म्याग्दी समाचार

मुक्तिनाथ मन्दिर परिसरमा ८ बोरा पुराना भित्री बस्त्र !

मुस्ताङ, १६  कात्तिक ।  मुक्तिनाथ मन्दिर दर्शन गर्न पुग्ने पर्यटकले आफ्नो लाज छोप्ने भित्री बस्त्र अव्यवस्थित तरिकाले मन्दिर परिसरमा फालिदिदाँ मुक्तिनाथ मन्दिर नै लाज मान्ने अवस्थामा पुगेको छ । मन्दिरमा पुगेका हजारौँ पर्यटकले पाप पखालिने विश्वासमा मन्दिर परिसरमा रहेको १०८ धारा तथा कुण्डमा स्नान गर्छन् । र चिसो भित्री कपडा छेउछाउकै पर्खाल तथा रुखमै फ्याँकेर […]

थपिएका पर्वतका पाँच गन्तव्य पर्यटकीय सूचीमा

कुश्मा, कात्तिक १६ गते ।थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँको गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरिएको […]

सरकारी सेवासहितको घुम्ती शिविर गाउँपुगेपछि गुर्जालीहरु उत्साहित

विकल्प न्यूज/बेनी कार्तिक १६ गते ।  जिल्ला सदरमुकाम बेनीमा रहेका सरकारी कार्र्यालयहरु सेवा सुविधा लिएर म्याग्दीकै दुर्गम धौबलागिरी गाउँपालिका १ गुर्जा पुगेपछि स्थानीयहरु उत्साहित भएका छन् । दुर्गम र विकट भएका कारण वर्षौ देखि नागरिकता र लालपूर्जाबाट बञ्चित गुर्जालीलाई घरदैलोमै सुविधा दिन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको सहयोगमा गुर्जामा ८ वर्ष पछि एकिकृत घुम्ती शिविर लगेको […]

किन्दु ग्रामिण सडक, सामुदायिक भवन, सत्तल र खेलमैदानको उद्घाटन

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीय व्वस्थासँगै जनताको विकासमा पहुँच बढेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको किन्दु टोल विकास संस्थाले बिहीबार आयोजना गरेको ग्रामिण कृषि सडक, सामुदायिक सभाहल, छिर्केश्वर मन्दिरको सत्तल र खेलमैदानको उद्घाटन समारोहमा मन्त्रि पुनले यस्तो बताउनुभएको हो । तीन तहको सरकार […]

सरकारले छान्यो म्याग्दीका पाँच सहित १०० पर्यटकीय गन्तब्यहरु

विकल्प न्यूज/बेनी कार्तिक १५ गते ।  सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । सरकारले म्याग्दीका पुनहिल,तातोपानी र गलेश्वर स्थापीत तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यहरु र घोरेपानी पर्यटकीय क्षेत्र,रघुंगा रुइसे डाँडा देखि धबलागिरी आइसफल […]

म्याग्दी भ्रमण वर्षको समिक्षाको होस् (सम्पादकीय)

विकल्प न्यूज/बनी कार्तिक १५ गते । एकहप्ता अघि मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुले बेनीमा होटल खोज्दा पाएनन् । होटलमा वास नपाएपछि कालिपुल वसपार्क स्थित कर्वडहलमा पर्यटकहरुले रात काट्नुप¥यो । बेनीमा भएका होटलहरु भरिभराउ भएपछि कुश्मा र बागलुङमा वास खोज्नुपर्ने भयो । यो क्रम निरन्तर पाँचवर्ष देखि चलिरहेको छ । म्याग्दीले भ्रमण वर्ष २०७५ मनाइरहेको छ । […]

विद्यार्थी नेता पौडेलको सक्रियतामा मुक्तिनाथ परिसरमा सरसफाई

विकल्प न्यूज/मुस्ताङ कार्तिक १५ गते ।  अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको सक्रियतामा जोमसोमको मुक्तिनाथ परिसरमा सरसफाई गरिएको छ ।  मुक्तिनाथ दर्शन गर्न गएका केन्द्रिय सदस्य पौडेलले मन्दिर परिसरभित्र फोहोरको थुप्रो छरपष्ट देखेपछि सरसफाईमा जुट्नुभएको हो । पवित्र स्थलमा फोहोरको निकै थुप्रो देखेपछि सरफाईमा जुटेको उहाँले बताउनुभयो । मन्दिर परिसरको पाखो र रुखमा समेत यत्रतत्र भएका […]

जलजलाको सहस्रकमायमा शिवपुराण हुने

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । चन्द्रेश्वर शिवालय मन्दिर लेखफाट पर्वतमा शिव पुराण ज्ञान महायज्ञ हुने भएको छ । जलजला गाउ पालिका वडा नम्बर ५ साविक लेखफाट गाविस वडा नम्बर ६ सहस्रकमायमा अवस्थित शिव मन्दिरमा आगामी पुष २ गते देखि १२ गते सम्म महायज्ञ संचालन हुने भएको हो । पौराणिक कालंजर पर्वत श्रीपुलेक स्वर्गद्वारी आश्रम प्युठान […]

सुआहारा कार्यक्रमको समीक्षा तथा सरोकारवालाबीच छलफल

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, कात्तिक १३ । म्याग्दीमा सञ्चालित सुआहारा कार्यक्रमको मङ्गलबार सदरमुकाम बेनीमा समीक्षा तथा सरोकारवालाहरुबीच अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । मिलन म्याग्दीको साझेदारीमा सञ्चालनमा रहेको सुआहारा कार्यक्रमको गत वर्षको समीक्षा गर्नुका साथै चालु वर्षको कार्यक्रमका विषयमा अन्तत्र्रिmया गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको […]

गुर्जाको गुस्तुङ साउथ हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी कार्तिक १३ गते । म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जामा रहेको गुस्तुङ साउथ हिमालको फ्रेन्च टोलीले सफल आरोण गरेका छन् । ६ जना फ्रेन्च र ३ जना नेपाली गरी नौजनाको टोलीले ७ हजार मिटर भन्दा अग्लो गुस्तुङ हिमालको सफल आरोहण गरेको गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमाल आरोहण गरेर खुसि हुँदै टोली […]

बासखर्कमा खेल मैदान निर्माण

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका १ वासखर्कमा खेलकुद मैदान निर्माण गरिएको छ । वडाबाट विनियोजन भएको ८ लाख रुपियाँ र स्थानीयहरुको श्रमदान तथा सहयोगबाट भलिबल,वास्केटबल मैदान निर्माण गरिएको हो । सोमवार एक कार्यक्रमको आयोजना गरी खेलकुद मैदानको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्दा दाता तेजवहादुर फगामीले खेलमैदानको उदघाटन गर्नुभएको […]

मंगलामा व्यावसायिक तरकारी खेतीको अनुगमन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, कात्तिक १२ । म्याग्दीको मंगला गाउँपालिका अन्तर्गत विभिन्न वडामा व्यावसायिक तरकारी खेतीको अनुगमन भएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष (नाडेप)को आर्थिक सहयोग, सोडेक नेपाल पर्वतको आयोजना र गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनामार्फत लगाइएको तरकारी खेतीको स्थलगत अनुगमन गरिएको हो । मंगलाको कुहुँ, भर्जुला र सल्यानमा परियोजनाको सहयोगमा कृषकले गरेको […]

सुरेशको उपचारका लागि मोना नागोया जापानबाट ६८ हजार सहयोग

विकल्प न्यूज/बेनी बेनी १२ कात्तिक । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार ६८ हजार रुपैयाँ आर्थिक सहयोग सोमबार प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) क्षेत्रीय समिति नागोया जापानबाट सो सहयोग प्राप्त भएको हो । मोना नागोया जापानबाट संकलित रकम मोना क्षत्रीय समिति जापानका सदस्य पुर्ण पुर्जाद्धारा ओमकुमारी शान्तिकोषका […]

म्याग्दीका ग्रामीण भेगमा पहेलपुर धानबाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १२ गते ।म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भिœयाउन भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भिœयाउने चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भिœयाउने काममा किसानहरु व्यस्त देखिएका छन् । नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भिœयाउन […]

गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म

१२ कात्तिक, कास्की । किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । नमूना फार्म स्थापना […]