विचार

वेनी बजारले सडकको विकल्प माग्न थालेछ !

चन्द्रप्रकाश बानियाँ/विकल्प, सिङ्गाको बस्ती र म्याग्दी तातोपानी बजारबीचको मध्यबाटोमा “कुना’तालको पहरो” भनेर चिनिने एउटा सानो तर अप्ठेरो गल्छेँडो पर्छ । पूर्वाभिमुख भएर बग्दै आउने पौराणिक गोमती नदी त्यही पहरोमा ठोक्किएर थोरै दक्षिणतिर मोडिन्छ । सिङ्गाको फाँट निर्माणमा त्यो पहरोको निकै ठूलो योगदान रहेको छ । नदीको बेगलाई त्यही पहरोले नमोडिदिएको भए सिङ्गा त्यति फराकिलो बन्दैनथ्यो […]

यसरी मनाए नेपाली फुटबल खेलाडीले जितको खुशीयाली (फोटोफिचर)

                                                                                                              […]

यो जित होइन, भारतलाई जवाफ हो भारतले फुटबल मैदानमा ‘नाकाबन्दी’ लगाउन सकेन

चिरञ्जीवी पौडेल साग फुटबल फिफाले औपचारिक मान्यता नदिएको प्रतियोगिता हो । तर, नेपालीहरुका लागि आजको जितको महत्व कति छ त्यो फिफालाई थाहा छैन । उसले मान्यता दिए पनि नदिए पनि फुटबल फुटबल नै हो । भारत भारत नै हो । र, जित जित नै हो । साग फुटबलको फाइनलमा भारतलाई हराएर नेपालले एकैसाथ धेरै प्रश्नहरुको […]

योरुनाको आत्मासँग माफी माग्ने कि, राज्यसँग जवाफ ?

माघ २७, २०७२-  सावित्री गौतम, काठमाडौं/ ‘दिदी छोरीलाई यस्ता खुलाखुला लुगा नलगाइदिनुस्, ठूली भई । यसकै ‘सेफ्टी’का लागि पनि यो जरुरी छ ।’ अधिकारको बारेमा राम्रै चेतना राख्ने एक साथीले पोहोरसाल बाहुला नभएको छोटो फ्रक लगाएर वरिपरि फुरफुर गरिरहेकी मेरी छोरीतिर हेर्दै भनिन् । सातवर्ष मात्रै पुगेकी छोरीको बारेमा यो सुन्दा मैले ‘तिमीजस्तो मान्छेले पनि […]

तापविहीन “घाम”को परिकल्पना !

चन्द्रप्रकाश बानियाँ/विकल्प मघ २५ गते । निश्चित मात्रामा तापमान प्राप्त गरेपछि अण्डाबाट चल्ला निस्कन्छ । अण्डाबाट चल्ला निकाल्न कुखुरीलाई झण्डै महिनादिनको समय लाग्दछ । कुखुरीले महिना दिनसम्म निरन्तर कोरलेर पु¥याउने तापको मात्रा आधुनिक “ह्याचरी मेसिन”ले केही क्षणमै दिन्छ र एकै दिनमा/एकै क्षणमा फुलबाट चल्ला निकाल्छ । जीवनका लागि अण्डजहरुलाई मात्र तापको आवश्यकता पर्ने होइन । […]

यसपटक भगवानको दर्शन गर्न भ्याइएन !

चन्द्रप्रकाश बानियाँ/विकल्प, सडक गफको निश्चित एजेण्डा हुँदैन । अनपेक्षितरुपमा अनेक प्रसङ्गहरु आउँछन्, जान्छन् । कल्पनै नगरिएका विषयहरुमा पनि टिकाटिप्पणी र बहस चर्चा चल्छन् । पिपलचोकमा उभिएरै गफिँदै थियौ, सुदर्शनजी पनि टुप्लुक्किनु भयो । स्वभावतः गफगाफको पूर्व प्रसङ्ग “गधाको सिङ”झै अलप भयो । अनि सुरु भयो नयाँ सिलसिला ! “कहिले आउनु भएको थियो ?” सुदर्शनजीको प्रेमपूर्ण […]

बेनीका बुढापाकाका लागि “डे केयर सेन्टर”को आवश्यकता पर्न थालेछ !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज माघ १३ गते । संयोग पनि अचम्मको हुन्छ । कहिलेकहीँ “म ताक्छु मुढो, वञ्चरो ताक्छ घुँडो” भनेजस्तो समय परिस्थितिमा कल्पनातित   प्रतिकूलता उपस्थित भैदिन्छ । पौष महिनाका दिनहरु शेष रहँदैको कुरा हो । कामविशेषले वेनी पुगिएको थियो । अड्डा अदालतको काम आफूले भने चाहेजस्तो छिटो छरितो हुँदैन । तैपनि मेरा लागि काममा विलम्ब […]

“भेडाखोर” अर्थात भेडीखर्कहरु पनि बेनी नगरपालिकामा !

 चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज, पौष १५ को ओल्तिर पल्तिरको समय । स्वभावतः वेनी चिसै थियो । विरेन्द्र चोक भने अपेक्षाकृत गुलजार लाग्थ्यो । तत्कालीन राजा विरेन्द्रको शालिक विस्थापित भैसकेको हुनाले चोकलाई पुरानो नाम दिनु उपयुक्त नहोला । अवश्य, चोकले नयाँ नाम पाएको हुनुपर्छ । तर मेरो जानकारीमा थिएन, छैन । भारतको आर्थिक राजधानी भनेर चिनिने […]

त्यो खम्बा फेरि फर्केर वेनी आउने भो रे !

चन्द्रप्रकाश बानियाँ / यतिखेर विद्युतीय सामाजिक सञ्जाल फेसबुकको भित्ताभरी एउटा “विद्युतपोल”को चर्चा छ ! पाटनगेटनेरको कुनै होटेल रेष्टुरेण्टतिर कतै चौकीदारीमा खटिएको त्यो पोललाई म्याग्दी फर्काउने अभियान सुरु भएको छ । आजसम्म म्याग्दीमा मात्रै हजारौको संख्यामा विद्युतपोलहरु भित्रिए होलान् । तिनीहरु मध्येका कैयौं हराए होलान्, मासिए होलान् । तिनको कतै हिसाब किताव छ जस्तो लाग्दैन । […]

व्यापारीको इमान र बजारको नैतिकता

चन्द्रप्रकाश बानियाँ /विकल्प, नाकाबन्दी कायमै छ । दैनिक उपभोग्य बस्तुहरुको मूल्यले आकाश छोएको छ । त्यो पनि भनेजति र खोजेजति महङ्गो मूल्य तिर्दा पनि पाइदैन । सबभन्दा बढी हाहाकारको अनुभूति पेट्रोलिय पदार्थका उपभोक्ताहरुले गरेका छन् । सरकार निरीह बन्दै गएको छ । भारतीय नाकाबन्दी सुरु हुनासाथ वैकल्पिक व्यवस्थाको लागि सरकारले कसरत सुरु गरेको हो । […]

“माघे संक्रान्ति” र “मकर संक्रान्ति” भनेको एउटै होइन

चन्द्रप्रकाश बानियाँ/ विक्रम संवतको दशौं महिनाको पहिलो दिनलाई नेपालको पहाडतिर “माघे संक्रान्ति” र मधेस तराईतिर “माघी” पर्वको रुपमा मनाउने चलन रहेको छ । माधेसंक्रान्ति होस् अथवा माघी दुवै शब्दहरु माघ महिनासँग सम्बन्धित छन् । यो पर्व विक्रम संवतसँग जोडिएको छ र त्यो सम्वत प्रचलनमा रहेको मुुलुक नेपाल मात्र हो । हिन्दू तथा गैरहिन्दू दुबै धार्मिक […]

प्रधानमन्त्रीज्यू जनताको आँशुबाट बिजुली निकाल्नुहोस्!

दिलनिसानी मगर खासमा कुनै बियोगान्त कथा र संमरणहरूले दिल पगालेर आँशु बग्नुपर्ने थियो तर यतिखेर अखबारका हेड लाइनहरूमा आँशु बगेको अनुभूति हुन्छ। मानौ रसुवाको सुदूर गाँउमा चुहिने त्रिपाल मुनिबाट पानी चुहिएको होइन, त्यो त आँशु चुहिएको हो। महाशयहरूको काठमाडौंमा तापक्रम शून्य डिग्रीमा झरेको छ। भूइचाँलोले चिरा पारेका फाँटहरूमा अस्थायी सेल्टर लिई जीवन जोगाई राखेका कलिला […]

अपाङगताको क्षेत्रमा काम गर्नेहरु एकचोटी यो परिवारलाई भेट्न जानेकी

बेनीमा वसरे अपाङ्गताको क्षेत्रमा काम गर्ने निकायहरु एकचोटी यो परिवारलाई भेट्न जाउँ ठाकुरप्रसाद आचार्यः एक सन्दर्भ म्याग्दीको राखुभगवती–७ हुमेनटोलको एक परिवारका दुइछोरी जन्मै देखि अपाङग छन् । अपाङगता कारण परिवार पीडामा ढुवेको छ । परिवारको एक सदस्य ४१ वर्ष देखि ओछ्यानमै रहदा परिवारमा कहिल्यै खुसी आउन सकेन । अपाङग छोरीलाई हेरविचार र पालनपोषणमै परिवारको दिन […]

समस्याको समाधान दिल्लीमा होइन, काठमाण्डौमा खोज

  समय सन्दर्भः ठाकुरप्रसाद आचार्य नयाँ संविधान घोषणा भएपछि काठमाण्डौ र मधेशका विच एकता टुटेको छ । मधेश आन्दोलनलाई देखाएर भारतले अघोषित नाकाबन्दी लगाएको छ । नेपालको आन्तरिक समस्या समाधानमा भारतले यतिखेर हस्तक्षेप गरेको छ । भारतीय हस्तक्षेपका कारण हाम्रो आन्तरिक एकतमा दरार पैदा भएको छ । मधेश र काठमाण्डौको एकता कायम दिल्लीसँग कुराकानी गरेर […]

चर्चित लेख ,पढ्नुहोस जसलाई भारतको अनुरोधमा फेसबुकबाट हटाइयो, नाकाबन्दी र नेपालमा भारतीय प्रभाव

 विशाल अरोरा भारतले नेपालको बोर्डरमा लगाएको ‘अघोषित’ नाकाबन्दीले छिमेकी देशमा नयाँ दिल्लीको बहादुरीलाई सफलतापूर्वक देखाएको छ । यद्यपी नयाँ संविधानमा भारतका चासोहरुलाई सम्वोधन नगरेको आधारमा नेपाललाई दण्डित गर्ने यो क्रियाकलाप कुटनीतिक आत्महत्याको पहिलो कदम जस्तो अनुभूति हुन्छ । भारतसित नेपालको सीमानाका दुई महिना भन्दा बढी समयदेखि अवरुद्ध छ । यसलाई गत २५ अपि्रलमा गएको भुकम्प, […]