ताजा समाचार:
Search

फिचर

रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो)

विकल्प न्यूज/बेनी माघ ८ गते । ८ माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर माविस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आईतबारदेखि संचालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको हो ।   सो प्रतियोगितामा बोल्दै भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले सहयोग पुग्ने […]

बेनीमा सातौं म्याग्दी महोत्सव सुरु ः बजारमा झाँकी प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २८ गते । आज देखि सुरु भएको सातौं म्याग्दी महोत्सवका अवसरमा बेनीमा झाँकी प्रदर्शन गरिएको छ । महोत्सवको उद्घाटन पूर्व बजारमा विभिन्न जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ।

पाहुनाको स्वागतका लागि तयार भयो बेनी

विकल्प न्यूज/बेनी पुस २७ गते । भोली पुस २८ गते देखि सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी अन्तिमचरणमा पुगेको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा आयोजना गर्ने सातौं महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने छ । संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको हो । […]

सिंगाका किसानले फलाए एककरोडका सुन्तला

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २० गते । म्याग्दीको बेनी नगरपालिका ४ बास्कुनाकी देवी क्षेत्रीको सुन्तला बगैँचा गत असोजको पहिलो हप्तामानै बिक्री भयो । बास्कुनाकै दिर्घबहादुर खत्रीको बगैँचा पनि असोजमै विक्री भयो । असोजमा पेश्कीवापतको रकम बुझाएका पोखरा,काठमाण्डौं,चितवनका सुन्तला व्यापारीहरु यतिखेर वाँकी पैसा बुझाएर सुन्तला टिप्न आएका छन् । बेनी नगरपालिका ४ सिंगाका किसानहरुले यो वर्ष मात्र […]

नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो

विकल्प न्यूज/बेनी पुस १९ गते । बेनीमा मंगलबार सम्पन्न भएको बेनी नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेनीको प्रकाश माविले जितेको छ । प्रकाश माविले १५ स्वर्ण,९ रजत र ९ काश्य सहित जम्मा ३३ मेडल प्राप्त गरी प्रथम हुन सफल भएको हो । त्यस्तै बेनीकै माउण्ट एभरेष्ट आमाविले १० स्वर्ण,१० रजत र ९ काश्य […]

बेनीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी पुस १७ गते । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आइतबार देखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभयो । प्रतियोगिता उद्घाटन पुर्व सहभागि हुन आएका विद्यालयका विद्यार्थी,नवजागर आमा समुह,नेपाल मंकाखल लगायतले बजारमा झाँकी प्रदर्शन गरेका थिए […]

बेनी नगरका प्रमुख केसी डोजर लिएर पुगे अव्यवस्थित संरचना हटाउन कालिपुल (फोटो)

विकल्प न्यूज/बेनी पुस १५ गते । बेनी नगरपालिकाले कालिपुल स्थित बसपार्कमा निर्माण भएका अव्यवस्थित संरचना हटाउन थालेको छ । शुक्रबार बेनी नगरपालिकाका प्रमुख सुरत केसी,वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्य सहितको टोलीले वसपार्कमा रहेका अव्यवस्थित घर टहरा हटाउन डोजर लिएर जानुभएको थियो । शुक्रबार वसपार्क स्थित यातायात व्यवसायीले राखेको टिकट काउन्टर डोजर लगाएर भत्काइएको […]

सडक फराकिलो बनाएपछि यस्तो देखियो अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर (फोटो)

विकल्प न्यूज/बेनी पुस ९ गते । राष्ट्रिय गौरबको आयोजना मालढुङ्गा –बेनी–जोमसोम कोरला सडक आयोजनाले अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगरमा सडक फरकिलो,दुवै तर्फ नाली निर्माण र ग्राभेल गरेर कालोपत्रेका लागि तयारी गरेको छ ।  साथै अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी स्थित सडकलाई पनि फराकिलो बनाएर चिटिक्क पारिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

प्रकाश माविको ७० औं वार्षिकोत्सवमा विज्ञान प्रदर्शनी (फोटोफिचर)

प्रताप बानियाँ/म्याग्दी । पुस ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । #ADV जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा सञ्चालन गरेको प्रकाश माविद्वारा ७०औं […]

बेनीको कालिपुलमा सडकमै गोदाम र कुखुरापालन (फोटो/भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस ४ गते । दैनिक सयौंको संख्यामा सवारीसाधन ओहोरदोहर गर्ने बेनीको कालिपुल स्थित सडक अतिक्रमण गरेर व्यापारीले गोदामनै बनाएका छन् । बेनी–जोमसोम –कोरला सडकको प्रवेशद्धारका रुपमा रहेको कालिपुल स्थित सडक छेवैमा राखिएका सामग्रीका कारण सडक साघुरो भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । सडक छेवैमा छरपस्ट रुपमा सामग्रीका कारण पैदलयात्रा असहज […]

 हिमालको काँखैमा सुन्दर ताकम गाउँ !

विकल्प न्यूज/बेनी मंसिर २७ गते । हिमालको काँखैमा सुन्दर ताकम गाउँ ! गुर्जा,चुरेन र मानापाथी हिमालको काँखमा रहेको धवलागिरि गाउँपालिका ७ ताकम गाउँ । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी

पाका पुस्तासँग पुख्र्यौली सिक्दै युवा

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २७ गते । पुख्र्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरु पहिचानका रुपमा लिने गर्दछन् । पुर्खाहरुले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय र सभ्यताका रुपमा लिइएको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् । मगर समुदायको परम्परागत […]

जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।         बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको […]

मालढुङ्गा–बेनी सडक अलपत्र पारेर कहाँ गयो ठेकेदार ?

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दाया मोडिन्छन् । फराकिलो र चिल्लो पोखरा – बागलुङ सडक जस्तै होला मालढुङ्गा –बेनी सडक ! यस्तै सोच राखेर अगाडी बढेका सवारीचालक र यात्रु सडकको अवस्था देख्दा अचम्मित मात्र हुँदैनन् सडकको […]

करबाकेलीमा सङ्ग्रहालय संचालन(भिडियो/फोटोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १४ गते । पुन समुदायको कला,संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन । करबाकेलीलाई पुन समुदायले कुलदेवताका रुपमा पुजा गर्दछन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको […]