विचार

म्याग्दीमा स्थानीयतको पुनःसरचना गर्दा अपनाउनु पर्ने सतर्कता

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज म्याग्दी,साउन २४ गते । मुलुकभर यतिबेला स्थानीय तहको सिमाङ्कन र विभाजनको बहस चलिरहेको छ । वास्तवमा पुनर्संरचना भनिए पनि गर्नखोजिएको कुरा नयाँ संरचना निर्माण गर्नु नै हो । देशको संघीय ढाँचामा पुनर्संरचना गर्ने राजनीतिक उद्देश्यको अवधारणाले त्यसै भन्छ । तर व्यवहारमा पुरानो जिल्लाको संरचना यथावत राख्ने निर्णय भएपछि स्वभावतः त्यो अभियान […]

मगरभाषा मासिँदा समेत छन्त्यालभाषा कसरी जिवित रहन सकेकोे होला!?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,साउन १९ गते । चौबीसी राज्य पर्वतको चौहद्दी अन्तर्गत पनि, खासगरेर, म्याग्दीको सेरोफेरोमा अवस्थित अधिकांश लेकाली गाउँबस्तीहरुको नामसँग कि “वाङ” जोडिएको हुन्छ कि “खानी” जोडिएको देखिन्छ । छन्त्याल जातिको बसोबास रहेका घरगाउँहरुका नामसँग “खानी” जोडिनु स्वाभाविक हो । छन्त्यालहरु जातिगत हिसाबले नै त्यतिबेलाको जमानामा खानी मजदुर र इञ्जिनियर दुबै थिए । भौगोलिक […]

स्थानीयतह पुनःसंरचनाले ल्याएको भ्रम र यथार्थता

हरिप्रसाद पौडेल/विकल्प न्यूज साउन १८ गते । राज्य पुनसंरचना आयोगले झण्डै चारहजार गाविसलाई गाउपालिका र नगरपालिका गरि पाँचसयमा सिमित गर्ने सिफारिसमा मेरो चित्त वुझेको छैन । यस अघि धेरै संख्यामा गाविस हँुदा त आफ्नै गाविसको सेवा लिन एकदिनको वाटो हिड्नुप¥थ्यो अव झन ९÷१० गाविस जोडिएको गाउपालिका वाट जनताले सेवा लिन कति दिन धाउनुपर्ने हो ? […]

शक्ति गलेश्वरको ! महिमा छैन वेनीको

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन २ गते । बाँसारुख देखि ढकने गौंडासम्म लमतन्न सुतेको तेर्सो गोरेटो । डोरेटो माथि आँगन । आँगनको पछाडि घर धन्सारको लहर । वारी पारी टाढा कतैबाट हेर्दा स–सानो बजारजस्तो दोखिन्थ्यो होला सायद मेरो जन्मगाउँ । अर्थात वेनी नगरपालिका अन्तर्गतको “कुमालडिँहीँको बस्ती” । साँचै तिनताका अहिलेको भन्दा बस्ती अलि घना थियो । […]

मल्लाज म्याग्दी जिल्लामा गाभिने सम्भावना बढेको हो त ?

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज असार २७ गते । लेखीतम् धनीका नाम जिल्लै पर्वत, अड्डा बाग्लुङ्ग, थुम पुला गाउँ……बस्ने फलानाको नाति, तिलानाको छोरा/छोरी/बुहारी…..वर्षको ढिस्कानोे, धनव्यहोरिणी ऋणि आसामीका नाम ऐ. ऐ. बस्ने………………………………………….मेरो मनोमान खुसीराजीले यो दृष्टिबन्धक नामको कागज गरिदियाँ । इति संवत २०१८ साल…..महिना रोज…..सुभम्–– – – – – – – – – – – – […]

दुई भिन्न समुदायबीच सामाजिक सम्बन्धको बलियो कडी “भाषा”

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असार २० गते । पं. प्रेमप्रकाश पौडेलको पछिल्लो कृति “मातृभूमि” को भाषा संस्कृति खण्डमा आर्यहरुले खसहरुको संगतमा परेर आफ्नो मातृभाषा संस्कृत बिर्सेकोमा दुःख मनाउ गरिएको छ । अंसतः त्यो भनाईमा सत्यता छ तर लेखकले दावी गरेजस्तो भने होइन । गङ्गाको मैदानतिरबाट उक्लने वैदिक ब्राह्मणहरुले आफ्नो मौलिक भाषा बिर्सेको र खसभाषा अङ्गिकार गरेको […]

किन हुँदैन बजेट समयमै खर्च ?

रुद्रप्रसाद अधिकारी/विकल्प न्यूज म्याग्दी,असार २० गते । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पुँजीगत बजेट चालिस प्रतिशतको हाराहारीमा मात्र खर्च हुने अवस्था देखिएको छ । यसले विनियोजित बजेट खर्च गर्न नसक्ने हाम्रो खुबीलाई उजागर गरेको मात्र छैन देशको विकासको गति निकै सुस्त छ भन्ने प्रस्ट पारिदिएको छ । बजेट विनियोजनमा रस्साकसी गर्ने हामीले बजेट किन समयमै खर्च […]

किन पु¥याउने गाउँगाउँमा इन्टरनेट ?

रुद्र प्रसाद अधिकारी/विकल्प न्यूज म्याग्दी,असार १३ गते । “ल है साहेब हो भोलि विहान ठिक आठ बजे खानेपानी समिति गठन गर्न भेला बोलाइएको हुनाले गाविस भवनमा उपस्थिति हुनु है…..“ यसरी कटुवाल घोकाएर सूचना प्रवाह गरिने चलन विस्थापित भएको धेरै भएको छैन हाम्रोगाउँमा र कतै कतै त यो चलन अझै पनि कायम छ। सूचना प्रवाह गर्ने […]

न गौतम बुद्ध विष्णुका अवतार हुन न बुद्धदर्शन ओमकार परिवारभित्र पर्छ

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज म्याग्दी,असार ९ गते । नयाँ संविधानले घुमाईफिराई नेपाललाई हिन्दू धर्मसापेक्ष राज्यको मान्यता दिएको छ र पनि एकथरि मानिसहरु नेपाललाई हिन्दू धर्म सापेक्ष राज्य घोषणा गराउनुपर्छ भनेर लागेका छन् । वास्तवमा त्यसरी अभियानमा लाग्ने मानिसहरुलाई विषयको ज्ञानले भन्दा भावना र उक्साहटले अभिप्रेरित गरेजस्तोे देखिन्छ । बडे बडे सन्त, महन्त, विद्वान, पण्डित वा […]

बेनीमा बाढीको संत्रास ! त्यसको इतिहास र दिगो समाधान !!

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,असार ६ गते ।   मनसुनी वर्षा सुरु भैसकेको छैन र पनि यसपटक फेरि वेनीबजार बाढीको चपेटामा परेछ ! अकल्पनीय नोक्सान पुगेछ । ठूलै सन्त्रास फैलिए छ । हुन त वेनीका लागि यो नयाँ अनुभव भने होइन । विगत पन्ध्र वर्षको अवधिमा अर्थात वेनी–पाखापानी जोड्ने ग्रामिण सडक निर्माण सुरु भएयता चार÷पाँच पटक […]

यात्रा स्मरण ः धौलागिरीमा पर्यटनको संभावना

हरिप्रसाद पौडेल/विकल्प न्यूज म्याग्दी,असार १ गते । जेठ दोस्रो साता तिन वर्ष अगाडि देखिको धौलागिरी आधार शिविर जाने लक्ष्य पुरा भयो । जिल्ला विकास समिति म्याग्दी वाट धौलागिरी आधार शिविर सम्मको अवस्था र सम्भावनाको अध्ययन, अवलोकन गर्र्ने कार्यक्रम तय गरी ब्यवस्थापनको जिम्मा धौलागिरी पर्यटन परिषद म्याग्दी लाई दिइएको थियो । “वाह्र वर्षमा…आएको, म…लाई ज्वरो आएको” […]

किन बनाउने स्थानीय निकायलाई सूचना तथा संचार प्रविधि मैत्री ?

रुद्र प्रसाद अधिकारी/विकल्प न्यूज म्याग्दी,जेठ ३१ गते । आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो। हाम्रो दैनिक जीवन प्रविधिमा निर्भर छ , त्यसमा पनि सूचना तथा संचार प्रविधिमा अझ बढी छ । हामी एक सेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्दैनौ। सूचना तथा संचार प्रविधिबिना हाम्रो जीवन कस्तो हुन्छ भनेर कल्पना पनि […]

केजरीवाल दर्शनको “मानवीय पक्ष” आम आकर्षणको विषय !!

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज जेठ २९ गते । मानिसहरुका चेष्टाहरु विचित्रका हुन्छन् । मानिसले सोच्नुपर्ने नपर्ने कुराहरुको बारेमा सोच्छ । गर्नुपर्ने नपर्ने कामहरु गर्छ । पढ्नुपर्ने नपर्ने कुराहरु पढ्छ । लेख्नुपर्ने नपर्ने कुराहरु लेख्छ । बोल्नुपर्ने नपर्ने कुराहरु बोल्छ । हेनुपर्ने नपर्ने कुराहरु हेर्छ । लहड पनि एउटा मानवीय प्रवृत्ति नै हो । मानवीय प्रवृत्ति र […]

विश्व वातावरण दिवश २०७३ कोे सन्देश र हाम्रो कर्तव्य

  सन्दर्भः ४३ औं विश्व वातावरण दिवश दिवाकर पौडेल/विकल्प न्यूज जेठ २३ गते । जुन ५ तारिख सन् २०१६ तदनुसार जेष्ठ २३ गते संसारभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर विश्व वातावरण दिवश मनाईदैछ । यो दिवश मनाउन थालेको पनि ४३ वर्ष भैसकेछ । वातावरण जोगाउन हामी मानव जातीले जे जति प्रयास गरेपनि बर्तमान समयमा विश्वको वातावरण […]

धर्मान्तरणप्रति दलित समुदायमा किन रुचि बढ्दै छ ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज म्याग्दी,जुेठ २० गते । वेनी झर्नु थियो । जीपले फुर्केसल्लाको चौतारीमा यात्रुहरु कुरिरहेको थियो । घरबाट जीपस्टपसम्म पुग्न करीब दश मिनेट ओरालो झर्नुको विकल्प थिएन । मलामी डाक्न शंख फुकेझै जीपको हर्न बजिरहेको एकोहोरा ध्वनीले गोडालाई अत्याइरहेको थियो । भन्न त जीपवालालाई अघिल्लै दिनदेखि एउटा सिट सुरक्षित राखि दिन अनुरोध गरिएको थियो […]