अन्नपुर्ण गाउँपालिका

अन्नपूर्णका दाँत रोगीहरुलाई गाउँमै प्रवासीको शिविर

विकल्प न्यूज/बेनी पुस १२ गते । अन्नपूर्ण गाउँपालिकावासीहरुलाई प्रवासीहरुले गाउँमै दन्त शिविर सञ्चालन गरेका छन् । गैरआवसीय नेपाली संघ न्युजिल्याण्ड  र म्याग्दी प्रवासी नेपाली संघ(मोना) को आर्थिक सहयोग र गाउँपालिकाको समन्व्यमा दानामा निशुल्क दन्त तथा जाँच शिविरको आयोजना गरिएको हो । शिविरको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।अध्यक्ष पुनले मानविय सेवानै धर्म भएको बताउदै […]

मुक्तिमार्ग माविले मनायो ६० औ वार्षिक उत्सव (फोटो सहित )

विकल्प न्यूज/बेनी पुस १२ गते । म्याग्दीको उत्तरी स्थित अन्नपूर्ण गाउँपलिका ६ घारमा रहेको मुक्ति मार्ग माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेर ६० औं वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष क्या. डम बहादुर गर्बुजा पुनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले जोड दिएको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नका लागि […]

सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान

विकल्प न्यूज/बेनी पुस १२ गते । अन्नपूर्ण गाउँपलिका ६ घरमा रहेको मुक्ति मार्ग माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७४ को एसइई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । सुन्दर खड्काले एसइई परिक्षामा सवै भन्दा बढी अंक प्राप्त गरी गाउँपालिकामा नै सर्वोत्कृष्ट भएको भन्दै नगद तिनहजार रुपियाँ सहित सम्मान गरिएको हो ।  बुधवार विद्यालयको ६० […]

अन्धगल्छी अब ‘हाइड्रो हब’

विकल्प न्यूज/बेनी पुस १० गते । संसारकै गहिरो गल्छी अब ‘हाइड्रो हब’ बन्न थालेको छ । अन्धगल्छीबाट बग्ने कालीगण्डकी ऊर्जा नदी र अन्धगल्छीमा अवस्थित अन्नपूर्ण गाउँपालिका क्षेत्र हाइड्रो हब बनेको हो । अन्नपूर्ण हिमश्रृंखलाबीच कालीगण्डकीले बनाएको ६ हजार ९ सय ६७ मिटर गहिरो खोंच नै अन्धगल्छी हो । यो क्षेत्र बेनीबाट मुस्ताङको यात्रामा जाँदा देखिन्छ । अन्नपूर्ण–२ तातोपानी, वडा […]

बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन सुरु

विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको नारच्याङ पुल देखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नती र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राबिधिक टोली ल्याएको हो […]

खोप्रामा चारवटा सामुदायिक लज बनाइने

विकल्प न्यूज/बेनी मंसिर २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको पर्यटकीयस्थल खोप्रा लेकमा थप चारवटा सामुदायिक लज बनाइने भएको छ । पहाडकी अप्सरा (परी)को नामले परिचित कठिन पहाडी भूगोलको शिरमा अवस्थित खोप्रा लेकमा पछिल्लो समय ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि स्थानीय बासिन्दाहरु खोप्रामा पूर्वाधार निर्माण गर्न कस्सिएका हुन् । गत सोमबार […]

रुइसे र घोडेपानीमा पूर्वाधार निर्माण गर्न एक करोड

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।  संघिय सरकारको पर्यटन मन्त्रालयले हालै घोषणा गरेको देशका एक सय गन्तब्य मध्य जिल्लाका दुई पदमार्ग रुईसे–धौलागिरी आईसफल र घोडेपानी–पुनहिल–महरे पदमार्ग सुधार गर्न ५०–५० लाख रुपैया विनियोजन गरेको छ । ‘पुनहिल–महरे र रुईसे–आईसफल पदमार्गको स्तरबृद्धी गर्ने गरी काम गर्न पर्यटन मन्त्रालयले छुट्टाछुट्टै ५०–५० लाख रुपैयाँ विनियोजन भएको छ’ प्रतिनिधी सभा […]

घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ स्वीकृत

विकल्प न्यूज/बेनी मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित घलेम्दीखोला जलविद्युत आयोजना ९न्ज्ी० को १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ५५ हजार ७७० […]

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजनाको शिलान्यास(फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १६ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे ग्रामिण सडक स्तरउन्नती योजना सुरु गरिएको छ । पोखरेबगर–घार–खिवाङ–शिख हुँदै चित्र सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले आइतवार पुजापाठ गरेर शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास पछि आयोजित कार्यक्रममा सांसद थापाले सडक निर्माण पछि यस […]

घलेम्दीको विद्युतगृह निर्माण तिव्र (फोटोफिचर)

विकल्प न्यूज/बेनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन साढे पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाको विद्युतगृहको संरचना बनाउने काम धमाधम अगाडि बढाएको छ । आगमी चैत्र मसान्त भित्र परिक्षण उत्पादन सुरु गर्न लागेको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनीधी(विमल) रिजालले जानकारी दिनुभयो । तस्विर ठाकुरप्रसाद आचार्य   

घलेम्दी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर ९ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन साढे पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण अन्तीमचरणमा पुगेको छ । आयोजनाले चैत मसान्त भित्र परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ निर्माणलाई तिव्र पारेको छ । आयोजनाको पूर्वाधार निर्माणको करिव ९० प्रतिशत सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजाल(विमल)ले जानकारी […]

क्यान्सरपीडित नेपालीलाई युकेबाट आर्थिक सहयोग

विकल्प न्यूज/बेनी मंसिर ७ गते । म्याग्दीका एकजना क्यान्सरपीडित व्यक्तिलाई युकेबाट बिहीबार आर्थिक सहयोग प्राप्त भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार घरभई हाल युकेमा बस्ने ५७ जनाले पाउद्वारका प्रसाद नेपालीलाई आर्थिक सहयोग गरेका हुन् । पाउद्वार समाज युकेमार्फत सहयोग अभियान सञ्चालन गरी क्यान्सरपीडित नेपालीलाई नगद ८१ हजार ८२५ रुपैयाँ उपलब्ध गराइएको छ । विगत […]

अन्नपूर्ण गाउँपालिकाद्धारा थप साढे तिनकरोड बजेट पारित

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । म्याग्दी उत्तरी अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि थप साढे तिनकरोड रुपियाँ बरावरको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको आठौं गाउँसभाबाट तिनकरोड २७ लाख रुपियाँ वरावरको बजेट पारित गरेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा खर्च हुननसकेको रकमबाट उक्त थप बजेट आएको हो […]

मृगौला पीडित पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार सहयोग

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । दुवै मृगौला पीडित अन्नपुर्ण गाउँपालिका–७ हिस्तानकी डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युके रहेको म्याग्देलीहरुको सहयोगबाट उठेको रकम शुक्रबार पीडित डौमायालाई हस्तान्तरण गरिएको हो । रोजगारको शिलशिलामा युकेमा रहेका ओम रोकाको संयोजनमा संकलन भएको सो रकम बेनी […]

खोप्रालेकमा निःशुल्क वाईफाईले सवैलाई सुविधा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कार्तिक २६ गते । पोखराकी प्रशन्न खड्का क्षेत्रीले खोप्रालेकबाट सामाजिक सञ्जाल फेसबुकमा धौलागिरी हिमशृङ्खलाको तस्विर पोस्ट गर्नुभयो । त्यस्तै पोखराकै प्रेम कार्कीले पनि अन्नपूर्ण र निलगिरी हिमालको तस्विर पोष्ट गर्नुभयो । लगत्तै क्षेत्री र कार्कीका साथीहरुले कमेन्ट गरे वहा वहा खोप्रामा पनि इन्टरनेट ! क्षेत्री र कार्कीलाई यो सुविधा यहाँ […]