म्याग्दी समाचार

जटिल राेगका विरामीलाई मोना यूएईद्धारा १ लाख सहयाेग

विकल्प न्युज / बेनि मंसिर ४ गते ।  म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई लक्षित गरी मोना यूएईल संकलन गरेको आर्थिक विरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो । मोना यूएईका महासचिव सुवास राम्जाली, उपसमिति […]

जिल्ला अदालतद्वारा फैसला कार्यान्वयनमा जोड

प्रताप बानियाँ/ विकल्प म्याग्दी, मंसिर २ । जिल्ला अदालत म्याग्दीमा दर्ता भएका मुद्दाउपर फैसला कार्यान्वयनमा जोड दिइएको छ । आइतबार म्याग्दी जिल्ला अदालतमा आयोजित स्थानीय तहका पदाधिकारी तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रममा यस्तो बताइएको हो । सर्वोच्च अदालतले चालु वर्षको बाँकी समयलाई फैसला कार्यान्वयनको वर्षमा रुपमा मनाउने हुँदा देशैभर आयोजना गरिएको कार्यक्रम […]

धौलागिरि टेलिभिजन अब प्रादेशिक

बागलुङ, २ मंसिर / विकल्प धौलागिरी टेलिभिजनले यसै आर्थिक वर्ष भित्र गण्डकी प्रदेशको राजधानी पोखरामा क्षेत्रीय कार्यालय स्थापना गर्ने भएको छ । धौलागिरी टेलिभिजन प्रा.लि. बागलुङको शनिवार सम्पन्न पाँचौ बार्षिक साधारणले पोखरामा क्षेत्रिय कार्यालय स्थापना गरी सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको हो । साविक धौलागिरि अञ्चललाई लक्षित गरी सञ्चालन भएको टेलिभिजन हाल गण्डकी प्रदेश लगायत अन्य […]

अन्नपूर्ण गाउँपालिकाद्धारा थप साढे तिनकरोड बजेट पारित

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । म्याग्दी उत्तरी अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि थप साढे तिनकरोड रुपियाँ बरावरको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको आठौं गाउँसभाबाट तिनकरोड २७ लाख रुपियाँ वरावरको बजेट पारित गरेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा खर्च हुननसकेको रकमबाट उक्त थप बजेट आएको हो […]

महिला फुटवलको खेलाडी छनौंट

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । आगमी मंसिरको २१ देखी २८ गते सम्म पाँच नम्बर प्रदेशमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि म्याग्दीबाट महिला फुटबलका लागि खेलाडी छनौट भएका छन्। जिल्लाबाट फुटबल प्रतियोगितामा सहभागिता जनाउन शुक्रवार बेनीमा छनौट खेलको प्रतियोगिता मार्फत दुइजना वैकल्पीक सहित १८ जना खेलाडीहरु छनौंट गरिएको जिल्ला खेलकुद विकास समितिका […]

मृगौला पीडित पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार सहयोग

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । दुवै मृगौला पीडित अन्नपुर्ण गाउँपालिका–७ हिस्तानकी डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युके रहेको म्याग्देलीहरुको सहयोगबाट उठेको रकम शुक्रबार पीडित डौमायालाई हस्तान्तरण गरिएको हो । रोजगारको शिलशिलामा युकेमा रहेका ओम रोकाको संयोजनमा संकलन भएको सो रकम बेनी […]

स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड

कमल खत्री बेनी,  रासस । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो । […]

पार्टी एकिकरणले पूर्णता पाउन अव ढिला हुँदैन ः अध्यक्ष प्रचण्ड

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बेनी(म्याग्दी) कार्तिक २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले एकहप्ता भित्रै सवै तहको पार्टी एकिकरणले पूर्णता पाउने बताउनुभएको छ । एकताको गृहकार्य टुङ्गोमा पुगिसकेको छ । अव सार्वजनिक गर्न मात्र वाँकी छ अध्यक्ष प्रचण्डको भनाई थियो । पार्टी गतिविधिका साथै सरकार सञ्चालनको गम्भिर रुपमा समिक्षा हुने र […]

सिन्डीकेट अपराध हो ः गृहमन्त्री थापा

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । नेपाल सरकारका  गृहमन्त्री रामवहादुर थापाले सिन्डीकेटले सिमित व्यक्तिलाई धनी र आम जनतालाई दरिद्र बनाउने भएकाले सिन्डीकेटको अन्त्य हुनुपर्ने बताउनुभयो । मंगलबार साझ म्याग्दीको सदरमुकाम बेनी स्थित वसपार्कमा म्याग्दी कोराला यातायात प्रालिद्धारा सञ्चालित सुपर डिलक्स बससेवाको  सुभारम्भ गर्दै गृहमन्त्री थापाले सिमित व्यक्तिले अकुत सम्पत्ति आर्जन गर्नका लागि सिन्डीकेट प्रणाली आएको […]

ढुक्क हुनुहोस शिंहदरवार गाउँमै आउँछ ः अध्यक्ष प्रचण्ड

ठाकुरप्रसाद आचार्य बेनी(म्याग्दी) कार्तिक २७ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डले जनताले महशुस गर्ने गरी शिंहदरवारको अधिकार गाउँघरमा ल्याएरै छाड्ने बताउनुभएको छ । कर्मचारी समायोजन र आवश्यक ऐननियमहरु समयमा नबन्दा शिंहदरवारको अधिकार जनताले गाउँघरमा नआएको महशुस गरिरहेका वेला अध्यक्ष प्रचण्डले जनतालाई महशुस हुने गरी गाउँघरमा शिंहदरवारको अधिकारी ल्याउने बताउनु भएको हो । पत्नी […]

प्रचण्ड र गृहमन्त्री थापाद्धारा राघुगंगा जलविद्युत आयोजनाको अवलोकन (फोटो)

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको स्थलगत रुपमा अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मंगलबार विहान रघुगंगा गाउँपालिका ३ तिल्केनी चौर स्थित आयोजनाको निरिक्षण गर्नुभएको हो । यसै गरी प्रचण्ड सहितको […]

खोप्रालेकमा निःशुल्क वाईफाईले सवैलाई सुविधा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कार्तिक २६ गते । पोखराकी प्रशन्न खड्का क्षेत्रीले खोप्रालेकबाट सामाजिक सञ्जाल फेसबुकमा धौलागिरी हिमशृङ्खलाको तस्विर पोस्ट गर्नुभयो । त्यस्तै पोखराकै प्रेम कार्कीले पनि अन्नपूर्ण र निलगिरी हिमालको तस्विर पोष्ट गर्नुभयो । लगत्तै क्षेत्री र कार्कीका साथीहरुले कमेन्ट गरे वहा वहा खोप्रामा पनि इन्टरनेट ! क्षेत्री र कार्कीलाई यो सुविधा यहाँ […]

गृहमन्त्री थापाद्धारा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको उदघाटन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,कार्तिक २६ गते । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति र शुसासन कायम गर्न गृहप्रशासन सक्षम रहेको बताउनुभएको छ । सोमबार म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको उदघाटन गर्दै गृहमन्त्री थापाले सरकारले देशमा शान्ति र शुसासन कायम राख्नका लागि प्रभावकारी योजना अघि सारेको बताउनुभएको हो । मदिराको जथाभावी […]

मुटुरोगी नेपालीका लागि जुट्यो करिव पाँचलाख सहयोग

विकल्प न्यूज/बेनी कार्तिक २५ गते । बेनी नगरपालिका १ रत्नेचौर निवासी मुटुरोगी विष्णु नेपालीको उपचारका लागि स्थानीयवासीहरुले करिब पाँचलाख रुपियाँ संकलन गरेका छन् । पारिवारिक अवस्था कमजोरी भएकी कक्षा ८ मा अध्ययनरत १७ वर्षीय युवतीको उपचारमा सहयोग पु¥याउन रत्नेचौर जागरण समुहले विगत दुइ महिना देखि सञ्चालन गरेको आर्थिक संकलन अभियान मार्फत ४ लाख ८२ हजार […]

जन्मदिनमा सहज शिक्षा कोषलाई १० हजार सहयोग

विकल्प न्यूज/बेनी कार्तिक २५ गते ।  पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष एवम् सामाजसेवी सुरत केसीले जन्म दिनको अवसरमा आइतवार गरिब र विपन्न बालबालिकाको शिक्षामा सहयोग पु¥याउन १० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । गरिब, विपन्न, पारिवारिक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले बेनी नगरपालिका वडा नम्बर ६ ले […]