ताजा समाचार:
Search

मनोरञ्जन

आमा बन्दै श्वेता खड्का

२० भदौ कठमाडौं :  चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्। ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ […]

लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दीका लोक दोहोरी गायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित […]

लोकदोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँङ्कन

अमित बिश्वकर्मा/विकल्प न्यूज फागुन २९ गते । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँको दमौलीमा छायाँङ्कन गरिएको छ । दरबाङ बजारमा व्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एवम् मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्य […]

प्रेमको महाउत्सव

देवी सापकोटा /काठमाण्डौं  माघ २५ गते । वारि गाउँको कान्छाकी छोरीले पारि गाउँको काइँलाको छोरासँग मन मिलाउँछे रे आजकल । यस्ता भनाइले गाउँघरका प्रेम गर्ने जोडीलाई आफ्नो प्रेम दर्शाउन कि त घाँसपात गर्न जानुपर्छ कि त गाइगोठालो । यही कारण दुई प्रेमी समाजमा खुलेर आफ्नो प्रेमभाव दर्शाउन सक्दैनन् । ठीक यसको विपरीत छ, सहरी समाजको […]

हेमन्त कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’ सार्वजनिक (भिडियो)

काठमाडौं / गायक तथा सर्जक सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत “म्याग्दी काली पुल सँगै तरौला” सार्वजनिक भएको छ । गीतकार सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा गायक हेमन्त कान्छाले संगीत भरेका हुन् । निकै नै मेहनतका साथ तयार पारिएको भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका हुन् भने, जितु तामाङले खिचेको भिडियो रमेश बिक रसाइलीले सम्पादन […]

कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक(भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन १९ गते । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीजका आमाले पकाएको दर […]

म्याग्देली चेली अस्मी फिल्ममा डेब्यु गर्दै (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ५ गते । मोडलिङ क्षेत्रमा प्रवेश गरेकी म्याग्दीकी अस्मी थापा चलचित्र काँचुलीमा डेब्यु गरेकी छिन् । बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राईको प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली प्रदर्शनको तयारीमा छ । चलचित्रको को दोश्रो गीत ” मुस्काएर अलि अलि” बोलको गीतमा पनि अस्मीले अभिनय गरेकी छिन् । मोडलिङ भविष्य खोज्न राजधानी […]

बेनीमा गजल उत्सव (भिडियोसहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चारले संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो ।   गजल उत्सव कार्यक्रममा दश जिल्लाका १० जना भन्दा बढी गजलकारहरुले गजल बाचन गर्नुभएको छ । गजल उत्सवमा बागलुङका राम अविरल,रौतहटकी रेणुका जिसी, स्याङ्जाका मिलन समीर,नवलपुरका […]

जेसीज स्थापना दिवसका अवसरमा लोकनृत्य प्रतियोगिता

विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दी जेसीजको २० औं स्थापना दिवसका अवसरमा बेनीमा जिल्ला स्तरीय १६ औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप […]

म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ गीतको म्युजिक भिडियो छायांकन

विकल्प न्युज म्याग्दी, जेठ १ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘भन्दिन म’ लोकगितको म्युजिक भिडियो छायांकन. गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा रहनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियो छायाँकन गरिएको हो । दुई बर्षदेखी सांगितीक क्षेत्रमा लाग्नुभएका रोकाको […]

‘स्वतन्त्रताभित्रै छ सफलता’

विकल्प न्यूज/बेनी् बैशाख २७ गते ।  दिदीबहिनी मिली ममीको एटीएम कार्ड चोरेर पैसा निकाल्न पाएको क्षण सम्झँदा देवी मगरलाई अहिले पनि हाँसो उठ्छ। उनी सम्झन्छिन्, ‘साथीहरू मिलेर कताकता घुम्न गयौं। रेस्टुरेन्ट छिरेर खानेकुरा मगायौं। बहिनी र मेरा गरी १४ जना साथी मिलेर ममीको ५५ हजार एकै दिनमा उडाएका थियौं। बहुत रमाइलो लागेको थियो त्यो दिन। […]

“क्या राम्रो बासखर्क गाउँ” गीत सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/जलजला बैशाख ३ गते । सुन्तला गाउँका रुपमा परिचित पर्वतको जलजला १ बासखर्कलाई गीत मार्फत थप देश विदेशमा चिनाउन गिती एल्बम निर्माण गरिएको छ । सोमबार देखि युटुब मार्फत सार्वजनिक गरिएको गीतमा बासखर्कको कला, संस्कृति र पहिचानलाई समेटिएको छ । चर्चित गायीका मेलिना राईको आवाज रहेको उक्त गीतमा बाँसखर्क निवासी गायक गोविन्द गर्बुजाको शब्द र […]

प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित

विकल्प न्युज म्याग्दी, चैत १८ गते । यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यममा पहिलो रेडियोले आफ्नो ११ औ वार्षिक उत्सवको […]

‘शुभ लभ’ ट्रेलरमा हरिहर र कृस्टिनको प्रेम, विछोड र युद्ध

विकल्प न्यूज/काठमाण्डौं फागुन १३ गते ।  चैत्रको १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’को ट्रेलर आज रिलिज भएको छ । चलचित्रको ट्रेलरमा ज्योतिष हरिहर अधिकारी र नव–नायिका कृस्टिन पौडेलको प्रेम, वियोग र युद्धको कथालाई देखाइएको छ । बास्तविक जीवनमा समेत ज्योतिषको काम गर्दै आएका हरिहर यो चलचित्रमा पनि सोही भूमिकामा छन् । तर, यसमा […]

म्याग्देली चेली इन्दु बानियाँको ‘दिलराजा दिलरानी’ बजारमा

ध्ुा्रबसागर शर्मा/विकल्प न्युज म्याग्दी माघ ३० गते । नेपाली गीत संगीतको क्षेत्रमा ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’,‘राम कसम चट्टै’ र ‘गाई चराउने पाखैमा’ जस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुग्दै गरेकी म्याग्देली चेली इन्दु बानियाँको अर्को सांगीतिक कोशेली ‘दिलराजा दिलरानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ भ्यालेनटाइन डे’ अर्थात् प्रणय दिवसको […]