ताजा समाचार:
Search

म्याग्दी समाचार

म्याग्दीमा असिना–पानीले बाली नष्ट

विकल्प न्यूज/बेनी चैत १२ गते ।  म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ ।  सोमबार जिल्लाको रघुगङ्गा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ । त्यसैगरी […]

क्षयरोगको न्यूनिकरणका लागि समुदायस्तरमा जनचेतना आवश्यक

विकल्प न्यूज\बेनी चैत ११ गते । म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी […]

सन्दर्भ : विश्व क्षयरोग दिवस, ४५ प्रतिशत बिरामी उपचारबाहिर

काठमाडौँ, चैत ११ गते ।    नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय […]

धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा

 बेनी, १० चैत । धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो । बैंकको ऋण र उत्पादकहरुको कडाई तथा बजारमा भएको लगानी उठ्न ढिलाई […]

उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

गलेश्वर १० चैत । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजित क्षमता मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रमको संघका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले सांगठनिक, नीतिगत र कार्यक्रमका […]

रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा

रत्नेचौर, १० चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचार सम्बन्धी सेवा दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयसँग समन्वय गरेर जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम मार्फत स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको हो । ६० वर्ष उमेर पुगेका ५७ जना पुरुष र ७० […]

मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा शंकर चोखाल प्रथम

विकल्प न्यूज \ बेनी चैत १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो । कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी […]

लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान

विकल्प न्यूज/बेनी चैत १० गते । लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ । सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा […]

एमाले म्याग्दीका नवनिर्वाचित पालिका कमिटीलाई अभिमुखिकरण

विकल्प न्यूज\बेनी चैत १० गते ।   नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले नेता तथा कार्यकर्ताहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा संगठनलाई व्यवस्थित […]

दुई महिनामा १२ हजारले गरे शालग्राम सङ्ग्रहालयको अवलोकन

विकल्प न्यूज/बागलुङ चैत ९ गते ।  शिरमा पञ्चकोट, नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर, बागलुङ बजार केही पर शालग्राम सङ्ग्रहालय छ । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको शालग्राम सङ्ग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।  बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम सङ्ग्रहित गरिएको छ […]

आरन पेशामा रमाएका टुकबहादुर

विकल्प न्यूज/बेनी चैत ९ गते । कालिगण्डकी कोरिडोरको बेनी–गलेश्वर सडक खण्डको छेवैमा टुकबहादुर लोहारले आरन संचालन गर्नुभएको छ । सडक नजिक रहेको छाप्रोमा लोहारले बनाउनुभएका कृषि औजारहरु सजाएर राख्नुभएको छ । बुटबल घर बताउँने लोहार म्याग्दी आएर आरन व्यावसाय संचालन गरेको ६ वर्ष भइसकेको छ । आफ्नो बाउबाजेले गरेको पुख्र्यौली पेशालाई निरन्तरता दिन बजारको खोजी […]

गलेश्वर पौराणिक स्थलबाट धार्मिक पर्यटकीय स्थलमा परिणत

गलेश्वर (म्याग्दी), चैत ९ गते । पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिक स्थलबाट प्रमुख धार्मिक पर्यटकीय स्थलमा परिणत भएको छ । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या […]

घोडेपानी क्षेत्रको लालीगुराँसमा रमाउँदै पर्यटक(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाडाँपाखाहरु यतिखेर ढकमक्क फुलेको लालीगुराँसले छोपिन थालेका छन् । लालीगुराँसले डाडाँपाखाहरु रमणीय देखिन थालेपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको घोडेपानीमा चहलपहल बढेको छ ।नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र […]

बेनीमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईयो

विकल्प न्यूज/बेनी चैत ८ गते ।   संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले बेनीमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाएको छ । विहिबार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल (रितु) ले उद्घाटन गर्नुभयो । उहाँले दलितको हक र अधिकारका निम्ती छुट्टै कानून […]

तिप्ल्याङको पसल र होटलमा म्याद नाघेका पेय पदार्थ

म्याग्दी, ७ चैत ः राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीका लागि […]