फिचर

नयाँ भवनबाट सुरु भयो सेवा

एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण भएको पर्वतको माझफाँट स्थित मल्लाज स्वास्थ्य चौकीको भवन । ठेकेदारको ढिलासुस्तीका कारण लक्ष्य भन्दा करिब दुई वर्ष ढिलागरी निर्माण भएको भवनबाट सेवा प्रवाह सुरु भएको छ । तस्विर सन्तोष गौतम

भैली खेल्दै….

भैली खेल्दै…. म्याग्दीको बेनीमा तिहारको अवसरमा भैली खेल्दै नेपाल मगर संघका कलाकारहरु । तिहारको सुरुवातसंगै देउसीभैली खेल्न थालीएकाले रौनकता बढेको छ । तस्विर सन्तोष गौतम

पुनहिलको प्रेम

पुनहिलको प्रेम म्याग्दीको घोडेपानी स्थित पुनहिलमा रमाउँदै पर्यटक । तस्विर सान्तोष गौतम

तिहारलाई झिनिया….

बेनीको एक घरको छनमा झिनिया सुकाउँदै । तिहारमा दिदीबहिनीले झिनिया, सेलरोटीको कोशेली लैजाने चलन छ । तिहार नजिकिएसंगै झिनियाको बिक्री बढेको छ । तस्विर सन्तोष गौतम

अलैची नर्सरी….

अलैची नर्सरी…. बेनी नगरपालिका १० तोरीपानीका कृषक सागर बानियाँको नर्सरीमा उत्पादीत अलैचीका बिरुवा । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा बानियाँले पन्ध्र हजार अलैचीका बिरुवा उत्पादन गर्नुभएको छ । म्याग्दीमा अलैची खेती विस्तार सम्बन्धि योजनालाई प्राथमिकता दिएको कृषि विकास कार्यालयले जनाएको छ । तस्विर/ सन्तोष गौतम

गाउँघरमा पिङको रौनक

विकल्प न्यूज/बेनी म्याग्दीको शिखमा लिङगे पिङको तयारी गरिदैं । दसैंको आगमन सँगै गाउँगाउँमा पिङ खेल्ने र दसैं मनाउनेहरुको चहलपहल बढेको छ ।

म्याग्दीको सुन्दर गुर्जा गाउँ

सुन्दर गाउँ । म्याग्दीको दुर्गम गुर्जा गाउँ । यो गाउँ जिल्लाकै दुर्गम गाउँमा पर्दछ । छन्त्याल जातिको बसोवास रहेको यो गाउँका वासिन्दाहरुको जडिवुटीलाई प्रमुख आयस्रोतका रुपमा लिइन्छ । तस्विर/ सन्तोष गौतम

बेगखोलामा बाढी आएपछि(स्थलगत फोटोफिचर)

विकल्प न्युज/बेगखोला भदौ १७ गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य  

यस्तो देखिन्छ रत्नेचौरबाट धौलागिरि (फोटो)

भदौ ५ गते । आइतबार विहान बेनी नगरपालिका १ रत्नेचौरबाट देखिएको धौलागिरि हिमालको दृष्य । तस्विर ठाकुरप्रसाद आचार्य  

रमणिय खोप्रालेक

म्याग्दीको शिख गाविसमा पर्ने खोप्रालेकबाट  हिमालको दृष्यवलोकन गर्दै पर्यटकहरु तस्विर/ चित्र तिलिजा पुन

गलेश्वरमा किन बढ्दैछन् भक्तजन ? (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ साउन । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरमा धार्मीक पर्यटकको आगमन वृद्धी भएको छ । गलेश्वरको धार्मीक महत्वका बारेमा प्रचारप्रसार, सडक, पदमार्ग र मन्दिर परिसरमा पुर्वाधार निर्माण भएपछि धार्मीक पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको हो । धार्मीक स्थलको दर्शन, पुजाआजाका साथै प्राकृतिक सौन्दर्यता र मनोरम वातावरणमा रमाउन सकिने भएकाले गलेश्वर […]

यस्तो छ लुलाङ लम्सुङको जुकेपानीमा गएको पहिरो (फोटो)

तस्विर देवी पाइजा फेसबुक  

लस्ती बजारको सुन्दरता

तस्विर ठाकुरप्रसाद आचार्य असार २८ गते । कालिगण्डकी करिडोर अन्तर्गत मालढुङगा बेनी सडकमा पर्ने लस्ती बजार । लस्तीखोलाले धाइरिङ र नाग्लीबाङ गाविस छुट्टाएको छ । पछिल्लो समय यहाँ बजारको विकास भइरहेको छ । कालीगण्डकी करिडोर पुरा भएमा  विकासको संभावनाको ढोका खुल्ने देखिन्छ ।

वर्षातमा यस्तो देखिन्छ सुन्दर रुप्से झरना हेर्नुहोस १० तस्विर

तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असार २८ गते ।

हिस्तानकी परिश्रमी महिला …

हिस्तानकी परिश्रमी महिला … विकल्प न्यूज म्याग्दी,असार२१ गते । म्याग्दीको हिस्तान गाविस ४ टिकोटकी टिका तिलिजा प्लाष्टिक टनेल भित्र लगाइएको गोलभेडा खेतीमा काम गर्दै । तिलिजाले जिल्ला कृषि विकास कार्यालय म्याग्दीले उपलब्ध गराएको युवा लक्ष्ति कार्यक्रमबाट ४० हजार रुपियाँ अनुदान लिएर  व्यवसायिक गोलभेडा खेती गर्न थाल्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी