ताजा समाचार:
Search

फिचर

बेनीमा तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता सुरू

बाख्रापालनमा रमाउँदै…..

बाख्रापालनमा रमाउँदै….. पर्वतको जलजला गाउँपालिका ४ लामाखेतकी शुशिला मल्लले बाख्रालाई घाँस दिँदै । मल्लले आधुनिक खोर निर्माण गरि बाख्रा पाल्नुभएको छ । अहिले २७ गोटा बाख्रा छन् । बाख्रापालनबाट राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । तस्विर ठाकुरप्रसाद आचार्य

कुमार यात्रा…..

मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको लाजुङमा फालो पर्व अन्तरगत कुमार यात्रामा सहभागी कुमारहरुलाई स्वागत गरिदै । थाक सात सय अन्तरगत थकाली समुदायले आफ्नो थातथलो कोवाङमा मौलीक पर्व फालो भब्यताका साथ मनाएका छन् । तस्विर सन्तोष गौतम

बेनी– मुस्ताङ सडक विस्तार गरिँदै

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ रुप्से छहरा नजिकै सडक फराकीलो बनाइदै । आयोजनाले तिन अरब २० करोडको लागतमा ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडक स्तरवृद्धिको काम सुरु गरेको छ । तस्विर सन्तोष गौतम

मुस्ताङको स्वादिलो स्याउ…….

मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङका एक कृषक बारीमा फलेको स्याउ देखाउँदै । यस वर्ष मुस्ताङमा स्याउको उत्पादन बढेपछि कृषकहरु उत्साहीत भएका छन् । अधिकांश बगैचा स्याउ नटिप्दै ब्यापारीले खरिद गरीसकेका छन् । मुस्ताङमा भदौ अन्तिम सातादेखि स्याउ टिप्न सुरु हुन्छ । तस्विर सन्तोष गौतम

परिश्रमी कृषक……

परिश्रमी कृषक…… बेनी नगरपालिका ४ सिंगाका कोपीलाल पौडेलले सञ्चालन गरेको सिताराम गाईभैसी फार्म । करिब पाँच वर्षदेखि पौडेल गाईभैसी पालन गरेर दूध उत्पादन र तरकारी खेतीमा सक्रिय छन् । पौडेल जिल्लाकै नमुना कृषकको रुपमा परिचय बनाउन सफल भएका छन् । तस्विर सन्तोष गौतम

निलगिरि खोला जलविद्युत आयोजनाका लागि सडक खन्दै

विकल्प न्यूज/बेनी भदौ १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ नारच्याङमा निलगिरि खोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एकसय मेगावाट क्षमताको  निलगिरिखोला जलविद्युत आयोजनाको बाँधस्थलसम्मको पहुँचमार्ग निर्माण गरिँदै । दुइ वर्षमा  एघार किमि  पहुँच मार्गको निर्माण सम्पन्न गरेपछि आयोजना निर्माणको कार्य सुरु हुने बताइएको छ ।  तस्बिर ः ठाकुरप्रसाद आचार्य

खयरको सौन्दर्य……

खयरको सौन्दर्य…… म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने खयर क्षेत्रमा पालीएका भेडा र पृष्ठभुमिमा देखिएको हिमशृङखलाको मनोरम दृष्य । धार्मीक र पर्यटनका हिसाबले प्रशस्त सम्भावना बोकेको खयर क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसारको आवश्यकता छ । तस्विर बिसन राना, शिख

अधुरो योजना…….

अधुरो योजना……. बेनी नगरपालिका १ सारेमारे र जलजला गाउँपालिका ७ लस्तीलाई जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधिन १८७.५ मिटर लामो सस्पेन्सन पुल । निर्माण व्यवसायीले पुलको काम पुरा नगरी सम्र्पक बिहीन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । तस्विर सन्तोष गौतम  

यसरी भइरहेको छ मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौं ७ गते । म्याग्दीको अन्नपूर्ण ४ नारच्याङमा रोवष्ट इनर्जी लि.ले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको सुरुङ र विद्युत गृह निर्माणको काम एकसाथ अघि वढेको छ । आगमी दुइवर्ष भित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । […]

पहिरोको उच्च जोखिममा म्याग्दी

दिवाकर पौडेल /विकल्प न्यूज साउन २३ गते । बिषय प्रवेश भिरालो भूबनोट, छोटो समयमा हुने अधिक मनसुनी बर्षा, बढ्दो जनसंख्याको चाप, वन जंगलको विनास र अव्यवस्थित एंव अवैज्ञानिक विकासे क्रियाकलापहरुले गर्दा म्याग्दी जिल्लाका माथिल्लो जलाधार तथा तटीय क्षेत्रका वस्ती एंव वासिन्दा तथा तल्लो जलाधारीय क्षेत्र तथा तटीय क्षेत्रका वासिन्दा समेत खासगरी पहिरोको कारण उच्च जोखिममा […]

पहिरो पीडितलाई राहत

विकल्प न्यूज/बेनी साउन २० गते । बेनपा १० पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल । विहिवार जिल्लाका विभिन्न संघसंस्थाहरुले पात्लेखेत पुगी राहत वितरण गरेका छन् । तस्विर सन्तोष गौतम

पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो ।रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै आएपछि करिब बिस घर उच्च जोखिममा परेका वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार र बुधबारको अबिरल […]

हसिलो मुहारले चिठ्ठा तानेपछि….

हसिलो मुहारले चिठ्ठा तानेपछि…. विकल्प न्यूज/बेनी साउन १७ गते । जिल्ला समन्वय समितिको प्रमुखको चिठ्ठा तान्दै देवेन्द्र वहादुर केसी । म्याग्दीमा कुनै पनि दलको वहुमत नभएपछि प्रमुखमा गोलापोला प्रथा अपनाइएको थियो । गोलापोलामा प्रमुख नेकपा एमालेको भागमा परेको थियो । एमालेबाट उम्मदेवार केसी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वीरोध हुनुभएको छ । तस्विर नवविकल्प

कति संकलन भयो त !

साउन १७ गते । कति संकलन भयो त ! म्याग्दीको गलेश्वर मन्दिरमा भक्तजनहरुले चढाएको भेटीको रकम गणना गरिदैं । साउन महिनाको तेस्रो सोमवार सम्म ७ लाख ७६ हजार रुपियाँ भेटी संकलन भएको छ । तस्विर नवविकल्प न्यूज