ताजा समाचार:
Search

म्याग्दी समाचार

डिम्ब आधारभूत विद्यालयमा विविध कार्यक्रम

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २४ ।म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलबार विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा अभिभावक भेला, प्रथम त्रैमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विकासको मूल आधार शिक्षा भएको हुँदा शैक्षिक क्षेत्रको […]

बेनी अस्पताल विकास समितिको अध्यक्षमा कटुवाल

विकल्प न्यूज/बेनी असोज २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको अध्यक्षमा बेलबहादुर कटुवाल मनोनित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका कटुवाललाई गण्डकी प्रदेस सरकारले अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनित गरेको हो । गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्री नरदेबी पुनको मन्त्रीस्तरीय बैठकको निर्णयबाट कटुवाल अध्यक्ष पदमा मनोनित […]

‘उत्कृष्ट खेलाडी’ अरुणा शाही ठकुरी ‘डबल सेलिब्रेसनमा’ (भिडियो सहित)

अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न थालेको छ । यो लोकप्रियता राष्ट्रिय भलिबल प्रतियोगितामा प्राप्त जीतको नतिजा हो । नेपाल भलिबल संघ र आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको […]

एकसय ४४ औँ विश्व हुलाक दिवसको अवसरमा खत्री सम्मानीत

विकल्प न्यूज/बेनी असोज २३ गते । एकसय ४४ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले उतकृष्ट कर्मचारीको रुपमा ठाकुप्रसाद खत्रीलाई सम्मान गदै दिवस मनाएको छ हुलाक कायार्लयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र हुलाक अधिकृत साधना कुमारीद्धारा खत्रीलाई प्रमाणपत्र र दोषल्लाले सम्मान गरिएको थियो । २०४० सालदेखि इमान्दार रुपमा हुलाकको नियम […]

बेनीमा चौथो ‘एभरग्रीन कप’ फुटवल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी असोज २३ गते ।  बेनीमा मंगलबारदेखि चौथो एभरग्रीन कप फुटबल प्रतियोगिता सुरु भएको छ ।  एभरग्रीन युवा क्लवले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एभरग्रीन युवा क्लवले कालीपुल यूनाईटेडलाई २ का विरुद्ध ३ गोल गर्दै एभरग्रीनले बिजयी सुरुवात गरेको छ ।गण्डकी प्रदेशका […]

दिदीबहिनीको सामुहिक लगानीमा बेनीमा खुल्यो लोकल मार्ट

विकल्प न्यूज/बेनी असोज २३ गते । बेनीका महिलाहरुले सामुहिक लगानीमा म्याग्दी लोकल मार्ट खोलेका छन् । बेनी नगरपालिका ७ विरेन्द्र चोकमा स्थानीय उत्पादनहरुको संकलन गरि विक्रि वितरण गर्नका लागि महिलाहरुले सामुहिक लगानी गरेर पसल खोलेका हुन । बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल,बेनी विरेन्द्रचोककी पुष्पा पुन,न्यूरोडकी अम्बिका श्रेष्ठ , सुगम श्रेष्ठ र  जलजला ७ मिलनचोककी जमुना […]

लिटिल गार्डेन एकेडेमीमा विविध कार्यक्रम

  म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीमा सोमबार विविध कार्यक्रम सम्पन्न भएको छ । ‘संस्कृतिको संरक्षण, समुदायमा परीक्षण’ भन्ने मूल नारासहित प्रतिस्पर्धात्मक सांस्कृतिक भेषभूषा प्रदर्शनी, दशैं मिलन, शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले लिटिल गार्डेन एकेडेमीले जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको हुँदा यसले गुणात्मक नतिजाको विकासमा सहयोग […]

माउण्टमा दशैं विशेष कार्यक्रमको समापन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २३ गते ।   म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा सोमबार दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ । दशैंतिहार विशेष कार्यक्रम अन्तर्गत सप्ताहव्यापी खेलकुद, दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक, पुस्तक विमोचनसहित विविध कार्यक्रमहरु गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अन्तर्राष्ट्रिय […]

लभ्लीहिलमा चङ्गा उडाउने प्रतिस्पर्धा

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २३ । पछिल्लो समय पर्यटकीयस्थलको चर्चा बटुलेको लभ्लीहिल (प्रणय शिखर)बाट चङ्गा उडाउने प्रतिस्पर्धा हुने भएको छ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा नजिकै रहेको लभ्लीहिलको डाँडोबाट आउँदो २७ असोजमा चङ्गा उडाउने प्रतियोगिता आयोजना गरिएको हो । सोमबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर लभ्लीहिलमा चङ्गा उडाउने प्रतियोगिता सञ्चालन […]

गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

विकल्प न्यूज/बेनी असोज २१ गते । म्याग्दी जिल्लाका सरोकारवालाहरुले ग्रामीण भेगमा सेचतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका छन् । आइतबार शक्ति समूहले सदरमुकाम बेनीमा आयोजना गरेको मानव बेचबिखन तथा बालयौन शोषणविरुद्ध सरोकारवाला निकाय र संघसंस्थाहरुको समन्वय वैठकमा सचेतनाका कार्यक्रम गर्न जोड दिइएको हो । कार्यक्रममा बालयौन शोषण, मानव बेचबिखन, बलात्कार, हत्या, लैङ्गिक तथा सामाजिक हिंसा न्युनीकरण […]

सुरेशको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त

विकल्प न्यूज/बेनी असोज २१ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार सातसय ६० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०, जापानमा रहेका कमल बानियाँ र सुरेश पुनको सक्रियताबाट संकलित ८९ हजार ५५० र हङकङमा रहेकी सुरक्षा मल्लबाट १० […]

मल्लाज सहकारीको ११औं वार्षिक साधारणसभा

विकल्प न्यूज/जलजला म्याग्दी, असोज २० ।उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयर सदस्य ७३६ जना, कुल शेयर पुँजी एक करोड ५७ लाख ७९ हजार ४००, निक्षेप सङ्कलन सात करोड ६२ लाख ४४२, लगानी सात करोड १७ लाख २७ हजार ५९ रुपैयाँ रहेको […]

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनोट सुरु

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असोज २० । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शनिबार बेनीमा खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट अन्तर्गत २०७५ को बास्केटबलतर्फका खेलाडी छनोट गरिएको हो । म्याग्दी जिल्लाबाट बास्केटलबल प्रतियोगितामा सहभागिता जनाउन वैकल्पिकसहित १२ […]

‘चन्द्रका भजनहरु’ भजन सङ्ग्रहको बिमोचन तथा रचनावाचन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २० गते ।             साहित्यकार चन्द्रबहादुर लामिछाने ‘प्रभात’ले लेखेको भजन सङ्ग्रह चन्द्रका भजनहरुको शनिबार बिमोचन भएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज धौलागिरी कार्यसमितिको सहआयोजना र लायन्स क्लब अफ बेनी महारानीको सहयोगमा म्याग्दी सदरमुकाम बेनीमा भजन सङ्ग्रह बिमोचन तथा रचनावाचन कार्यक्रम गरिएको हो । भजन सङ्ग्रहको […]

रुप्सेको मोबाइल एप्स

विकल्प न्यूज/बेनी असोज १९ गते । म्याग्दीबाट प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिका अब मोबाइल एप्समा पनि हेर्न पाइने भएको छ । शुक्रबार रुप्सेको १५ वार्षिकोत्सवको अवसरमा ग्राफिक्स कम्प्युटर सेन्टरले डेभलप गरेको रुप्से एप्स प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले लन्च गरेका थिए । ग्राफिक्स कम्प्युटर सेन्टरका म्यानेजर महेन्द्र रेग्मीले मोबाइल एप्स र ग्राफिक्स कम्प्युटरमा […]