ताजा समाचार:
Search

फिचर

बेनी बजारमा जोगीहरु निस्केपछि….. (फोटोसहित)

विकल्प न्यूज\बेनी भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा तीनसय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरिएको छ । जोगी नाच नेवार समुदायको मौलिक कला संस्कृतिमा पर्दछ । नेपाल भाषा मंकाःखलले आयोजना गर्ने एकमहिने लामो बर्खे नाच अन्तर्गत शुक्रबार बेनीमा जोगी नाच देखाइएको हो । नेवार समुदायको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको […]

बेनीमा गाईजात्राको रौनक (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौ १४ गते । बेनीमा जनै पुर्णिमाका अवसरमा गाईजात्रा पर्व मनाइएको छ । बर्खे नाच अन्तर्गत विहिवार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका हुन । नेवार समुदायले आज विहानै देखि दिवंगत आफन्तको सम्झनामा बेनीमा गाईजात्रा पर्व मनाएका हुन । गाईजात्रा पर्व दुईदिन सम्म मनाउने गरिन्छ । गाईजात्रामा पाका पुस्ता सँगै युवा पुस्ताको उल्लेख्य सहभागिता […]

बेनीको शिरैमा एतिहासिक जगन्नाथ मन्दिर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी भदौ ९ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा एउटा एतिहासिक शिखर शैलीमा निर्माण गरिएको जगन्नाथ मन्दिर छ । बेनी नगरपालिका ५ गाजने गाउँमा पर्ने जगन्नाथ मन्दिर राजा दिलिपबम मल्ले (डिम्ब) पन्ध्रौ शताब्दीको मध्यतिर भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती छ । मन्दिरभित्र राजाको […]

धानको हरियालीले सुन्दर देखियो रत्नेचौर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ६ गते । धान खेतको हरियालीले सुन्दर देखिएको बेनी नगरपालिका–१ रत्नेचौर गाउँ । सिँचाई सुविधा पुगेको रत्नेचौरमा समयमै खेत रोपाई सकिएपछि यतिखेर फाँट हरियाली भएको छ । यहाँका किसानले स्थानीय जातका धान लगाउने गर्दछन् । पछिल्लो समय सडक सुविधा पुगेपछि धान खेत मासेर पक्की घर बनाउन थालेपछि खेती योग्य जमिन मासिने चिन्ता […]

लोमान्थाङमा यार्तुङ पर्वको रौनक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी भदौ,५ गते ।  हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा सास्कृतिक पर्व यार्तुङ सोमबार देखि सुरु भएको छ । सुन्दर एतिहासिक लोमान्थाङ मौलिक सस्कृतिको उद्गमस्थल पनि हो । यार्तुङ पर्वको धार्मिक एवम सांस्कृतिक महत्व छ । लोमान्थाङवासीहरुले सयौं वर्ष पुरानो यार्तुङ पर्वलाई अहिले पनि निरन्तरता दिँदै आएका छन् । वर्षमा एकपटक उनीहरुले धुमधाम सँग यो पर्व […]

बेनी–जोमसोम सडक ः बैंसरीमा अवरुद्ध हुँदा यात्रु अलपत्र (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी साउन २३ गते । बेनी–जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुको विचल्ली भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबार देखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक खुलाउन सकिएको छैन । सडकमा सवारीसाधनको लामो […]

साउनको चौथो सोमबार बेनीको शिवालय मन्दिरमा भक्तजनहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २२ गते । साउनको चौथो सोमबार बेनी स्थित शिवालय मन्दिरमा भक्तजनहरुले पुजाआजा र दर्शन गरेका छन् । मनोकामना पुरा हुने विश्वासले सोमबार मन्दिरमा भक्तजनहरु पुगेका छन् । मन्दिरमा म्याग्दीका साथै पर्वत र बागलुङबाट पनि भक्तजनहरु आएको शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । चारसय वर्ष पुरानो एतिहासिक शिवालय मन्दिर […]

सुन्दरताको खानी खोप्रालेक (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा रहेको खोप्राडाँडाको सुन्दरता । बर्षा ऋतुमा पाखा हरियाली र विभिन्न फूलहरु फूलेर खोप्राको पाखा ढकमक्क देखिएको छ । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरमा उचाईमा खोप्रा डाँडा रहेको छ । यहाँदेखि ७ घण्टाको पैदल यात्रापछि खयरलेक पुग्न सकिन्छ । यहाँ सुन्दर […]

अर्मनको शिरमा सुन्दर पर्यटकीय गन्तव्य चाङ्गा (फोटोफिचर)

प्रताप बानियाँ / बेनी साउन १६ गते । यतिबेला जताततै हरियाली छाएको छ । डाँडाकाँडाहरु पनि निकै हरियाली देखिएका छन् । खोलानाला समेत सुस्साउन थालेका छन् । ग्रीष्म ऋतुको समय गर्मी हपक्कै बढेको छ । विगतको तुलनामा यसवर्ष गर्मी अत्यधिक महसुस भैरहेको छ । वर्षायामको मौसम छिनछिनमा बदलिन्छ । मौसमले एकैछिनमा अनेक रुप फेरिदिन्छ । […]

सरसफाई गरेर चिटिक्क पारिएको कालिपुल बसपार्क (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३ गते । डेढ दशकपछि म्याग्दीको सदरमुकाम स्थित कालिपुल बसपार्क व्यवस्थित रुपमा संचालनमा ल्याइएको छ । संघीय,प्रदेश र बेनी नगरपालिकाको संयुक्त लगानीमा बसपार्कमा भौतिक पूर्वाधार निर्माण भएसँगै मुस्ताङको प्रवेशद्धारका रुपमा रहेको बसपार्क व्यवस्थित रुपमा संचालनमा ल्याइएको हो । बसपार्कमा निर्माण भएको सुविधा सम्पन्न टर्मिल भवन बुधबार औपचारिक रुपमा बेनी नगरपालिकाका प्रमुख सुरत […]

साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा आज(सोमबार) विहानै देखि भक्तजनको भीड लागेको छ । गलेश्वर मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । साउनको पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि म्याग्दीका साथै पर्वत,बागलुङ,मुस्ताङ चितवन, काठमाडौँ, पोखरा, नवलपरासी,लगायतका ठाउँबाट ठूलो संख्यामा भक्तजनहरु […]

यसरी निर्माण भइरहेको छ नारच्याङमा निलगिरि जलविद्युत आयोजना(फोटो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । निलगिरि खोला हाइड्रोपावरले चारवर्ष अघि एकैसाथ ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाट को निलगिरि दोस्रो गरी एकसय ९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना निर्माण थालेको थियो । निजी क्षेत्रको लगानीबाट निर्माण […]

गुडमर्निङ अन्नपूर्ण (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ १२ गते । चारैतिर सेताम्मे हिमश्रृङ्खलाको लहर । विहानै उठ्ने वित्तिकै हिमालको चुचुरोमा सूर्यको किरण । आँखै अगाडी उभिएजस्तै देखिने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल । यहाँ पुग्दा अनुभूति हुन्छ प्रकृतिले दिएको स्वर्गको एक टुक्रा । यहाँको प्राकृतिक सुन्दरताले लामो यात्राको थकानलाई बिर्साइदिन्छ । पर्यटकहरु सुन्दरता सँग रमाउन […]

नारच्याङको फुतफुते झरनामा पुग्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १० गते । निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरीपरी सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउने गर्दछ । यो झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्दछ । झरनाको सुन्दरतामा पर्यटकहरु रमाउने […]

अन्नपूर्ण आधार शिविरमा सुन्दर ताल (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ८ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तब्यका रुपमा विकास हुनथालेको छ । यो ताल अन्नपूर्ण र निलगिरि हिमालको काखमा पर्दछ । समुन्द्री सतह देखि ४ हजार ५० मिटरको उचाईमा रहेको तालको एककिलोमिटर लम्बाई र दुईसय मिटर […]