म्याग्दी समाचार

सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन पुसमा

विकल्प न्यूज/बेनी मंसिर १४ गते । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गते सम्म काठमाडौँमा हुने भएको छ । गत भदौ १ गतेबाट लागू भएको मुलुकी संहिता कार्यान्वयनमा केन्द्रित रहेर दोस्रो सम्मेलन गर्न लागिएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले जानकारी दिनुभयो । सरकारी वकिल कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना […]

१७ औं जेसीज कप फुटबलको फाइनलमा केबी र न्यू वेष्ट प्वाइन्ट भिड्ने

विकल्प न्यूज/बेनी मंसिर १४ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा जारी १७ औं अन्तरमाविस्तरीय हुवावे जसिज कप फुटबल प्रतियोगिताको फाइनलमा केबी एकेडेमी दरवाङ र न्यू वेष्ट प्वाइन्ट आवशीय मावि बेनी भिड्ने भएका छन् । शुक्रवार भएको सेमिफाइनल खेलमा धौलागिरि मावि सिङ्गालाई ० का विरुद्ध ८ गोल गर्दै न्यू वेष्ट प्वाइन्ट फाइनलमा प्रवेश गरेको हो । यस्तै […]

बेनीमा जारी जेसिज कप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी मंसिर १३ गते ।   म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि १७ औं जेसिज कप फुटबल प्रतियोगिता अन्तर्गत विहिवार क्याटरफाइनलका खेलहरु समापन भएका छन् । बेनीको खुल्ला मञ्चमा सञ्चालित खेलमा विहिवार बेनी आवशीय माविले प्रकाश माध्यमिक विद्यालयलाई २ का विरुद्ध ३ गोल गरेको छ । न्यू वेष्ट प्वाइन्ट आवशीय माविले बेनी सामुदायिकलाई १ का विरुद्ध ३ […]

को को परे नेकपाको गण्डकी प्रदेश कमिटीमा म्याग्दीबाट

विकल्प न्यूज/बेनी मंसिर १३ गते ।  नेपाल कम्युनिष्ट (नेकपा) पार्टी केन्द्रिय सचिवालयको मंगलबारको वैठकले गण्डकी प्रदेश कमिटी सदस्यहरु चयन गरेको छ । पार्टीको प्रदेश सदस्यमा म्याग्दीबाट पूर्व एमालेका ५ जना र माओवादी केन्द्रबाट ३ गरी ८ जना चयन भएका छन् । पूर्व एमालेका तर्फबाट गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, तत्कालिन पार्टी अध्यक्ष एवम् […]

बेनीमा रहेको १३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने

विकल्प न्यूज/बेनी मंसिर १२ गते । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुल जिर्ण बनेको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि यो पुल बनाईएको थियो । ऐतिहाँसिक महत्व बोकेको पुल अहिले मर्मत सम्भारको अभाबमा जिर्ण बनेको छ भने वारपारको लागि […]

घलेम्दीको विद्युतगृह निर्माण तिव्र (फोटोफिचर)

विकल्प न्यूज/बेनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन साढे पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाको विद्युतगृहको संरचना बनाउने काम धमाधम अगाडि बढाएको छ । आगमी चैत्र मसान्त भित्र परिक्षण उत्पादन सुरु गर्न लागेको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनीधी(विमल) रिजालले जानकारी दिनुभयो । तस्विर ठाकुरप्रसाद आचार्य   

सामाजिक सुरक्षा योजना शुभारम्भ : म्याग्दीका मजदुरहरुले मनाए खुसियाली

प्रताप बानियाँ /बेनी मंसिर ११ गते । सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरहरुले खुसियाली मनाएका छन् ।निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरहरुलाई लक्षित गरेर ल्याइएको सामाजिक सुरक्षा योजनाको म्याग्दीमा कार्यरत मजदुरले मैनबत्ती प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् । सदरमुकाम बेनी बजारमा रहेको क्याम्पस चोकमा जम्मा भएका मजदुरहरुले ‘योगदानमा आधारित सामाजिक […]

मोना स्पेनद्धारा तथ्याङक संकलन सुरु

विकल्प न्यूज/बेनी मंसिर ११ गते । स्पेनमा रहेको म्याग्देलीहरुको साझा सस्था मोना स्पेनले स्पेनमा रोजगारी,अध्ययन र व्यवसायको शिलशिलामा मा बसोबास गरिरहेका म्याग्देलीहरुको तथ्याङक संकलन सुरु गरेको छ । बार्सिलोना,म्याडृड ,अलिकन्ते,ग्रीन क्यानरिआ,बेनिड्रुम्,सेविया लगायतका शहर मा बसोबास गर्ने म्याग्देलीहरुको नामावली गर्ने कार्य भइरहेको कार्यक्रम संयोजक खगेन्द्र बुढाथोकी ले बताउनु भयो । सयौको संख्यामा स्पेनमा म्याग्देलीहरु रहेकाले सम्पूर्णको […]

सुरेशको उपचारका लागि दक्षिण कोरियाबाट ३७ हजार सहयोग

विकल्प न्यूज/बेनी मंसिर ११ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार दक्षिण कोरियाबाट थप ३७ हजार एकसय ८० रुपियाँ सहयोग प्राप्त भएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानलाई सहयोग पु¥याउन मंगला गाउँपालिका ४ सोरडाँडा स्थायी घर भई हाल दक्षिण कोरियामा […]

निःशुल्क स्वास्थ्य शिविरमा ८० जना महिलाहरु लाभान्वित

प्रताप बानियाँ /बेनी म्याग्दी, मंसिर १० ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा सोमबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र लायन्स क्लब अफ म्याग्दी दोभानको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण भेगका […]

धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ मंङसिर । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान भएको हो । मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना प्रबिधि अधिकृत सुवास […]

बेनीमा हुने जेसीज कप फुटबलको तयारी पुरा

विकल्प न्यूज/बेनी मंसिर ९ गते ।मंगलबार देखि बेनीमा सुरु हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को सवै तयारी पुरा भएको छ । अन्तर माध्यमिकस्तरीय जेसिज कपको यो १७ औं संस्करण हो । आइतवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन । सोमबार तिन बजे जिल्ला समन्वय समितिका प्रमुख […]

नमुना सडक निर्माण गर्ने उपभोक्ता समितिलाई बाजागाजा सहित भव्य सम्मान (भिडियो सहित)

विकल्प न्यूज/जलजला मंसिर ७ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ स्थित मिलनचोकमा नमुना सडक निर्माण गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई  स्थानीयवासीले भव्य सम्मान गरेका छन् । मिलनचोक लेकफाँट धौलपर सालिजा मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लालविर पुन सहित  पदाधिकारीहरुलाई बाजागाजा र अविरजात्रा गरेर मिलनचोक वासीहरुले शुक्रवार भव्य सम्मान गरेका हुन । दुइमहिना अघि सुरु भएको योजना शुक्रवार सम्पन्न […]

सातौं कर दिवसका अवसरमा बेनीको कुमारी सहकारी सम्मानित

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आन्तरिक राजश्व कार्यालय बागलुङले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा बागलुङमा आयोजित कार्यक्रममा बेनीको कुमारी बहुउद्देयीय सहकारी संस्था लिमिटेढलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा म्याग्दी जिल्लाबाट सवैभन्दा वढी आयकर दाखिला गरेको भन्दै उत्कृष्ट करदाताका रुपमा सहकारीलाई सम्मान गरिएको हो । ‘कर समृद्ध नेपालः सुखी नेपालीको भर’ भन्ने नाराका […]

बेनीमा लैङ्गिक समानता तथा समावेशीता सम्बन्धी कार्यशाला

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, मंसिर ७ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लैङ्गिक समानता तथा समावेशीता स्थानीयकरण विषयक कार्यशाला सुरु भएको छ । बेनी नगरपालिकाको संयोजनमा म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरेर कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले लैङ्गिक समानता तथा सामाजिक समावेशीताको […]