ताजा समाचार:
Search

बिजनेस

बाँदुकमा झाडी फाँडेर सामूहिक सुन्तला खेती

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा […]

धार्मिक पर्यटकीय स्थल गलेश्वरबाट होटल याकको सेवा सुरु

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६ वटा कोठा प्रयोगमा […]

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

कात्तिक १० गते ।  बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा […]

मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित

काठमाडौं, कात्तिक १ गते । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के. एण्ड आर. इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानी गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो । इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) […]

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ चयन

बेनी, ३० असोज । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्रबहादुर घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद श्रेष्ठ, सदस्यहरुमा यजनलाल […]

परिश्रमी खिम ः बङ्गुरपालनमा रमाउँदै (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य \बेनी असोज २२ गते । यहाँका एक युवाले सरकारी अनुदान पाएपछि व्यावसायिक बङगुरपालन थाल्नुभएको छ । पैसाको अभावमा खोर निर्माण र बंगुर खरिद गर्न समस्या भोग्दै आउनुभएका बेनी नगरपालिका ३ भकिम्ली राँखुका खिमबहादुर पुनले सरकार स्तरबाट अनुदान पाएपछि व्यवस्थित खोर निर्माण गरी व्यवसायिक रुपमा बङ्गुरपाल्न थाल्नुभएको हो । लगानी गर्ने पूँजीको अभावमा भौतारिनु […]

व्याजदर घटाउन बेनीका उद्योगी व्यवसायीको माग

विकल्प न्यूज/बेनी असोज १३ गते । बेनीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले बैंकका प्रवन्धकलाई आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार […]

२६ वर्ष देखि पशुपालनमा रमाएका दुर्गा पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी असोज ११ गते । म्याग्दीको बेनी नगरपालिका ६ बाँस्कोटका दुर्गा पौडेलले २६ वर्ष देखि पशुपालन गर्दै आउनुभएको छ । पशुपालन व्यवसायबाट उहाँले राम्रो आम्दानी लिनुभएको छ । उहाँको गोठमा अहिले ४ वटा गाई र २७ वटा भैंसी छन् । पौडेलले दैनिक रुपमा दुईसय लिटर दूध विक्री गर्नुहुन्छ/ हेर्नुहोस भिडियो

मंगलेखानीको गाउँभरी आलु र सिमी खेती,भित्रिन्छ वार्षिक ६० लाख

विकल्प न्यूज\बेनी भदौ ३१ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी […]

पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

विकल्प न्यूज\बेनी भदौ २३ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपा नी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल […]

मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा

म्याग्दी । भदौ,१० गते । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका  उनी सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा […]

कृषि र भेटेरिनरीको बजेट सार्वजनिक

विकल्प न्यूज\बेनी भदौ ९ गते । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख किरण […]

आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

 विकल्प न्यूज\बेनी साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन् । पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने […]

बेनीमा गोलभेडाको मुल्य एकसय पचास पुग्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा गोलभेडाको मुल्य प्रतिकिलो एकसय पचास पुगेको छ । दुईहप्ता अघिसम्म ८० देखि ९० रुपियाँमा किनबेच भइरहेको गोलभेडा एकहप्ता यता मुल्य ह्वातै बढेको हो । मुल्य बढ्दा किसानलाई फाइदा भएको छ भने उपभोक्ताले चर्को मुल्यमा खरिद गर्नुपर्ने बाध्यता भएको छ । नेपाली गोलभेडा भारतीय बजारमा जानथालेका कारण […]

घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल

 विकल्प न्यूज\बेनी साउन २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले सबै परीक्षण सफल भएपछि घारखोलाको विद्युत् दाना […]