १४ वैशाख ।    डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ । स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया र समन्वय गरेको हो । बेनी नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित आयोजित समन्वय गोष्ठिमा डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले […]

बेनी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

विकल्प न्यूज/बेनी बैशाख १४ गते ।   म्याग्दीको बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । बेनी नगरपालिका घोषणा भएसँगै जिल्लाका चार वटा स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा भएका छन् । छ वटा स्थानीयतह रहेको म्याग्दीका धवलागिरी […]