ताजा समाचार:
Search

बिजनेस

संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दीको बेनी स्थित संगिनी वचततथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ शनिबार बेनीमा ११ औं साधारण सभाले पुनःनयाँ कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, […]

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी

विकल्प न्यूज/बेनी पुस २१ गते ।  म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो । माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र […]

म्याग्दी बहुमुखी क्याम्पसको २२औं क्याम्पस सभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस १९ गते । ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको आज (बुधवार) २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव–२०८० सम्पन्न भएको छ । आजभन्दा ३३ वर्ष पहिले स्थापना भएको सोही दिनको अवसर पारेर विविध कार्यक्रमसहित क्याम्पस सभा तथा वार्षिकोत्सव आयोजना गरिएको हो । २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव […]

बेनीमा माघेसङ्क्रान्ति मेलाको आयोजना गरिने

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा माघेसङक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुको सक्रियतामा परम्परागत माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको हो । आगामी पुस २९ देखि माघ २ गतेसम्म माघेसङ्क्रान्ति मेला आयोजना गर्न लागिएको आयोजकले बिहिबार विहान पत्रकार भेटघाट […]

लोकदिप सहकारी र दिगो क्लिनिक बीच सम्झौता

विकल्प न्यूज / बेनी पुस १६ गते । बेनीमा संचालित लोकदीप बचत तथा क्रृण सहकारी संस्था सेयर सदस्यलाई लक्षित गरी दुई स्वास्थ्य संस्थासँगविशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौतामा हस्ताक्षर भएको छ। आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै सहकारीले पर्वत बेनीमा रहेको दिगो क्लिनिक र बेनी गणेशटोलमा अवस्थित कोर स्माइल डेण्टलसँग सम्झौता गरेको हो। शनिबार सम्पन्न […]

लोकदीप सहकारीद्वारा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।शनिबार बेनीमा सम्पन्न सहकारीको १० औं वार्षिक साधारणसभामा सहकारी संस्था स्थापनाकाल देखिनै संस्थामा योगदान दिने १८ जना जेष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक […]

लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित

विकल्प न्यूज/बेनी पुस १४ गते ।   बेनीमा संचालित लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । संचालक समितिको नवनिर्वाचित उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाधयक्षमा भिमनाथ शर्मा रहनुभएको छ । […]

दिदीबहिनी सहकारीको १२ औँ बार्षिक साधारणसभा सम्पन्न

म्याग्दी, १४ पुस । म्याग्दीको बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित बार्षिक साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो । दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ […]

सातौं बागलुङ महोत्सवको तयारी पुरा

ठाकुरप्रसाद आचार्य बागलुङ ,पुस १० गते । भोली देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको भोली बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिने भएको छ । महोत्सव उद्घाटन गर्न बुधबार विहान राष्ट्रपति पौडेल बागलुङ आउने कार्यक्रम तय भएको छ । निजी क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हुन बुधबारदेखि […]

न्यू धौलागिरि सहकारीको २४औं वार्षिक साधारणसभा

विकल्प न्यूज/बेनी म्याग्दी, १० पुस । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । म्याग्दीको जेठो सहकारी रुपमा चिनिएको न्यू धौलागिरीमा ७ हजार १२३ जना […]

उद्योग दिवसका अवसरमा म्याग्दीका उद्यमी पुरस्कृत

विकल्प न्यूज/बेनी मंसिर ९ गते ।  नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच-पाँच हजारसहित पुरस्कृत गरेको हो । सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत नौ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका […]

गरिमा विकास बैंकले १७ औं बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण

विकल्प न्यूज\बेनी मंसिर ७ गते ।  गरिमा विकास बैंकले बेनी नगरपालिका–९ स्थित गलेश्वरधामको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैकले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बिच ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो। बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले ९४ बर्षिया धनसरी पाइजालाई […]

अफगानिस्तान नफापेर गाउँ फर्किएका हरि कृषिमा रमाउदै

विकल्प न्यूज\बेनी म्याग्दी,मङ्सिर ७ गते । बेनी नगरपालिका १० पात्लेखेतका युवा हरी गर्बुजालाई यतिखेर गोलभेडा विक्री गर्न भ्याईनभ्याई छ । स्थानीय एक व्यक्तिको १५ रोपनी जमिन भाडामा लिएर कृषि पेसा थाल्नुभएका गर्बुजाले तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ । दश वर्ष अघि वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुग्नुभएका गर्बुजा ८ महिनामै स्वदेश फर्किएर […]

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

बेनी, ६ मंसिर ।   सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९\८० मा […]

बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

 विकल्प न्यूज/बेनी मंसिर ४ गते । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर दिवस–२०८० को अवसरमा बेनी नगरपालिकाको आयोजना, आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वय र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम […]